पुण्डरी अर्याल-
पुण्डरी अर्याल-

शान्ताकारम भुजकसयम पद्मनाम सुरेसम
विश्वाधारम गगन सदृश्यम मेघ बर्णम सुभान्गम
लक्ष्मिकान्तं कमलनयनम योगिर्भिन्दा नगम्यम

 

भगवानुवाच !

अनाश्रित : कर्मफलम् कार्यं कर्म करोति य: |

स सन्नासी च योगी च न निरग्निर्न चाक्रिय : ||१||

यं सन्नासमिति प्राहुर्योगम् तं विध्दी पाण्डव |

न ह्यसन्न्यस्तसंकल्पो योगी भवति कश्चन ||२||

आरुरुक्षोर्मुनेर्योगम् कर्म कारणमुच्यते |

योगारुढ़स्य तस्यैव शम : कारणमुच्यते ||३||

यदा ही नेंद्रियार्थेषू न कर्मस्वनुषज्जते |

सर्व संकल्पसन्न्यासी योगारुढस्तदोच्यते ||४||

उध्दरेदात्मनात्मानम् नात्मानमवसादयेत |

आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मन : || ५||

भावार्थ : भगवानले भन्नुहुन्छ ! जो मनुष्य कर्मफलको इच्छा र चाहना नराखी कर्म कर्तब्य गर्दछ, त्यस्तो व्यक्ति वास्तविक योगी र सन्यास हो | खालि अग्निकर्म त्याग गर्ने सन्यासी हुन् सक्दैन र मात्र कर्म योग त्याग्ने योगी हुन् सक्दैन |हे अर्जुन ! जसलाई कर्मको त्यागरुप सन्यास हो भन्दछन त्यसलाई तिमि निष्काम कर्मयोग भनेर जान जसले संकल्प, इच्छा स्वार्थभाव सान्सारिक बासनालाइ परित्याग नगरेका व्यक्ति योगी होइन | योग साधनामा जान इच्छा राख्ने मननशिल व्यक्तिका लागि निष्काम कर्म गर्नु नै योगको प्राप्तिको साधन हो भनिएको छ | योगमा लिन भएको मनुष्यका लागि कर्मबाट निबृत र संकल्प परित्याग गर्नु नै कल्याणकारी साधन बताइएको छ | योगसाधनामा लिन भएको व्यक्ति इन्द्रियादी भोगमा आसक्त हुदैन र सम्पूर्ण संकल्प र कर्महरूलाई त्याग गरेको अवस्थालाई योगारुढ़ भनिन्छ | मानिस आफुले सांसारिक भवसागरबाट,  अध-पतन हुनबाट जोगिएर आफैलाई उद्दार गरोस अर्थात जोगियोस | किनभने मानिसको आफु नै मित्रु हो भने आफु नै सत्रु पनि हो |

बन्धुरात्मात्मनस्तस्य येनात्मैवात्मना जित: |

अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत् ||६||

जितात्मन : प्रशान्तस्य परमात्मा समाहित: |

शितोष्णसुखदु:खेषु तथा मानापमानयो: ||७||

ज्ञानविज्ञानतृप्तात्मा कुटस्थो विजितेंद्रिय: |

युक्त इत्युच्यते योगी समलोष्टाश्मकान्चन ||८||

सुह्रिन्मीत्रार्युदासिनमध्यस्थव्देष्यबन्धुषू |

साधुश्वपि च पापेषु समबुध्दीर्विशिष्यते ||९||

योगी युन्जित सततमात्मानम् रहसि स्थित: |

एकाकी यतचीत्तात्मा निराशिरपरिग्रह : ||१०||

भावार्थ :जो जिवात्माले मन र इन्द्रियलाई वशमा राख्न सकेको छ त्यो आफु नै आफ्नो मित्र हो जसले मन र इन्द्रियलाई जित्न सकेको हुदैन त्यसको लागि स्वयं आफु नै शत्रु समान सत्रुभावमा रहने छ | जो पुरुष गर्मि जाडो र सुख दुख र मान अपमानमा पनि सदा शान्त रही उसको अन्तस्करणकका चित्त ब्रितिहरु शान्त एवं विक्रितिराहित भएका हुन्छन त्यस्ता चित्त्तात्माहरु ज्ञानमा सच्चिनन्द परमात्मा मा स्थित हुन्छन |जसको अन्तस्करण ग्यान विज्ञानले तृप्त हुन्छन जसको चित्त स्थित्ति बिकाररहित छ जितिन्द्रिय छ जसले संसारिक बस्तुलाई मुल्यहीन समान ठान्दछ त्यस्ता व्यक्तिले परमात्मालाई साक्षात्कार गर्दछ भनिएको छ | सबैलाई हित गर्ने मित्र बैरी, पक्षपात रहित, मध्यस्थ भाव राख्ने सबैलाई समान भाव राख्ने व्यक्ति नै सर्बश्रेष्ट योगी ठहर्छ | मन र इन्द्रियलाई वशमा राख्ने वाला, संग्रहरहित भै आत्माको निरन्तर परमेश्वरमा चित्त लगाइ ध्यान मग्न रहनु सच्चा योगीको कर्म हो |

