मन्जुल
मन्जुल

 

 

 

 

 

 

मुस्कानको
ढोका रहेछ

त्यो,
तगारोदेखि घरसम्म
घरदेखि हृदयसम्म
लमतन्न फैलिए
को रहेछ

जाडोसँग
जुझ्ने आगो
भोकसँग जुझ्ने खाना
थकाइसँग जुझ्ने न्यानो ओछ्यान

हृदयमा
अध्यात्मको
भव्य कोठा पनि रहेछ

आँखा नै
फूल भएर फुलेका रहेछन् मायाको घरमा

हात
हरू त
सुन्दर सुन्दर वृक्षहरू

यहाँ हार्दिकताको न्यानो पहार पनि रहेछ
प्रेमको सियाँल पनि

मायाको घरमा
मुस्कानको ढोका रहेछ
तगारोदेखि हृदयसम्म लमतन्न फैलिएको ।

Leave a Reply