पुण्डरी अर्याल-
पुण्डरी अर्याल-

 

 

 

 

 

शान्ताकारम भुजकसयम पद्मनाम सुरेसम

शान्ताकारम भुजकसयम पद्मनाम सुरेसम
विश्वाधारम गगन सदृश्यम मेघ बर्णम सुभान्गम
लक्ष्मिकान्तं कमलनयनम योगिर्भिन्दा नगम्यम

अर्जुन उवाच :

संन्यासं कर्मणाम् कृष्ण पुनर्योगं च शंससी |

यच्छ्रेय एतयोरेकम् तन्मे ब्रुहि सुनिश्चतम ||१||

श्री भगवानुवाच

संन्यास: कर्मयोगश्च नि: श्रेयसकरावुभौ |

तयोस्तु कर्मसंन्यासात्कर्मयोगो विशिश्यते ||२||

ज्ञेय: स नित्यसंन्यासी यो न व्देष्टि न काङ्गक्षति |

निर्व्दन्व्दो हि महाबाहो सुखं बन्धात्प्रमुच्यते||३||

साङ्गख्ययोगौ प्रिथग्बाला: प्रवदन्ति न पंडिता: |

एकमप्यास्थित: सभ्यगुभयोर्विन्दते फलाम् ||४||

यत्सांख्यै:  प्राप्यते स्थानं तध्योगैरपि गम्यते |

एकं सांख्यम् च योगम् च य पस्यति स पस्यती||५||

 

भावार्थ: अर्जुनले बिन्ति गर्दछन ! हे कृष्ण हजुरले कर्मको परित्याग सन्यासको कुरा गर्नुहुन्छ र र पनि कर्मयोगको प्रसंशा पनि गर्नुहुन्छ | कर्मकै अनुष्ठान गर्ने कुरामा जोड दिनुहुन्छ | त्यसैले यी दुइमध्ये मेरो लागि उपयुक्त कल्याणकारी मार्ग बन्न सक्छ त्यसलाई भन्नुहोस | यो सुनेर भगवान श्री कृष्णले भन्नुहुन्छ: कर्म सन्यास र कर्मयोग यी दुवै परम कल्याणकारक छन् तर कर्मसंयास भन्दा निस्वार्थ निष्काम कर्मयोग नै श्रेष्ठ छ | हे महाबाहू अर्जुन जो पुरुष न कसैको व्देष रिसराग गर्छ न त कुनै कुराको आकांक्षी बन्दछ |त्यस्ता कर्मयोगी पुरुष सदैब सन्यासी नै ठहर्छन |रिस राग वदेश , सुख दुख र व्दंदरहित हुनाले त्यस्ता मनुष्य सुखपुर्बक संसारबन्धनबाट मुक्त हुन्छन | अग्यानिजन सन्यास र कर्मयोगलाई बेग्लाबेग्लै फल दिने भनि बताउछन तर ज्ञानी पुरुष त्यसो भन्दैनन् किनकि यी दुइ मध्ये एकमा संयम भै स्थित भएमा दुबैको फलरुप परमात्मा प्राप्त हुन्छ |सान्ग्ख्ययोगका साधकहरु अर्थात ज्ञानयोगीहरुले परम धाम प्राप्त गर्दछन, त्यस्तै कर्मयोगीजनाले पनि उत्तिकै परमधाम प्राप्त गर्दछन |त्यसैले जो पुरुषले ज्ञानयोग र कर्मयोगलाइ एक समानरुपमा देख्दछ त्यो नै यथार्थ कुरा देख्दछ |

संयासस्तु महाबाहो दु:खमाप्तु मयोगत 😐

योगयुक्तो मुनिर्ब्रह्म नचिरेणाधिगच्छाति ||६||

 

योगयुक्तो  विशुध्दात्मा विजितात्मा जितेंद्रिय |

सर्वभुतात्मभुतात्मा कुर्वन्नपि न लिप्यते ||७||

 

नैव किं चित्करोमिति युक्तो मन्येत तत्ववित् |

पश्यन्श्रीन्वस्प्रिश्न्जिघ्रन्नश्रन्गच्छन्स्वपन्श्वसन् ||८||

 

