पुण्डरी अर्याल-
पुण्डरी अर्याल-

 

 

 

 

 

श्री भगवानुवाच

मय्यासक्तमना पार्थ योगं युन्जन्मदाश्रय : |

असंशयं समग्रं मां यथा ज्ञास्यसि तच्छ्रीणु ||१||

ज्ञानं तेअहं सविज्ञानमिदं वक्ष्यामयशेषत : |

यज्ज्ञात्वा  नेह भुयोअन्यज्ज्ञाताव्यमवशिष्यते ||२||

मनुष्याणाम् सहस्रेशु कश्चीध्यतति सिध्दये |

यततामपि सिध्दानां कश्चीन्मां वेत्ति तत्वत ||३||

भुमिरापोअनलो वायु: खं मानो बुध्दिरेव च |

अहंकार इतियं मे भिन्ना प्रकृतिरष्टधा  ||४||

अपरेयमितस्त्वन्यां प्रक्रितिं विध्दि मे पराम् |

जिवभुता महाबाहो ययेदं धार्यते जगत् ||५||

 

भावार्थ : भगवान श्रीकृष्णले भन्नु हुन्छ – हे पार्थ म मा  अनन्य प्रेमले मेरै परायण भै दत्तचित्त भएर योग साधनामा लागेका तिमि निसन्देह जुन प्रकारले सम्पूर्ण विभूति, बल एश्वर्यहरुको गुणले मलाइ जान्ने छौ त्यो समग्र ग्यानलाइ तिमिले सुन | म तिमीलाई बिज्ञानसहित यो आत्मतत्वज्ञान समग्र रुपमा बताउछु |जसलाई जाने पछि फेरी यो जगतमा जान लायक केहि बाकि रहने छैन |हजारौ मानिसहरुमा कोइ एक मात्र मलाइ प्राप्त गर्नको लागि प्रयास गर्दछ र टी प्रयन्त गर्ने महात्माहरु मध्ये कोइ एक मात्र मलाइ यथार्थरुपले जान्दछ \पृथ्वी जल अग्नि वायु आकाश मन बुध्दी र अहंकार समेत गरि आठ प्रकारका जड प्रकृति छन् | यी मेरा आठ प्रकारका जड प्रकृति हुन् \ हे महाबाहो ! यस भन्दा पर अर्को जिवरुपा मेरो परा (चेतन) प्रकृति छ भन्ने जान जुन परा चेतन प्रकृतिबाटै समस्त जगत धारण गरिन्छ \  

 

अध्याय ७ श्लोक ६  देखि १० सम्म

 

एतध्योनीनि भुतानि सर्वाणीत्युपधारय |

अहं कृत्स्रस्य जगत: प्रभव: प्रलायस्तथा ||६||

 

मत्त: परतरं नान्यत्किंचिदस्ती धनन्जय |

मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव ||७||

 

रसोअहमप्सु कौन्तेय प्रभास्मि शशिसुर्ययो: |

प्रणव: सार्ववेदेशु शब्द: खे पौरुषम् नृशु ||८||

 

पुन्यो गन्ध: प्रिथिव्यां च तेजश्चास्मि विभावसौ |

जिवनं सर्वभुतेशु  तपश्चास्मि तपस्वीशु ||९||

 

बिजं मां सर्वभुतानाम् विध्दी पार्थ सनातनम् |

बुध्दिर्बुध्दीमतामस्मी तेजस्तेजस्विनामहम् ||१०||

 

भावार्थ : हे महाबाहो समस्त भुतप्राणि  परा र अपरा प्रकृतिका कारणहरुबाट नै बाट उत्पन्न भएका हुन् | समस्त जगतको उत्पत्ति र संहार गर्ने पनि मै हु, तिमीले यो कुरा जान | हे धनन्जय म भन्दा अर्को कुनै परम कारण छैन | समस्त जगतलाइ एक सुत्रमा धागोले उनिएको मणिजस्तै म मा नै उनिएको छ | हे अर्जुन ! म जलमा रस(स्वाद) हुं | चन्द्रमा र सुर्यमा प्रकाश हु | सम्पूर्ण बेदमा ओमकार हु, आकाशमा शब्द हू, मनुस्यमा पुरुषत्व (सामर्थ) हु | म पृथ्वीमा पवित्र सुगन्ध हुँ, अग्निमा तेज  म हुँ, सम्पूर्ण भुत अर्थात प्रानिहरुमा प्राण हुं र तपस्विमा म तप पनि हु | हे अर्जुन ! समस्त प्राणीहरुको सनातन बिज हुम, बुध्दिमानको बुध्दी र तेजस्विको तेज पनि हुम भनेर मलाइ जान |

 

अध्याय ७ श्लोक ११   देखि १५ सम्म

 

बलं बलवतां चाहं कामरागविवर्जितम् ।

धर्माविरुध्दो भुतेषू  कामोअ श्मि भारतर्षभ ।।११।।

 

ये चैव सात्त्विका भावा राजासास्तामसाश्च  ये ।

मत्त एवेति  तान्विध्दी न त्वहं  तेषु ते मयि ।।१२॥

 

