शान्ताकारम भुजकसयम पद्मनाम सुरेसम
विश्वाधारम गगन सदृश्यम मेघ बर्णम सुभान्गम
लक्ष्मिकान्तं कमलनयनम योगिर्भिन्दा नगम्यम
बन्दे बिष्णु भवहरम सर्बलोकै नाथकम
श्री भगवानुवाच:
इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम् |
विवस्वानन् मनवे प्राह मनुरिक्ष्वाकावे अ ब्रवीत् ||१||
एवं परम्पराप्राप्तमिमं राजर्षयो विदु 😐
स कालेनेह महता योगो नष्ट : परन्तप ||२||
स एवायंमाया तेअद्य योग: प्रोक्त: पुरातन: |
भक्तोअसि मे सचेती रहस्यं ह्येतदुत्तमंम् ||३||
अर्जुन उवाच:
अपरं भवतो जन्म परम् जन्म विवस्वत:|
कथमेतव्दिजानियां त्वमादौ प्रोक्तवानिती ||४||
भगवानुवाच
बहुनी मे व्यतितानि जन्मानी तब चार्जुन |
तान्यहं वेद सर्वाणी न त्वं वेत्थ परन्ताप ||५||
भावार्थ: मैले यस विनाशी योगको कुरा सूर्यलाई बताएको थिए, सुर्यले आफ्नो पुत्र वैवस्वत मनुलाई बताए र मनुले आफ्नो पुत्र राजा इक्ष्वाकुलाइ बताए भनि भगवाबन श्री कृष्ण भन्नुभयो | हे परम्तप अर्जुन ! यस प्रकार परम्पराबात प्राप्त भएको यस योगलाई राजर्शिहरु पनि जान्दथे, तर समयको धेरै अन्तरालसम्म यसको बिकाश भएन र यस जगतमा योगको परम्परा लोप हुन् पुग्यो | हे अर्जुन तिमी मेरा प्रिय भक्त तथा पात्र हौ , त्यसैले त्यही पुरातन परम्परा योग आज मैले यहा तिमीलाई बताए | किनभने यो योग अति उत्तम र रहस्यपूर्ण र गोप्य राख्न योग्य बिषय छ |अर्जुनले बिन्ति गर्दै भन्नुहुन्छ ! हजुरको जन्म अहिले (व्दापरको अन्त्यमा ) भएको छ | तर विव्स्वान अर्थात सुर्यको जन्म भने धेरै अगाडी भएको थियो | कसरि मैले मानौ कि श्रीष्टिको आदिका सूर्यलाई पहिले नै हजुरले योगको बारेमा भनेको कुरा ? भगवान श्रीकृष्णले भन्नु हुन्छ, हे अर्जुन ! मेरो र तिम्रो अनेकौ जन्म बिती सक्यो,म ती सबै जन्मको बारेमा जान्दछु तर तिमी थाहा पाउदैनौ |
अजोअपि संन्नव्ययात्मा भुतानामिश्वरो अपि सन् |
प्रक्रितीं स्वामधिष्ठाय संभवाम्यात्ममायमा ||६||
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत |
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ||७||
परित्राणाय साधुनाम् विनास्हाय च दुष्कृताम् |
धर्मसंस्थापनार्थाय सम्भवानी युगे युगे ||८||
जन्म कर्म च me दिव्य मेवं यो वेत्ति तत्त्वत: |
त्यक्त्वा देहं पुनर्जन्म नेती मामेती सो अर्जुन ||९||
विरतारागभयक्रोधा मन्माया मामुपाश्रिता 😐
बहवो ज्ञानतपसा पूता मद्भावामागता:||१०||