प्रलापन्विसृजन्गृव्हन्नुन्मिषन्नीमिषन्नपि |

इन्द्रियाणीन्द्रीयार्थेषू वर्तंत इति धारयन् ||९||

ब्रह्यन्याधाय कर्माणी संगंत्यक्त्वा करोति य:|

लिप्येते न स पापेन पद्मपत्रमिवाम्भ सा ||१०||

 

भावार्थ  : परन्तु हे अर्जुन ! कर्मयोग बिना कर्म परित्याग स्वरूप सन्यास अन्त्यन्त कठिन छ | निष्काम कर्मयोग गर्ने कर्मयोगिले मात्र शिघ्र परब्रह्म परमात्मालाइ प्राप्त गर्दछ | जसको मन आफ्नो वशमा छ जितेंद्रिय एवं विशुध्द अन्त:करण छ र सम्पुर्न प्राणीको आत्मारूप परमात्मा नै जसको  आत्मा छ , यसकिसिमको कर्मयोगी कर्म गरिरहेको अबस्थामा पनि कर्ममा बाधिएको हुदैन अर्थात लिप्त  हुदैन तत्वबेत्ता  युक्त पुरुष  जसलाई  सान्ख्ययोगी भन्दछु यिनीहरु सुत्दा, हेर्दा, खादा, पिउदा, हिडदा,हरेक इन्द्रियादी कर्म गर्दा पनि आफुलाई निशन्देह मैले स्वयं केहि कार्य गरिरहेको छैन र केहि गरेको पनि छैन भन्ने ठान्दछ।जो पुरुषले पर्ब्रह्म परमेश्वरमा आफ्नो सम्पूर्ण कर्महरूलाई अर्पण गरि आसक्तिलाई  त्यागेर कर्म गर्दछ  त्यो पुरुस  पानीबाट  कमलको  पात स्पर्श्राहित भए झैँ पापमा लिप्त हुदैन  अर्थात उसलाई प्रवाहित पार्क सक्दैन | 

कायेन मनसा बुध्द्या केवलै रिन्द्रियैरपी |

योगिन: कर्मकुर्वन्ति सङ्गम् त्यक्त्वात्मशुध्दते || ११||

 

युक्त: कर्मफलंत्यक्त्वा शान्तिमाप्नोति  नैष्ठिकीम् |

आयुक्त : कामकारेण फाले सक्तो निबध्यते ||१२||

 

सर्व कर्माणी मनसा संन्यस्यास्ते सुखं वशी |

नवव्दारे पुरे देहि निव कुर्वन्न कारयन् ||१३||

 

न कर्तृत्वं न कर्मणि लोकस्य सृजति प्रभु 😐

न कर्मफलसंयोगम् स्वभावस्तु प्रवर्तते ||१४||

 

नादत्ते कस्यचित्पापं न चैव सुकृतं विभु: |

अग्यानेनावृतं ज्ञानं तेन मुह्यन्ति जनताव: ||१५||

 

अर्थ : कर्मयोगीहरुले केवल इन्द्रियव्दारा मन बुध्दी,आसक्ति,अभिमानहरुलाई त्यागेर आत्म शुध्दिकरणका लागि कर्म गर्दछन | कर्मयोगी पुरुष सम्पूर्ण कर्मको फललाई त्यागेर भागवतप्राप्तिरुप परम शान्ति प्राप्त गर्दछ |तर सकाम पुरुष भने कर्मफल भोगको आसक्तले कर्मबंधनमा बाधिन्छ | इन्द्रियादी जसको वशमा हुन्छ त्यस्तो शान्ख्ययोगको आचरण गर्ने व्यक्ति समस्त कर्मलाई त्याग गरि न तआफु स्वयम केहि गर्दछ न त इन्द्रियलाई कर्ममा लिप्त  गराउदछर नवव्दारवाला शरीर रुपी महलमा सबै कर्मलाई त्यागगारी आनन्दपूर्वक परमात्मा स्वरुपमा स्थित रहन्छ | 

