शान्ताकारम भुजकसयम पद्मनाम सुरेसम
विश्वाधारम गगन सदृश्यम मेघ बर्णम सुभान्गम
लक्ष्मिकान्तं कमलनयनम योगिर्भिन्दा नगम्यम
बन्दे बिष्णु भवहरम सर्बलोकै नाथकम
अर्जुन उवाच
ज्यायसि चेत्कर्मंणस्ते मता बुध्दिजनार्दन |
तक्तिम कर्मणि घोरे मां नियोजयसी ||१||
व्यामिश्रेणेव वाक्येन बुध्दिं मोहयसिव मे |
तदेकं वद निश्चित्य एन श्रेयोअहमा पुन्याम ||२||
श्री भगवानुवाच
लोकेअस्मिन्व्दीविधा निष्ठा पुरा प्रोक्ता मयानघ |
ज्ञानयोगेन सांख्यानां कर्मयोगेन योगिनाम् ||३||
न कर्मणामनाराम्भान्नैष्कम्यं पुरुषोअश्रुते |
न च सन्न्यसनादेव सिध्दिं समधिगच्छति ||४||
न हि कश्चीत्क्षणमपी जातु तिष्ठत्यकर्मकृत |
कार्यते ह्यवश: कर्म सर्व: प्रकृतिजैर्गुनै: ||५||
अर्थ: अर्जुनले भन्दछन हे जनार्दन यदि कर्म भन्दा ज्ञान नै सर्वश्रेष्ठ छ भने मलाइ किन भयानक युध्दकर्म गर्न लगाउनुहुन्छ ? तपाइँका सम्मोहन बचनले मलाइ भ्रमित बनाएको छ, त्यसैले निश्चय गरेर भन्नु होस् कि जुन कार्य गर्दा मेरो कल्याण होओस | तत्पश्चात श्रीकृष्ण भगवानले भन्नुभयो, हे निष्पाप अर्जुन ! यो लोकमा दुइ प्रकारका निष्ठाधारी व्यक्ति हुन्छन एक हुन्छन ज्ञानी जो ज्ञान योगबाट स्वयंमा मनन गर्ने र अर्का निष्काम कर्म योगबाट कर्म गर्ने | कुनै पनि मार्गको अनुसार कर्मको स्वरुपलाई त्याग्न आबस्याकता छैन, किनभने मनुस्यले कर्मलाई नगरेर न त निश्कर्मता प्राप्त हुन्छ र न त कर्मलाइ त्याग गरेर मात्र भगवान नै साक्षात्कार बन्ने सिध्दी प्राप्त हुन्छ | किनकि कुनै पनि मनुष्य कर्मलाई त्याग गर्नै सक्दैन किनकि मनुस्यले कुनै समयको क्षणमा पनि कामै नगरी रहन सक्दैन, प्रकृतिको गुणबाट नियन्त्रित भै कर्म गर्दछन |
कर्मेन्दीयाणी संयम्य य आस्ते मनसा स्मरण |
इन्दियार्थान्विमुढात्मा मिथ्याचार: स उच्यते ||६||
यस्त्वीन्द्रियाणी मनसा नियम्यारभतेअर्जुन |
कर्मेन्द्रियै: कर्मयोगमसक्त: स विशिष्यते ||७||
नियतं कुरू कर्म त्वं कर्म ज्यायो ह्यकर्मण: |
शरिरयात्रापी च ते न प्रसिध्दयेदकर्मण: ||८||
याज्ञार्थात्कर्मनोअन्यत्र लोकोअयं कर्मबन्धन: |
तदर्थं कर्म कौन्तेय मुक्तसंग: समाचर ||९||
सहयज्ञा: प्रजा: सृष्टवा पुरोवाच प्रजापति : |
अनेन प्रसविष्यव्धमेष वोअस्त्विष्ट कामधुक् ||१०||
अर्थ: कोइ कसैले कर्मेंद्रियहरुलाई हठ गरेर रोकी इन्द्रियको भोगको मनले चिन्तन गरिरहेका हुन्छन त्यस्ता मुढबुध्दी मनुष्यलाइ मिथ्याचारी र दम्भी भनिन्छ | हे अर्जुन ! जो मनुस्यले इन्द्रियाहरुलाई नियन्त्रित गरेर अनासक्त भै कर्मैन्द्रियाहरुले कर्मयोगको आचरण गर्दछन ती मनुष्य श्रेष्ठ हुन् | त्यसैले शास्त्रबिधि अनुसार नियमन गरे मुताबिक स्व धर्म रुप कर्मलाई गर, कर्म नगर्नु भन्दा कर्म गर्नु श्रेष्ठ हुन्छ | कर्म नगरेमा तिम्रा शरीर निर्वाह शिध्द हुने छैन | हे अर्जुन ! बन्धनको डरले पनि कर्मलाइ त्याग गर्नु पनि उपयुक्त हुदैन, किन भने यज्ञ निमित्त गरिएको कर्म बाहेक अन्य कर्ममा लागेको मनुष्य कर्म व्दारा बाधिन्छन |त्यसैले हे अर्जुन आसक्ति रहित परमेश्वरलाइ समर्पित गरि भलाइको आचरण गर | कर्म नगर्नु पनि तिमीले पापमा पर्नु हो किनकि ब्रह्माले यज्ञ सहित प्रजाको रचना गरि यस यज्ञ व्दारा नै तिमीहरुको बृध्दि र इच्छा पूर्ति कामना दिनेवाला हुन्छन |