त्रिभीर्गुणमयैर्भावैरेभी: सर्वमिदम्  जगत् ।

मोहितं नाभिजानाती मामेभ्य: परमब्ययम्  ।।१३॥

 

दैवी ह्येषा गुणमयी मम माया दुरात्यया ।

मामेव ये प्रपध्यन्ते मामामेतां तरन्ति  ते ।।१४॥

 

न मां दुष्कृतिनो मूढा : प्रपध्यन्ते  नराधमा : ।

माययापहृतज्ञाता आसुरं भावमाश्रिता : ।।१५॥

 

भावार्थ :

हे भारत श्रेष्ठ अर्जुन ! म बलवान शक्तिशालीहरुका आसक्ति र कामनारहित  बल र शक्तिको सामर्थ हुं र समस्त प्राणीहरुमा धर्म र शास्त्रहरुको अनुकुल काम र लालसा हुम् । जो सत्व गुणबाट उत्पन्न हुने सात्विक भाव छन्, रजोगुण र तमोगुणबाट  उत्पन्न हुने राजस, तामस भावहरु छन् ति सबै म बाट उत्पन्न भएको कुरा जान । परन्तु बास्तबमा म ति भावको बसमा छैन र ति गुणहरु ममा छैनन् अर्थात मेरा अधिनमा छन् । सत्व, रजो र तमो गुणहरुको भावबाट यो सारा संसार प्रानिजगत मोहित भैरहेका छन् । त्यसैले कसैले पनि तिनै गुण हरुभंदा  पर अविनासी भनेर मलाइ जान्दैनन् । किनकि यी अलैकिक त्रिगुणमयी मेरा माया अन्त्यन्त दुरुस्त छन् । परन्तु जो व्यक्ति केवल मलाइ मात्रै भज्दछ, मेरा शरणमा आउदछ, त्यसले मात्रै तिनिहरुले मात्रै यी मायावी भावबाट पार पाउदछ, मुक्त हुन्छन । मायाव्दारा जसको ग्यान नाश भएको छ, जसले आसुरिभावलाइ धारण गरेको छ । जसले निच र दुष्कर्म गर्ने मोहमा परेको छ त्यस्ता मानिसहरु मेरा शरणमा पर्दैनन र मलाइ भज्दैनन ।

 

अध्याय ७ श्लोक १६   देखि २० सम्म

 

चतुर्विधा भजन्ते  मां जना: सुकृतिनोअर्जुन ।

आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भरतर्षभ ।।१६॥

 

तेषां ज्ञानी नित्ययुक्त एकभक्तिर्विशिष्यते  ।

प्रिय  हि ज्ञानिनोअ त्यार्थमहं स च मम प्रिय : ।।१७॥

 

उदारा: सर्व एवैते ज्ञानी त्वात्मेव मे मतम्  ।

आस्त्थित: स हि युक्तात्मा मामेवानुत्तमां गतिम् ।।१८ ।।

 

बहुनां जन्मनामन्ते ज्ञानवान्मां प्रपध्यते ।

वासुदेव: सर्व्मिति स महात्मा सुदुर्लभ : ।।१९ ।।

 

कामैस्तैस्तैरहृताज्ञना: प्रपध्यन्ते अन्यदेवता : ।

तं तं नियममास्थाय प्रक्रित्या नियता: स्वया ।।२०।।

 

भावार्थ :  हे भारतबंशीय श्रेष्ठ अर्जुन ! (अर्थार्थी,) धन सम्पतिको लागि, संकट निवारणको लागि, (जिज्ञासु) भागवत खोजीको लागि, र मलाइ यथार्थ रुपमा बुझेको ज्ञानी, यी चार प्रकारका भक्तजनले मेरो आराधना गर्दछन ।

यी चार थरि मध्ये नित्य मेरो एकोभावाले भक्ति गर्ने ज्ञानी भक्त अति उत्तम हो । किनकि जो अनन्य भक्तिभावले ।।मलाइ  प्रेम गर्दछ र जान्दछ । यस्ता ज्ञानीपुरुषको म अन्त्यन्त प्रिय छु । र ति ज्ञानी पनि मेरा अति प्रिय छन् । यी चारै प्रकृतिका मनुस्य असल चित्त र उदार छन् तर ज्ञानिभक्त चाहि मेरो आत्मा स्वरुप हो । अनेक जन्म- जन्मान्तरको अन्त्यमा तत्वज्ञान  प्राप्त मनुष्य परमेश्वर परमात्मा बासुदेव नै सबै हुनुन्हुन्छ भनि मेरो शरणागत हुन्छ । तर यस्तो ज्ञानवान ज्ञानी पाउन अन्त्यन्त दुर्लभ छ । बिशय भोगहरुको कामनाव्दारा विवेकज्ञान हराएका आफ्नो स्वभावले प्रेरित भएर उनका नियम धारण गरेर अन्य देवताहरुको पुजा आराधना गर्दछन ।

 

अध्याय ७ श्लोक २१   देखि ३० सम्म

 

यो यो यां यां तनुं भक्त : श्रध्दयार्चितु मिच्छति ।

तस्य तस्याचलां श्रध्दां तामेव विद्धाधाम्यहम्  ।।२१॥

 