शुचौ देशे प्रतिष्ठाप्य स्थिरमासनमात्मन : |

नात्युच्छ्रीतं नातिनिचं चैलाजिनकुशोत्तरम् ||११||

तत्रै कांग्र मन: कृत्वा यतचित्तेन्द्रियक्रिय:  |

उपविश्यासने युज्ज्याध्योगमात्मविशुध्दये ||१२||

समं कायशिरोग्रिवं धारान्नचल स्थिर:   |

सम्प्रेक्ष्य नासिकाग्रं स्वं दिशाच्श्वानवलोकयन् ||१३||

प्रशन्तात्मा विगतभीर्ब्रह्म चारिव्रते स्थित: |

मन: संयम्य मच्चितो युक्त आसित मत्पर: ||१४||

युन्जन्नेवं सदात्मनं योगी नियतमानस : |

शान्तिं निर्वाणपरमां मत्संस्थामधिगच्छति ||१५||

भावार्थ: कुश, मृगछाला र कपडा बिछ्याइएको पबित्र स्थानमा न त तल न माथि भएको स्थान बनाइ त्यस्तो आशनमा बसेर मनलाई एकाग्र बनाइ इन्द्रियाहरुलाई वशमा राखी अन्त्स्करणको शुध्दीको लागि योगाभ्यास गर्नु पर्दछ |सरिर शिर मेरुदण्ड र घाटिलाई शिधा अचालरुपमा राखेर आफ्नो नाकको अग्र भागमा दृष्टि दिदै अन्य दिशा तर्फ अबलोकन नगरिकन स्थिर शान्त भएर ध्यान माग्न हुनु पर्दछ |जो ब्रह्म चारी ब्रतमा छ जसको अन्तस्करण शान्त पबित्र बनाएर चित्ताब्रितिलाई नियन्त्रित गरि ममा चित्त लगाउदै मेरै परायण भै स्थिर बन | संयमित मन भएको आत्मालाई निरन्तर म अर्थात परमेश्वरको स्वरुपमा ध्यानमामाग्न हुदै  जानाले ममा भएको परमानन्द परम शान्ति मिल्दछ |

नात्यन्श्रतस्तु योगोअस्ति न चैकान्तमनान्श्रत |

न चाती स्वप्नशिलस्य जाग्रतो नैव चार्जुन ||१६||

युक्ताहारविहारस्य युक्तचेष्टस्य  कर्मसु |

युक्तस्वप्नावबोधस्य योगो भवति दु:खहा ||१७||

यदा विनियतं चित्तमात्मन्येवावतिष्ठते |

नि: स्पृह: सर्वकामेभ्यो युक्त इत्युच्यते तदा ||१८||

यथा दीपो निवातस्ठो नेंगते  सोपमा स्मृता |

योगिनो यतचित्तस्य युन्जतो योगमात्मन : ||१९||

यत्रो परमाते चित्तं निरुध्दं योगसेवया |

यत्र चैवात्मनात्मानं पश्यन्नात्मनी  तुष्यति ||२०||

हे अर्जुन यो योग न त् धेरै खाने, न बिल्कुल नखानेलाइ, न त धेरै सुत्नेलाई, न त सदा जागा बस्नेलाई नै शिध्द हुन्छ | संयमित व्यक्तिले मात्र शिध्द गर्न सक्दछ | यथा योग्य आहार बिहार, कर्ममा यथा योग्य चेष्टा र यथायोग्य शयन र जागरण गर्ने व्यक्ति नै शिध्द हुने छन् |नियन्त्रित चित्त मन बुध्दी केवल आत्मामा सिमित हुनगई स्थिर बन्न पुग्दछ | निरासक्त ध्यानमा लिन भएको योग युक्त बन्दछ |जसरी हावा नचलेको स्थानमा दियो चलायमान हुदैन त्यसै गरि परमात्मा उपमा ध्यानमा निमग्न भै चित्तलाई आफ्नो वशमा राख्न सक्ने योग पुरुष भन्दछु |योग अनुष्ठान व्दारा बाहिरि ब्रितिबाट निरुध्द भएको चित्त माथि उठदछ र सो अबस्थामा साधक समाधिबाट परमात्माको ध्यानले शुध्द भएको ज्ञानले परमात्माको साक्षात्कार हुन् पाउदछ र सच्चिदानन्दमा सन्तुष्टि भै आफुमा तृप्त भै आनन्द प्राप्त गर्दछ |

