पुण्डरी अर्याल-
पुण्डरी अर्याल-

मलाइ नसुनाउ मान्छे मरेका दुर्घटनामा
मलाइ नदेखाउ मान्छे मरेका टेलिभिजनमा
म देख्न सक्दिन,
मान्छे आपतमा परेको
दुर्घनामा परि मरेको
खाऊखाऊ भन्ने उमेरमा ढलेको
पिडा त मैले भोगीसकेको छु
आफन्तलाई गुमाउन पर्दा
थलिएर बिस्तारामा पर्दा
पटक पटक मर्दै बाची रहदै गर्दा
समबेदना मात्रै भन्न सक्छु
देख्न सक्दिन पिडा !
अस्तु

Leave a Reply