परमेश्वरले मनुस्यलाई न त कर्तापन, न त कर्म , न त कर्मफलको संयोजन रचना गरेका हुन्छन | यो स्वत प्रबृत रुपमा अर्थात मायाविरुपमा चलिराखेको हुन्छ |सर्वव्यापी परमेश्वरले न त कसैको  पापकर्म र न त कसैको  शुभ कर्म लाइ ग्रहण गर्नुहुन्छपरन्तु ज्ञानलाई अज्ञानताले ढाकिरहेको हुनाले त्यस्ता कर्ममा अज्ञानी मनुष्य मोहित भएका हुन्छन |

ज्ञानेन तु तद्ज्ञानं येषां नाशितमात्मन: |

तेषामादित्यवज्ज्ञानं प्रकाशयति तात्परम् ||१६||

तद्बुध्दयस्तदात्मानास्तन्निष्ठास्तत्परायाणा 😐

गच्छन्त्यपुनारावृत्तिम् ज्ञाननिर्धुतकल्मषा:||१७||

बिद्याविनयसम्पन्ने  ब्राह्मणे गवि हस्तिनि |

शुनि चैव च्वापाके च पंडिता: समदर्शिन :||१८||

इहैव तैर्जित: सर्गो येषाम् साम्ये स्थितं मन: |

निर्दोषम् हि समं ब्रह्म तस्माद् ब्रह्मणि ते स्थिता: ||१९||

न प्रहृष्येत्प्रियम् प्राप्य नोव्दिजेत्प्राप्य चाप्रियम् |

स्थिरबुध्दीरसम्मुढो ब्रह्मविद् ब्रह्मणि स्थित :||२०||

 

भावार्थ: अन्तस्करणमा स्थित अज्ञानलाई परमेश्वरको तत्वज्ञानबाट नष्ट गरिएको हुन्छ र त्यस ज्ञानले सुर्यको समान त्यस आत्मतत्व परमात्मालाई प्रकाशित गर्दछ | जसको मन बुध्दी आत्मा र निष्ठा परमात्मामा एकीकृत भएको छ | यसरि परमात्मामा एकिभाव भै रहने व्यक्ति परमेश्वर कृपा ज्ञानले पापरहित भै परमगति प्राप्त गर्दछ | विध्दान ज्ञानी पण्डितजन बिद्या र विनयले भरिपूर्ण ब्राह्मण, गाइ, हाती कुकुर र चाण्डालमा समदर्शी वा समदृष्टीले  हेर्ने गर्दछन | जसको मन एकत्व भाव अर्थात समभावमा निश्चल भएर रहेको हुन्छ तिनीहरुले जीवित अबस्था मै सम्पूर्ण संसारलाई वा जन्म बन्धनलाई जितिसकेका हुन्छन | किनभने पर्ब्रह्म परमात्मा निर्दोष र सम रहने हुदा तिनीहरु पनि पर्ब्रह्म परमात्मामा निश्चल अर्थात स्थित भै रहन्छन |जो व्यक्ति आफुलाई प्रिय बस्तु पाएर हर्षित र अप्रिय बस्तु पाएर दुखि हुदैन त्यो व्यक्ति मोह र सन्देहरहित ब्रह्मवेत्ता सरह पुरुष भै परमेश्वर परमात्मामा नै एकिकृतभावले सदा स्थित हुन्छन |