सुखमात्यन्तिकं यत्तद् बुध्दी ग्राह्यमतिन्द्रियम् |

वेत्ति यत्रा चैवायं स्थीतश्चलति तत्त्वत: ||२१||

 

यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं तत: |

यस्मिन्स्थितो न दु:खेन गुरुणापि विचाल्यते ||२२||

 

तँ बिद्याद् दु:खसंयोगवियोगं योगसंज्ञितम् |

स निशचायेन योक्ताव्यो योगोअ निर्विन्नचेतासा ||२३||

 

संकल्पप्रभावान्कामान्स्त्यक्त्वा सर्वानाशेषत:|

मनसैवेन्द्रियाग्रामं विनियम्य समन्तत: ||२४||

 

शनै शनैरुपरमेद् बुध्या धृतिगृहितया |

आत्मसंस्थं मन: कृत्वा न किन्चिदापी चिन्तयेत् ||२५||

 

भावार्थ :

इन्द्रियको पहुच भन्दा परको केवल सुक्ष्म बुध्दी अंतर्ज्ञानव्दारा ग्रहण गर्न योग्य अनन्त एबम आनन्द छ, त्यस आनन्दमय अबस्थामा अनुभूति गर्दछ र त्यसै अबस्थामा स्थिर रही योगी परमात्मा स्वरूपबाट बिचलित हुदैन |

यस प्रकारको परम आनन्द प्राप्त गरिसकेपछि अर्को कुनै पनि लाभलाई सो भन्दा बढी लाभ हो भनि ठान्दैन र परमात्मा स्वरूप प्राप्त भएपछी कठोर दुखले  पनि बिचलित हुन् सक्दैन | जसले सांसारिक बिषयको संसर्गबाट उत्पन्न दुखको संयोगबाट छुटाउछ यसैको नाम योग तत्व हो |यो योगको अभ्यास बिचलित नभैकन उत्साह युक्त चित्तले दृढ निश्चयका साथ् गर्नु कर्तब्य हो | संकल्पबाट उत्पन्न हुने सम्पूर्ण कामनाहरु निशेष रुपले त्याग गरेर मनले सबै प्रकारले इन्द्रियको समुदायको समययता पुर्बक रोकेर योगाभ्यास गर्नु पर्दछ |चंचल मन जो स्थिर रहन सक्दैन जो श्ब्दादी बिषयहरुमा संसारमा विचरण गर्दछ, त्यस बिषयलाई हटायर परमात्मामा चित्त लगाएयोस |

यतो यतो निश्चरति मनश्चन्चलमस्थिरम् |

ततस्त्तो नियम्यैतदात्मन्येव वंश नयेत् ||२६||

प्रशान्तमनसं ह्येनं योगिनं सुखमुत्तमम् |

उपैति शान्तारजसं ब्रह्मभूतमकल्मषम् ||२७||

युन्जन्नेवं सदात्मानं योगी बिगतकल्मष : |

सुखेन ब्रह्मसंस्पर्शमत्यन्तं सुखमश्नुते ||२८||

सर्बभुतस्थमात्मानं सर्वभुतानि चात्मनि |

इक्षते योगयुक्तात्मा सर्वत्र समदर्शन : ||२९||

यो माँ पश्यति सर्वत्र सर्व च मयि पश्यति |

तस्याहं न प्रणस्यामि स च मे न  प्रणश्यति ||३०||

भावार्थ : यो चंचल र अस्थिर मन जता संसारिक मोहमा विचरण गर्दछ | त्यताबाट बिषयगत कुराबाट खिचेर वशमा राखी  पटक पटक आत्मा परमात्मामा लिन वा आकर्षक गर्नु पर्दछ |जसको मन स्थिर र शान्त भएको हुन्छ जो बासनामय मलपापबाट मुक्त छ, जसको राजोगुन शान्त भैसकेको छ यसकिसिमको ब्रह्ममय बनेर सचिदानन्द ब्रह्मको साथ् एकोभाव भएको योगीलाइ मात्र सर्वोचचा सुख र आनन्द प्राप्त हुन्छ |