देवान्भावयतानेन ते देवा भावयन्तु व : |
परस्परं भावयन्त : श्रेय; परमवाप्स्यथ ||११||
इष्टानन्भोगान्ही वो देवा दास्यन्ते यज्ञभाजिता: |
तैर्दत्तानप्रदायेभ्यो यो भुन्क्ते स्तेन एवं स: ||१२||
यज्ञशिष्टाशिन: सन्तो मुच्यन्ते सर्वकिल्बिषइ : |
भुन्जते ते त्वघं पापा ये पचन्त्यात्मकारणात् ||१३||
अन्नाभ्दवन्ति भुतानी पर्जन्यादन्नसम्भव: |
यज्ञाभ्दवती पर्जन्यो यज्ञ: कर्मसमुभ्दव: ||१४||
कर्म ब्रह्मोभ्दवं विध्दी ब्रह्माक्षरसमुभ्दवम् |
तस्मात्सर्वगतम् ब्रह्म नित्यं यज्ञे प्रतिष्ठितम् ||१५||
अर्थ:त्यसैले तिमीहरुले यज्ञ व्दारा देवताको आराधाना गर, देवताले तिमीहरुको उन्नति गर्ने छन् | यस प्रकार आपसमा कर्तब्य सम्झी उन्नति गर्दै परम कल्याण प्राप्त हुने छ |यज्ञ कर्मव्दारा देवताको स्मृतिले देवताले बिना मागे प्रिय भोग प्रदान गर्ने छन् | त्याग बिनाको कर्म बाट प्राप्त भोग गर्ने मनुष्य चोर समान हो | यज्ञबाट बचेको अर्थात परमेश्वरलाई अर्पेरमात्र अन्नलाइ खाने मनुष्य श्रेष्ट पुरुष हो, जुन पापबात मोक्ष पाउछन र जसले सरिर पोषण कै लागि मात्र पकाउने खाने मात्र गर्दछन् ती व्यक्तिहरुले पापलाई नै खाएका हुन्छन | किनकि सम्पूर्ण प्राणि अन्नबाटै उत्पन्न भै जीवित भएका हुन्छन, अन्न वृष्टिअर्थात बर्षा बिना अन्नको उत्पति हुदैन र यज्ञ कर्म बिना बर्षा हुदैन, यो कर्म बिधि बेदबाट उत्पन्न भएको हो | बेद परमेश्वरबाट उत्पत्ति भएको हो, बेदका सार सर्वव्यापी अक्षरहरुमा परमात्मा सदैव यज्ञबाटै प्रतिष्ठित हुनुहुन्छ |
एवं प्रवर्तितं चक्रं नानुवार्तयतिह: य: |
अधायुरिन्द्रियारामो मोघं पार्थ स जीवति ||१६||
यस्त्वात्मरतिरेव स्यादात्मतृप्तश्च मानव: |
आत्मन्येव वह सन्तुष्टस्तस्य कार्य न विद्धाते ||१७||
निव तस्य कृतेनार्थो नाकृतेनेह कश्चन |
न चास्य सर्वभुतेषू कश्चीदर्थवेपाश्रय : ||१८||
तस्मादसक्त सततं कार्य कर्म समचर |
असक्तो ह्याचरंनकर्म परमाप्नोति पुरुष ||१९||
कर्मनैव हि सम्सिध्दिमास्थिता जनकादय 😐
लोकसंग्रहमेवापी सम्पश्यन्कर्तुमर्हसी ||२०||
