पुण्डरी अर्याल-
पुण्डरी अर्याल-

षटकर्म
षटकर्म आन्तरिक तथा बाह्य शरीरको शुध्दीकारण गर्नको लागि प्रयोग गरिने बिधि हो / यो योगाभ्यासले शरीरको विषाक्त पदार्थलाइ जरै देखि उखालेर फाल्छ /जबसम्म शरीर आन्तरिक र बाह्य रुपमा शुध्द हुदैन तबसम्म शरीर सुचारु रुपले संचालन गर्न सकिदैन / यो कर्म जानकार व्यक्तिको उपस्थितिमा मात्र गर्नु पर्छ /
षटकर्म ६ वटा योगाका कर्मलाइ भनिएको छ / ति यस प्रकार छन् : नेती ,धोती ,बस्ति,नौली,कपालभाती,त्राटक
हुन् /

१ नेती Nasal Cleansing
नेती क्रिया दुइ किसिमका हुन्छन /(क)सुत्र नेती (ख ) जल नेती

१ (क) सुत्र नेती :

काचो धागोबाट वाटेर बनाएको धागो दुधमा भिजाएर नाकको प्वालमा राखी लामो सासले भित्र तान्ने जब मुखको भित्र पट्टि धागो आइपुग्छ ,औलाको सहायताले मुख बाहिर ल्याउने र फेरी अर्को नाकको प्वालबाट छिराएर सोहि क्रिया गर्ने /सुत्र नेतिको सट्टा केथेटरको प्रयोग गर्न स्किन्छ /सुत्र नेती गरेपछि केहि हल्का दुखाइ हुन् सक्छ ,द्रपको मदतले १०थोपा तोरीको तेल नाकको प्वालमा राखेमा आराम हुन्छ /यस क्रियाले नाकको प्वाल र मष्तिष्कको सफाई हुन्छ /

१(ख) जल नेती :
मनतातो पानीमा थोरै नुन मिसाएर टोटिवाला अम्खोरामा राख्ने र नाकको दाँया प्वालमा अम्खोराको तोटी राखी अलिकति टाउको वांयापट्टि तल झुकनु पर्छ /जसले गर्दा दाँयातर्फ बाट राखेको पानि सजिलै दाँयातर्फको नाकको प्वालबाट निस्कियोस / त्यसै गरि वांयातर्फको नाकको प्वालमा अम्खोरको टोटि राखी अलिकति टाउको दाँयापट्टि तल झुकि जल नेती गर्न सकिन्छ /
उक्त क्रिया सकिसकेपछी ‘भस्त्रीका प्राणायाम ‘ गरेर नाक र गलामा रहेको पानीका छिटालाइ सुकाउन सकिन्छ /

लाभ :
नेती क्रियाबाट सर्दी ,खांसी ,नाक, कान, आँखाका रोगीहरुलाई फैदा पुर्यादछ /यो क्रियाले मश्तिश्क सक्रिय भएर बुध्दी एवं विवेकको बिकाश हुन्छ /यस प्रक्रियाले सम्बेदनशील रहेको नाकको श्लेष्मा झिल्लिलाई मजबुत बनाउछ र बाह्य बातावरणबाट हुने एलेर्जीलाइ कम गर्नुको साथै साइनस रोगलाई समेत निर्मुल पार्न सकिन्छ /

Leave a Reply