सर्वभुतस्थितं यो मां भाजत्येकत्वमास्थित: |

सर्वथा वर्तमानोअपि स योगी मयी वर्तते ||३१||

आत्मौपम्येन सर्वत्र समं पश्यति योअर्जुन |

सुखं वा यदि वा दु:खं स योगी परमोमत : ||३२||

अर्जुन उवाच  

योअयं योगस्त्वया प्रोक्त: साम्येन मधुसुदन |

एतस्याहं न पश्यामी चंचलात्वात्स्थितिं स्थिराम ||३३||

चन्चलं हि मन: कृष्ण प्रमाथि बल्वाद्दृढम् |

तस्माहम् निग्रहं मान्य वायोरिव सुदुष्करम् ||३४||

श्री भगवानुवाच

असंशयं महाबाहो मानो दुर्निग्रहम् चलम् |

अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते ||३५||

भावार्थ : जो पुरुष एकोभावमा स्थित भै समस्त प्रानिहरुको हृदयमा अबस्थित म बासुदेब परमेश्वरलाइ भजन गर्दछ वा उपासना गर्दछ त्यस्ता योगी अर्थात मेरा अनुयायी सबै प्रकारका क्रियाशिलामा रहेर पनि सदा ममा नै स्थित रहेका हुन्छन | हे अर्जुन जो योगी सुखमा होस् वा दुखमा होस् आफ्नै सरह सुख दुख मान्दछ र सम्पूर्ण जनालाई समभाव दृष्टिले हेर्दछ र महसुस गर्दछ त्यो व्यक्तिलाइ नै  सर्बश्रेष्ठ मानिन्छ | अर्जुनले बिन्ति गर्दछन : हे मधुसुदन हजुरले समभाव रुप योगको बारेमा बताउनु भयो मनको चंचलता ले गर्दा म यस योगमा स्थिर र अचल रहने अबस्था मैले देख्दिन | किनकि हे श्रीकृष्ण ! यो मन बडा चंचल, प्रमथनशिल स्वभाव, दृढ र बलवान छ त्यसैले यसलाई वशमा गर्न र रोक्न भनेको त बायुलाई वशमा गर्नु जस्तै दुष्कर र कठिन छ भन्ने ठान्दछु | भगवान श्री कृष्ण बताउनु हुन्छ:    हे महाबाहो अर्जुन, निशन्देह मन ज्यादै चंचल र कठिनापुर्बक बंशमा हुने वाला छ | तर हे अर्जुन निरन्तर अभ्यास वा बैरागीव्दारा मनलाई बश र निग्रह गर्न सकिन्छ |

असंयतात्मना     योगो दुष्प्राप इति मे मति: |

वश्यात्मना तु यतता  शक्योअ वाप्तुमुपायत:||३६||

अर्जुनोवाच

अयती:  श्रध्दयोपेतो     योगाच्चालितमानस |

अप्राप्य योगसंसिध्दिं कां गतिं कृष्ण गच्छति ||३७||

कच्चिन्नोभयविभ्रष्टश्छिन्नाभ्रमिव       नश्यति |

अप्रतिष्ठो महाबाहो  विमूढो ब्रह्मण: पथि ||३८||

एतन्मे    संशयं कृष्ण  छेत्तुमर्हस्यशेषत: |

त्वदन्य: संशयस्यास्य छेत्ता न ह्युपपध्यते ||३९||

श्रीभगवानुवाच :

पार्थ       नैवेह नामुत्र  विनाशस्तस्य विध्यते |

न हि कल्यानाक्रित्कच्श्रीददुर्गतिं तात गच्छति ||४०||

भावार्थ: आफ्नो मनलाई वशमा राख्न नसक्ने व्यक्तिले योग प्राप्त गर्न समर्थ हुदैन अर्थात कठिन हुन्छ | तर मनलाई बन्शिभुत छ र स्वाधीन मन भएको  प्रयत्नशील व्यक्तिले साधनाबाट योग प्राप्त गर्न सक्छ भन्ने मेरो धारणा छ | अर्जुनले भन्नु हुन्छ हे कृष्ण ! जो पुरुष योगमा श्रध्दा राख्दछ तर योगसाधनामा संयम अप्नाउदैन उसको मन बिचलन भएको व्यक्तिलाइ योगको सर्बोच्च सीध्दी भगवान साक्षात्कार हुन् सक्दैन, यस्तो व्यक्तिलाई कस्तो गति प्राप्त होला ?हे शक्तिशाली बाहु भएका श्रीकृष्ण भगबत प्राप्त मार्गमा मोहित र आश्चर्यबिहिन व्यक्ति फाटेको बादल जस्तै छिन्न  भिन्न ग्यान मार्ग र कर्म मार्गबाट नष्ट भ्रष्ट हुदैन र ? हे कृष्ण मेरो सन्देहहरुलाई सम्पूर्णरुपमा हटाउन हजुरनै योग्य र समर्थ हुनुहुन्छ | किनकि तपाइँ बिना अर्को कसैबाट यस शंदेहलाइ मेटाउन सक्ने ब्यक्तित्व  प्राप्त गर्न सम्भव छैन | भगवान श्रीकृष्णले भन्नुहुन्छ : हे अर्जुन त्यस्ता पुरुषको न यस लोकमा बिनास हुन्छ न त परलोकमा नै | किनकि हे प्रिय अर्जुन ! जसले आत्मा उद्दार कल्याणकारीको लागि अर्थात भागवतप्राप्तिको लागि जसले कर्म गर्दछ त्यस्ता पुरुषको दुर्गति प्राप्त हुदैन |