तिम्रो र मेरोयहि अन्तर छ | म जनमा अविनासीस्वरूप हुदा हुदै पनि र समस्त प्राणीहरुको परमेश्वर भएर पनि म् आफ्नो प्रकृतिलाई (दिव्यरुप) अधिनमा राखेर आफ्नो योगमायाको दिव्य योग शक्ति व्दारा प्रकट हुन्छु | हे भरतबंशी अर्जुन, जहिले जहिले धर्मको हानि अधर्मको बृध्दि हुन्छ , तब तब म आफ्नो स्वरूपलाइ प्रकट गर्दछु | अर्थात साकररुपमा यस धरतीमा मनुस्यको सामन्ने अवतरित हुन्छु | साधु सज्जन जनाको रक्षार्थ र उद्दारको लागि, पाप कर्म गर्ने दुष्टहरुको संहारको लागी र धर्मलाई राम्रैसंग स्थापना गर्नको लागि म युग युगमा प्रकट हुन्छु |हे अर्जुन ! मेरो जन्म र कर्म दिव्य एवं अलौकिक छ | यस प्रकार जो मनुष्य मेरो यथार्थ स्वरुपलाई जान्दछ उसले आफ्नो शरीर त्यागेपछि फेरी अर्को जन्म लिनु पर्दैन र मलाइ नै प्राप्त गर्दछ | जो मनुष्य अनन्य प्रेमपूर्वक मेरो आश्रयमा रहने भक्त उपर्युक्त ज्ञान रुप तपबाट पहिले गरिएका राग भय क्रोध नष्ट भै मेरै स्वरुपलाई प्राप्त गरिसकेका छन् |
ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् |
मम वर्त्मानुवर्तन्ते मनुस्या : पार्थ सर्वश :||११||
काङ्क्षेन्त: कर्मणाम् सिध्दिं यजंत इह देवता:|
क्षिप्रम् हि मानुषे लोके सिध्दीर्भवती कर्मजा ||१२||
चातुर्वन्यम् मया सृष्टम् गुणकर्मविभागश: |
तस्य कर्तारमपि मां विध्द्यकर्तारमव्ययम् ||१३||
न मां कर्माणी लिम्पन्ति न मे कर्मफले स्पृहा |
इति मां यो अ भिजानाती कर्मभिर्न स बध्यते ||१४||
एवं ज्ञात्वा कृतम् कर्म पूर्वैरपी मुमुक्षुभी: |
कुरू कर्मैव तस्मात्त्वं पूर्वै: पूर्वतरम् कृतम् ||१५||
भावार्थ :कर्मको फलमा मेरो कुनै तृष्णा वा लालसा छैन त्यसैले मलाइ कर्महरुले लिप्त गर्दैनन् | जसले मलाइ यस प्रकारले जान्दछन त्यो कर्म बन्धनमा बाधिदैन |हे अर्जुन ! जो भक्त जुन प्रकारले मेरो भक्ति भजना गर्दछन , म तिनीहरुलाई त्यसरी नै अपनाउछु | किनकि सम्पूर्ण मनुष्य भक्तजन सबै प्रकारले मेरै मार्गलाइ अनुसरण गर्दछन | यो प्रिथ्विलोकका मनुष्य कर्मको फल तत्कालै प्राप्त गर्न चाहनेहरुको लागि अन्य देवताको पुजन गर्दछन किनकि यसबाट यसको कर्मबाट प्राप्त हुने सिद्दीको फल चाडै नै प्राप्त हुन्छ |गुण कर्मको विभाजन अनुसार ब्राह्मण, क्षत्रिय, वैश्य र सुद्र- चार बर्णहरुमा म व्दारा रचिएको हो |सृष्टि रचनाको कर्मको कर्ता पनि मै नै हुँ | तर पनि तिमीले