बाह्यस्पर्शेश्वसक्तात्मा विन्दत्यात्मनी यत्सुखम् |

स  ब्रह्मयोगयुक्तात्मा   सुखमक्षयमश्नुते ||२१||

ये हि संस्पर्शजा भोगा दु:खयोनय एव ते |

आध्यन्तवन्त : कौन्तेय न तेषु रमते  बुध : ||२२||

शंकोतिहैव य: सोन्ढु प्राक्शरीरविमोक्षणात् |

काम क्रोधोभ्दवं वेगं स युक्त: स सुखी नर ||२३||

योअन्त सुखो अन्तरारामस्तथान्तर्ज्योतिरेव य: |

स योगी ब्रह्मनिर्वाणम् ब्रह्मभूतोअधिगच्छति ||२४||

लभन्ते   ब्रह्मनिर्वाणमृषय:     क्षीणकल्मषा 😐

छिन्नव्दैधा  यातात्मान : सर्वभुतहिते  रता :||२५||

अर्थ: जुनव्यक्ति बाहिरी बिषयगत आसक्तिहरुमा रहदैन, त्यस्ता ब्यक्ति ध्यानमग्न भैरहदा असिम आनन्द  प्राप्त गर्दछ र त्यसपछि परब्रह्म समाधिरुप योगमा स्थित भै अक्षय सुख आनन्दको अनुभव गर्दछ | जुन इन्द्रिय र बिषयगत संयोजन ले उत्पन्न भएका सुख भोगहरु छन् ति सबै भोगमा भासिदै जान्छन र ति सबै दुखका कारण हुन्  | यी सुख भोग क्षणिक र अनित्य छन् | हे कुन्तिपुत्र अर्जुन बुध्दिमान र विवेकी व्यक्ति परिणाम दुखित बनाउने क्षणिक सुखभोगमा रम्दैनन र आनन्दित पनि हुदैनन् | जो मानिस यस्लोकमा जीवित हुदासम्म काम क्रोधबाट उत्पन्न हुने वेगलाइ सहन गर्न सक्दछ वा सक्षम हुन्छ त्यही व्यक्ति योगी हो र त्यहि व्यक्ति सुखी पनि हो | जो व्यक्ति अन्तरआत्मामा न सुखको अनुभूति गर्दछ र त्यसैमा रमाउछ जसको आत्मा ज्ञानज्योति स्वरूप छ, यस्ता सांख्ययोगी सच्चिदानन्द पर्ब्रह्मा संग एकाभाव हुदै शान्त परब्रह्म स्वरूप बनेर निर्वाणरुप ब्रह्मानंद प्राप्त हुन्छ | जसको पापादी दोषहरु नष्ट भएका छन् जसको ज्ञानव्दारा संसय संदेहहरु हटेका छन् र सम्पूर्ण प्राणिको हितमा रत छन् जसको मन एकाग्रभावले परमात्मामा स्थित छ त्यस्ता ब्रह्मबेत्ता व्यक्ति शान्त ब्रह्मालाई प्राप्त गर्दछ |

कामक्रोधवियुक्तानां यतीनां यतचेतासाम् |

अभितोब्रह्मनिर्वाणं वर्तते विदितात्मनाम् ||२६||

स्पर्शान्कृत्वा बहिर्बाह्यांश्चक्षुवान्तरे भ्रुवो 😐

प्राणापानौ समौ कृत्वा नासाभ्यांतरचारीणौ ||२७||

यतेंद्रिय मनोबुध्दिर्मुनिर्मोक्षपरायाण: |

विगतेच्छाभयक्रोधो य: सदामुक्त एव स: ||२८||

भोक्तारं यज्ञ तपसाम् सर्ब लोक महेश्वरम् |

सुहृदय सर्व भुतानाम ग्यात्वा शान्तिमृच्छति ||२९||

भावार्थ : जो व्यक्ति काम क्रोधबाट मुक्त छन् जसले मन बुध्दी चित्तलाई जितेका छन् र परमेश्वरलाई परमात्मालाई साक्षात्कार गरेका छन् त्यस्ता शिध्द ब्यक्तिलाई सबै तिरबाट निर्वाणस्वरूप शान्त पर्ब्रह्म परमेश्वररुपले परिपूर्ण रहन्छन  | शब्द स्पर्शआदि बाहिरि भोग्य बस्तुलाइ अन्तस्करणबाट बाहिर निकाली अर्थात चिन्तनबाट मुक्त भै आँखाको दृष्टिलाई आँखी भौ को बिचमा स्थिर गरि नाकको भित्रि भागमा विचरण गर्ने उर्ध्वगामी प्राणवायु र अदोगामी अपांन वायुलाइ सम राखेर इन्द्रिय मन बुध्दीलाइ वशमा राखी इच्छा भय क्रोध सुन्य मोक्ष परायण व्यक्ति छ त्यो सदा मुक्त रहन्छ | मेरा भक्तले  म बासुदेवलाइ सबै यज्ञ र तप भोग गर्ने भोक्ता समस्त लोकको महान इश्वर तथा समस्त प्राणिलाओ सुह्रिदय दयालु र प्रेमी हुन् भनि जानेर परम शान्ति प्राप्त गर्दछ |

 

                                                    इति पंचामोध्याय: |

 

Leave a Reply