प्राप्य पुण्यकृतां लोकानुषित्वा शाश्वती: समा: |

शुचिनां श्रीमतां गेहे योगभ्रष्टोअभिजायते ||४१||

अथवा योगिनामेव कुले भवति धिमताम् |

इतध्दी दुर्लभतरं लोके जन्म यदिदृशम्  ||४२||

तत्र तं बुध्दिसंयोगं लभते पौर्वदेहिकम् |

यतते च ततो भूय : संसिध्दौ कुरुनन्दन ||४३||

पूर्वाभ्यासेन तेनैव हृयतेह्यावशोअपि स: |

जिज्ञासुरपी योगस्य शब्दब्रह्मातिवर्तते   ||४४||

प्रयन्ताध्यतामानस्तु योगी संशुध्दकिल्बिष |

अनेकजन्मसंसिधास्ततो याति परां गतिम् ||४५||

भावार्थ : जो व्यक्ति योग भ्रष्ट भै बिचलन भै सफलता प्राप्त गर्न सकेको छैन त्यस्तो व्यक्ति पुन्यकर्मलोकमा पुगेर धेरै बर्षसम्म भोग गर्दछ र भोग क्षय पश्चात पवित्र आत्मा भएको घरमा जन्म लिन पाउदछ | अर्थात ग्यान सम्पन्न योगिहरुको कुलमा जन्म लिन पाउदछ , तर यस प्रकारको जन्म त्यो यस लोकमा अन्तन्तै दुर्लभ मानिन्छ | यस कुलमा जन्मेपछि उसले पुर्बजन्ममा संचय गरेको बुध्दी संयोग सम्बुध्दिरूप योगको संस्कार अनायासै प्राप्त हुन्छ | पुर्ब संस्कारको प्रभावले फेरी उसले परमात्मा प्राप्ति सिध्दिको लागि पहिले भन्दा बढी प्रयत्नशील हुने छ |योगमा बिचलन भएको भए पनि पुर्बजन्ममा गरेको अभ्यासले निसन्देह योग्भ्यासमा आकर्षित हुन्छ र सम्बुध्दी योगका जिज्ञासु सकाम कर्मोफललाइ अतिक्रमण गर्दछ | परन्तु प्रयन्तपुर्बक अभ्यास गर्दै गरेमा अनेक जन्ममा संचित संस्कारले सिध्दी प्राप्त गरेर सम्पूर्ण पापबाट मुक्त भै परमगति प्राप्त गर्दछ | .

तपस्विभ्योअधिको योगी ज्ञानिभ्योअपि मतोधिक: |

कर्मिभ्यश्चाधिको योगी तश्माध्योगी भवार्जुन ||४६||

योगिनामापी सर्वेषां मग्दगतेनान्तरात्मना |

श्रध्दावान्भाजाते यो मां स मे युक्ततमो  मत: ||४७||

भावार्थ : योगी पुरुष तपस्वी र शास्त्र ग्यानिहरु भन्दा श्रेष्ट मानिएको छ र सकाम गर्नेहरु भन्दा पनि योगी श्रेष्ठ छ त्यसैले हे अर्जुन तिमि योगी होउ | सम्पूर्ण योगीहरू मध्ये जो योगी म मा समाहित भै अन्तरआत्माले मलाइ निरन्तर  भज्दछ त्यो योगी मेरा लागि परम श्रेष्ठ मानिन्छ |

ओम् तत्सदिती श्रीमद्भागवतासुपनिषत्सु ब्रह्म बिध्यायाम् योगशास्त्रे श्रीक्रिश्नार्जुं सम्बादे आत्मसंयाम्योगो नाम षष्टोअध्याय ||६||

 

 

Leave a Reply