मलाइ अव्यय अकर्ता नै जानी राख |यस प्रकार जानेर बुझेर नै पहिलेका मोक्ष चाहनेले पनि कर्म गरेका थिए | त्यसैले तिमीले पनि पूर्वजहरुले गर्दै आएका कर्मलाई निरन्तरता देउ | कर्म के हो ? अकर्म के हो ? कर्म अकर्मको बारेमा बिध्दान वर्गले निर्णय गर्न नसकेको त्यस बिषय बस्तु प्रति मोहित अर्थात आकर्षित भएका हुन्छन |
किं कर्म किमकर्मेती कवयोअप्यत्र मोहिता |
तत्ते कर्म प्रवक्ष्यामी यज्ज्ञात्वा मोक्ष्यसेअ शुभात् ||१६||
कर्मणों ह्यपी बोध्दव्यम् बोद्धव्यं च विकर्मण: |
अकर्मणश्य बोध्दयं गहना कर्मणों गति: ||१७||
कर्मन्यकर्म य: पश्येदकर्मणि च कर्म य: |
स बुध्दिमान्मनुश्येषु स युक्त: कृत्स्नकर्मकृत् ||१८||
यस्य सर्वे समारम्भा: कामसंकल्पवर्जिता: |
ज्ञानाग्नीदग्धकर्माणाम् तमाहू: पण्डितं बुधा: ||१९||
त्यक्त्वा कर्मफलासंग नित्यतृप्तो निराश्रय: |
कर्मन्यभिप्रवृत्तोअपि निव किन्चित्करोती स:||२०||
भावार्थ : त्यसैले म् तिमीलाई कर्म के हो भनि बताउने छु , जसबाट तिमि अशुभ वा स्संसारिक कर्म बन्धनबाट मुक्त हुने छौ | असल, राम्रो कर्म र खराब वा नराम्रो कर्मको बारेमा जान्नु र बुझ्नु पनि पर्दछ |अकर्म अर्थात् कर्म नगरिकन चुपचाप बस्ने क्रियाको स्वरुप पनि थाह पाउनु पर्छ | त्यसैले कर्मको भेद थाहा पाउन ज्यादै कठिन छ |जो कर्ममा अकर्म वा कर्मको अभाब देख्दछ अनि अकर्मलाई कर्म देख्दछ | सम्पूर्ण कर्म गर्ने गराउने पनि त्यहि अर्थात परमेश्वर हो भनि बुझदछ त्यहि मनुष्य नै बुद्धिमान हो | सम्पूर्ण आरम्भ गरिएका कर्महरु कामना र संकल्परहित छन् समस्त शुभ शुभाशुभ कर्महरु ज्ञानरुपी अग्निव्दारा जलेर भाषम भएका छन् | त्यस्तो महापुरुषलाई ग्यानिजन बुध्दिमान पण्डित भन्ने गर्दछन |जो पुरुष कर्म र कर्मफलको आसक्तिलाई त्यागेर कसैको आश्रयबात रहित हुन्छ र सदा सन्तुष्टि भै नित्य तृप्त रहन्छ, त्यो पुरुष कर्ममा पुरै संलग्न रहेर पनि बन्धनमा पर्ने पर्ने केहि कर्म गरिरहेको हुदैन |
निराशिर्यतचित्तात्मा त्यक्तसर्वपरिग्रह: |
शरीरं केवलं कर्म कुर्वन्नाप्नोप्ति किल्बिषम् ||२१||
यद्रिच्छालाभसंतुष्टो व्दंव्दातितो बिमत्सर : |
सम: सिध्दावसिध्दौ च क्रित्वापी न निबध्यते ||२२||
गतसँगस्य मुक्तस्य ज्ञानवस्थितचेतास: |
यज्ञायाचरत: कर्म समग्रं प्रविलियते ||२३||
ब्रह्मार्पण ब्रह्म हविर्ब्राह्माग्नौ ब्राह्मणा हुतम |
ब्रह्मैव तेन गंताव्यं ब्रह्मकर्म समाधिना ||२४||