स तया श्रध्दया  युक्तस्तस्याराधनमिहते ।

लाभाते च तत: कामान्मयैव विहितान्हि तान्  ।।२२॥

 

अन्तवत्तु फलं तेषां तभ्दवत्यल्पमेधसाम् ।

देवान्देवयजो यान्ति मभ्दक्ता यान्ति मामपि ।।२३॥

 

अब्यक्तं व्यक्तिमापन्नं मन्यन्ते  मामबुध्दय: ।

परं भावमजानन्तो ममाव्यय मनुत्तमम्  ।।२४॥

 

नाहं प्रकाश : सर्वस्य योगमायासमावृत :।

मुढोअ यं नाभिजानाति लोको मामजमव्ययम ।।२५॥

 

वेदाहं समतीतानी वर्तमानानिं चार्जुन ।

भाविष्याणि च भूतानी मां  तु वेद न कश्चन ।।२६॥

 

इच्छाव्देषसमुत्थेन व्दंदमोहेन भारत ।

सर्वभूतानी सम्मोहं सर्गे यान्ति परन्तप ।।२७॥

 

येषां त्वन्तगतं पापं जनानां पुण्यकर्मणाम्  ।

ते व्दन्दमोहनिर्मुक्ता भजन्ते मां  दृढव्रता: ।।२८।।

 

जरामरणमोक्षाय मामाश्रीत्य यतन्ति ये ।

ते ब्रह्म ताव्दिदु: क्रित्स्रामध्यामं कर्म चाखिलम्  ।। २९॥

 

साधि भुताधिदैवं मां  साधियज्ञम् च ये विदु: ।

प्रयाणकाले अ पी च माम्  ते विदुर्युक्तचेतस :।।३०॥

 

भावार्थ: जो जो सकाम भक्तजन छन ति भक्तजनले जुन जुन देवताको स्वरुपलाइ श्रध्दाले पुजन गर्दछन तिनै देवताप्रति म ति भक्तजनलाई अटल श्रध्दा स्थिर गर्न चाहन्छु । त्यस व्यक्तिले श्रध्दाले युक्त भै त्यस देवको पुजन गर्दछ र उस देवबाट पनि मेरै बिधान अनुसार उसको इच्छित भोगको फल निश्चित रुपमा पाउदछ ।  परन्तु अल्पबुध्दी भएका तिनीहरुको त्यो फल क्षणिक र नास्वान हुन्छन । ति देवताको आराधना पुजा गर्ने भक्तहरु तिनै देवतालाई पाउदछन । मेरा भक्त जसरि मलाइ भजे पनि अन्तमा मलाइ नै पाउदछन । बुध्दिहीन मनुष्य हरु मेरो सर्बोत्तम अविनासी परमभावलाइ जान्दैनान र तिनिहरुले मलाइ मन इन्द्रियदेखि पर परमात्माको ( अव्यक्त अप्रकाश  नै) मनुश्यभाती जन्मेको ब्यक्तिभाबको प्राप्त भएको मान्दछन । आफ्नो योगमायाबाट लुकिएको म सबैसंग प्रत्यक्ष हुन् सक्दिन । त्यसैले यी अज्ञानी जनसमुदाय मलाइ अजन्मा अबिनाशिनी परमेश्वर मान्दैनन । अर्थात मनिश्य सरह हुन् भन्ने भ्रममा छन् । हे अर्जुन म यी समस्त प्रानिहरुलाइ जान्दछु जो पहिले भैसकेका छन् जो अहिले छन् र भविष्यमा हुनेवाला छन तर मलाइ भने कसैले चिन्दैनन र जान्दैनन् । हे भारत बंशीय अर्जुन संसारमा इच्छा र व्देषबाट  उत्पन्न हुने सुख र दुख व्दंदरूप मोहको कारणले समस्त प्राणीहरु उत्पन्न हुनासाथ सम्मोहनमा परेर अज्ञानता प्राप्त गर्दछन । परन्तु राम्रो र पवित्र कर्म गर्ने जसको पाप नष्ट भएको छ र तिनीहरु सुख दुखको व्देष राग र मोहबाट मुक्त भै निर्भयले मेरो भजन गर्दछन । जो मेरा शरणमा आइ जन्म मरण बाट छुटकारा पाउन प्रयास गर्दछन ति पुरुष ब्रह्म, सम्पूर्ण अध्यात्म र कर्मलाइ जान्दछन ।जो मनुष्यले अधि भुत र अधी देव र अधि यज्ञसहित मलाइ जान्दछन । ममा चित्त समाहित भएका ति मनुष्यहरु अन्तकाल ( प्राण जाने क्षण ) पनि निश्चय मलाइ जानि रहन्छन ।

 

ओम् तत्सदिती श्रीमद्भागवतासुपनिषत्सु ब्रह्म बिध्यायाम् योगशास्त्रे श्रीक्रिश्नार्जुं सम्बादे ज्ञानबिज्ञानयोगे  नाम

सप्तमो अध्याय ||

 

Leave a Reply