दैवमेवापरे यज्ञम् योगिन: पर्युपासते |
ब्रह्माग्नावपरे यज्ञम् यग्येनैवोपजुह्वती ||२५||
भावार्थ: जो पुरुष आशारहित छ, जसले आफ्नो चित्त र आत्मालाई वश गरेको छ र सम्पूर्ण परिग्रह उपभोग्य सम्पदा त्यागिसकेको छ, त्यस्तो पुरुषले केवल शरीर धान्नको लागि मात्र गरिने फलासक्तिराहित शारीरिक कर्म गर्दा कुनै पाप वा अनिष्टरुप प्रतिफल पाउदैन | आश नगरी संयोगवश प्राप्त भएको बस्तुमा सन्तुष्ट रहन्छ | जसमा डाह इर्श्या पाइदैन सुख दुख सम भाव व्दंदबाट मुक्त छ जो कार्य सिध्दी वा असिध्दी दुबैमा समभाव राख्दछ | यस्ता पुरुष कर्म गरेर पनि कर्म बन्धनमा पर्दैन | जो मनुस्यको चित्त ज्ञानमा अबस्थित भएको छ | त्यस्ता व्यक्तिहरुको अभिमान सुन्य मुक्तात्मा भै सबै कर्महरु बिलिन हुन् पुग्दछ | यज्ञमा अर्पण गर्न लागिएका द्रब्य, सुरो , कर्ता र अग्नि सबै ब्रह्म हुन्, ब्रह्म रुप ब्राह्मण ब्रह्मरुप कर्ममा समाधिस्त भइ गरिएको कर्मले पाउन पर्ने फल पनि ब्रह्मस्वरूप हुन्छ | कोइ योगिजन परमेश्वरको उपासना भावले यज्ञ अनुष्ठान गर्दछन भने केहि ब्रह्म्बेत्ता ज्ञानीजनहरुले ब्रह्म् रुप अग्निमा आत्मरुप यज्ञलाइ हवन गर्दछन र परमात्मामा एकाकार हुन्छन |
श्रोत्रादिनिन्द्रीयान्यन्ये सम्यमाग्निशु जुव्हती |
शब्दादीन्विशयानान्य इन्द्रियाग्निशु जुव्हती ||२६||
सर्वाणीन्द्रियकर्माणी प्राणकर्माणी चापरे |
आत्मसम्यमयोगान्गौ जुव्हती ग्यान दिपिते ||२७||
द्रव्ययज्ञास्तपोयज्ञा योगयाज्ञास्तथापरे |
स्वाध्यायज्ञाश्च यतय: संग्शिताव्रता : ||२८||
अपाने जुव्हती प्राणं प्रानेअपानम् तथापरे |
प्राणापानागतिरुदध्वा प्राणायामपारायाणा :||२९||
अपरे नियताहारा : प्राणान्प्राणेशु जुव्हती |
सर्वेअप्येते याग्यबोदो यज्ञक्षपितकल्मषा : ||३०||
भावार्थ : केहि योगिजनहरु श्रोत्र आदि सम्पूर्ण इन्द्रीयहरूको संयमरुप अग्निमा हवन गरेका हुन्छन | अर्काकाले योगीहरू शब्दादी सम्पूर्ण बिषयहरुको इन्द्रियरुप अग्निमा हवन गर्दछन | अर्काथरी योगिजन इन्द्रियहरुको सम्पूर्ण कर्मको र प्राणको सम्पूर्ण क्रियाहरुको ज्ञानबाट प्रदीप्त आत्मसंयम योगरुप अग्निमा हवन गर्दछन | (सच्चिदानन्द परमात्मा भन्दा अरु कसैलाई चिन्तन न गरि यी इन्द्रिय र कर्मको हवन गरेका हुन्छन ) | केहि पुरुष धन सम्पति सम्बन्धि यज्ञ गर्ने खाले हुन्छन कति जनहरु तपस्यारूप यज्ञ गर्ने खाले हुन्छन | कतिपय योगरुप यज्ञ गर्ने खाले हुन्छन भने कतिपय जनहरु अहिंसादि तीक्ष्ण ब्रतसंगत यत्नशील स्वध्यायरूप ज्ञानयज्ञ गर्नेखाले हुन्छन | अर्काखाले कतिपय योगिजनहरु अपानवायुमा प्राण वायुलाइ हवन गर्दछन त्यसै पनि केहि योगिजन प्राणवायुमा अपांवायुलाइ हवन गर्दछन र अन्य कयौ नियमित भोजन गर्ने पुरुष प्राणायाम परायण व्दारा प्राण र अपां गतिलाई रोकेर प्राणलाइ प्राण मा हवन गर्दछन | यी सबै साधक उल्लेखित यज्ञोव्दारा पापलाई नाश गर्ने वाला र यज्ञको महत्व जान्नेवाला हुन् |
यज्ञशिष्टामृतभुजो यान्ती ब्रह्म सनातनम् |
नायं लोकोअस्त्ययज्ञस्य कुतोअन्य: कुरुसत्तम ||३१||
एवं बहुविधा यज्ञा वितता ब्रह्मणों मुखे |
कर्मजान्विध्दी तान्सर्वानेवं ज्ञात्वा विमोक्ष्यसे ||३२||
श्रेयान्द्रव्यम याध्यज्ञाज्ज्ञानयज्ञ : परन्तप |
सर्वं कर्माखिलं पार्थ ज्ञाने परीसमाप्यते ||३३||
तव्दिध्दी प्रणीपातेन परिप्रश्नेन सेवया |
उपदेक्ष्यन्ति ते ज्ञानम् ज्ञानीनस्तात्त्वदर्शिन:||३४||
यज्ज्ञात्वा न पुनर्मोहमेवं यास्यसी पाण्डव |
येन भुतान्यशेषेण द्रक्ष्यस्यात्मन्यथो मयी ||३५||
भावार्थ: हे कुरूक्षेत्र अर्जुन ! यज्ञबाट बचेको अमृतको अनुभव गर्ने योगिजनहरु पर्ब्रह्म परमात्मालाइ प्राप्त गरेका हुन्छन | यज्ञ नगर्ने मनुष्यको लागि त मनुष्य लोकमा पनि सुखदायक हुदैन भने परलोक कसरि शुखादायक हुन् सक्छा ? यस्तै प्रकारका यज्ञबेदको बाणीमा सविस्तार भनिएको छ | ति सबै तिमीले मन इन्द्रिय, र सरिराको क्रियाव्दारा सम्पन्न हुने कुरा जान, या तत्व जानेर यसको अनुष्ठानव्दारा तिमि कर्मबंधनबात मुक्त हुने छौ | हे परमतप अर्जुन ! द्रव्यमय यज्ञको भन्दा ज्ञानयज्ञ अन्त्यन्त श्रेष्ठ हुन्छ, अर्थात सम्पूर्ण कर्म ज्ञानमा समाप्त हुन् जान्छ | त्यस ज्ञानलाइ तिमीले तत्वदर्शी ज्ञानीजानको समिप गएर बुझ, उनलाई प्रणाम गरि सेवा गरेर कपट घमण्ड छोडेर सरलता पुर्वकप्रश्न गरेसी ति ज्ञानी महात्माले तिमीलाई तत्वज्ञानको उपदेश दिनेछन |यी कुराहरुलाई जानेपछी हे अर्जुन तिमीले यस प्रकारका मोहमा पर्ने छैनौ | हे अर्जुन ज्ञानव्दारा निशेष भावले सम्पूर्ण प्राणीलाई सर्बप्रथम आफ्नो अन्तरात्मामा देख्ने छौ | ततपश्चात म वासुदेव सच्चिदानन्दघन परमात्माको रुपमा देख्ने छौ |
अपिचेदासी पापेभ्य:सर्वेभ्य: पापकृत्तम 😐
सर्ब ज्ञानप्लवेनैव वृजिनं सन्तरिश्यसी ||३६||
यथैधांसी समिध्दो अग्निर्भस्मसात्कुरुतेअ र्जुन् |
ज्ञानाग्नी: सर्वकर्माणी भस्मसात्कुरुते तथा ||३७||
न हि ज्ञानेन सदृशम् पवित्रमिह विद्धते |
तत्स्वयं योगसंसिध्द: कालेनात्मानी विन्दति ||३८||
श्रध्दावान्ल्लभते ज्ञानं तत्पर: संयतेंद्रिय: |
ज्ञानं लब्ध्वा परां शान्तिमचिरेणाधिगच्छती ||३९||
अज्ञछ्षाश्रद्दधानश्च संशयात्मा विनश्यति |
नायं लोकोअस्ती न पारो न सुखं संशयात्मन: ||४०||
योग सन्न्यस्तकर्माणम् ज्ञानसंछिन्नसंशयम् |
आत्मवन्तं न कर्माणी निबन्धन्ति धनन्जय ||४१||
तस्मादज्ञानसम्भुतं ह्रीत्स्थं ज्ञानासिनात्मन: |
छित्त्वैनं संशयम् योगमातिष्ठोत्तिष्ठ भारत ||४२||
भावार्थ: जिमात्मा र परमात्माको एकत्वभावको अनुभूत गर्ने छौ | हे अर्जुन ! यदि तिमि सम्पूर्ण पापीहरु भन्दा बढी पाप गर्ने वाला छौ भने पनि निश्चयनै ज्ञानरुपी डुंगाबाट सबै पापरुपी क्लेश्मय समुन्द्रबाट तर्न सक्ने छौ |हे अर्जुन ! जसरि दन्किरहेको अग्निले सबै किसिमका बस्तु र इन्धन जलाएर भष्म बनाउन सक्दछ | त्यसरी नै ज्ञानरूप अग्निले सबै कर्म बासनाका पापहरुलाई जलाएर भष्ममय पार्दछ | यस संसारमा ज्ञानसमान पवित्र निसन्देह अरु केहि छैन |जसले कर्मयोगव्दारा सिध्दी प्राप्त गरि शुध्दकारण भएको व्यक्तिले आफ्नो ज्ञानले स्वत: आफ्नो आत्मा साक्षात्कार भएको अनुभूति गर्दछ | इन्द्रीय नियन्त्रित बिषय बिकारबाट निबृत र ज्ञान प्राप्तिको साधना परायण श्रध्दावान व्यक्तिले मात्र ज्ञान प्राप्त गर्न सक्दछ | त्यस्ता व्यक्ति मात्रै तत्कालै भागवत प्राप्ति परम शान्ति प्राप्त गर्न सक्दछ | विवेकहीन, श्रध्दारहित र शंकालु व्यक्ति परमार्थबाट भ्रष्ट हुन् जान्छ | यस्ता ससंकित प्रकृतिका मनुस्यको लागि न यो संसार छ, न त परलोक नै छ र शुख र आनन्द नै पाउन सक्दछ |हे धनन्जय ! जसको योगव्दारा समस्त कर्महरूलाई परमात्मामा समर्पण गरेका हुन्छन र ज्ञान र बिबेकव्दारा समस्त संशय र शंकालाइ नष्ट भएका छ यस किसिमको जितेंद्रिय आत्मवान व्यक्तिलाइ कर्महरुले बन्धन पार्न सक्दैन | त्यसै कारण हे भारतबंशी अर्जुन ! तिम्रो हृदयमा अबस्थित अज्ञानरुपी आफ्नो शंका संशयलाइ विवेक ज्ञानरुप तरवारले काटेर फाल | अत: कर्मयोगमा स्थित रहेर संशयरहित भै युध्दको लागि खडा भएर उठ !
ओम तत्स दिती श्रीमद् भगवद् गीतासुपनिषत्सु ब्रह्म बिध्यायां योगशास्त्रे श्री कृष्णार्जुन सम्बादे ज्ञान-कर्म- संयास्योगो नाम चतुर्थोअध्याय : |