भावार्थ : हे अर्जुन ! परम्परा अनुसार र शास्त्र अनुरुप सृष्टिचक्रलाई अनुशरण गर्दैन र कर्तव्यपथमा चल्दैन, इन्द्रियाव्दारा बिशयाभोगको लम्पट भै पापमय जिबन व्यर्थमा बाचेको गरेको हुन्छ | तर जो आत्म ज्ञानी महापुरुष आत्मस्वरुपमै आनन्द रही आत्म स्वरुपमा तृप्त रहन्छ भने उक्त पुरुषका निम्ति गर्नु पर्ने कर्तब्य बाकि हुदैन | किनभने यस संसारमा त्यस्ता आत्मज्ञानी महापुरुषले न त कुनै कर्म गरेबाट कुनै प्रयोजन हुन्छ ,न कुनै कर्म नगरेबाट उसको हानि वा अनर्थ नै हुन्छ , यस्ता पुरुषलाइ भविष्यमा हुने कुनै स्वार्थको अभिलाषा र सम्बन्ध हुदैन र यस्ता पुरुषले लोक कल्याण हेतु मातै कर्म गरेका हुन्छन |त्यसकारणले हे अर्जुन तिमि अनासक्त निरन्तर कतब्य कर्म गर्दै जाउ , निश्चयनै फलको इच्छा नराख्ने व्यक्ति स्व कर्म गर्दा गर्दै मोक्ष्य रुप परमापद प्राप्त गर्ने छ | जनकादी ज्ञानी पुरुषहरुले आसक्तिरहित कार्य गरेर नै परम सिद्धि प्राप्त गरे |त्यसैले लोकसंग्रहलाइ हेरेर विचारेर timi कर्म गर्न योग्य छौ, त्यसैले लोकलाई शिक्षा दिनकै लागि पनि उचित कर्म गर्ने पर्दछ |
यद्यदताचरती श्रेष्ठस्तत्तदेवेतरो जन |
स यत्प्रमाणम् कुरुते लोकस्तदनुवर्तते ||२१||
न मे पार्थास्ति कर्तव्यं त्रिषू लोकेषू किन्चन |
नानवाप्तमवाप्तव्यं वर्त एव च कर्मणि ||२२||
यदि ह्यहं न वर्तेयं जातु कर्मन्य तन्द्रित: |
मम वर्त्मानुवर्तन्ते मनुष्या: पार्थ सर्वश: ||२३||
उत्सिदेयुरिमे लोका न कुर्यां कर्म चेदहम |
संकरस्य च कर्ता स्यामुपहन्यामिमा: प्रजा:||२४||
सक्ता: कार्मान्य विव्दान्सो यथा कुर्वन्ति भारत |
कुर्याव्दीव्दिन्स्तथासक्तश्चिकिर्षुलोकसंग्रहम ||२५||
भावार्थ : श्रेष्ठ पुरुषले जे जस्तो आचरण वा काम गर्दछन त्यसैको अनुसरंगर्दै साधारण पुरुषले पनि त्यहि आचरण गर्दछन | त्यसैले श्रेष्ठ पुरषले राम्रा काम को आदर्शलाई स्थापित गर्दछ |साधारण जनसमुदाय पनि त्यसैको अनुसरण गर्दछन | यदि मैले कर्तब्य कर्म गर्न छोडिदिए भने यी सबै लोक नष्ट भ्रष्ट्र हुनेछ | अनि म् अव्यवस्थित जीवन उय्पन्न गर्ने वर्ण शंकरको कर्ता वा कारक हुने छु समस्त प्रजाको विनासक हुने छु | पार्थ यदि म आलस्यरहित भै कदाचित कर्तब्य कर्ममा लागिन भने ठुलो अनर्थ हुने छ | किनकि सबै मनुष्य मेरै मार्गलाई अनुसरण गर्ने छन् |त्यसैले यदि मैले कर्तब्यकर्म छोडिदिए भने सबै मनुष्य नष्ट भ्रष्ट हुने छन् र अब्यबस्थित जिबन उत्पन्न गर्ने वर्ण शंकरको कर्ताको कारक भै समस्त प्रजाको बिनासक बन्ने छु | हे भरत बंशीय अर्जुन ! कर्ममा आसक्त भएका अज्ञानी मनुष्य जुन प्रकारका कर्म गरेका हुन्छन भने ज्ञानी मनुष्य आसक्तिरहित लोकहित समाज कल्याण बनाइराख्ने निष्काम कर्म गर्ने हुन्छन |
न बुध्दिभेदं जन्यदज्ञानाम् कर्मसंगीनाम् |
जोषयेत्सर्वकर्माणी विध्दान्युक्त: समाचरन् ||२६||
प्रकृते: क्रियमाणानि गुनै: कर्माणी सर्वश: |
अहंकारबिमूढाटमा कर्ताहमिति मन्यते ||२७||
तत्ववित्तु महावाहो गुणकर्मविभागयो: |
गुणा गुणेषु वर्तंन्त इति मत्वा न सज्जते ||२८||
प्रकृतेर्गुणसम्मुढा: सज्जन्ते गुणकर्मेसु |
तान्कृत्स्नविदो मन्दान्कृत्स्नविन्न विचालयेत ||२९|
मयी सर्वाणी कर्माणी सन्न्यस्याध्यात्मचेतासा |
निराशीर्निर्ममो भुक्ता युध्यस्व विगतज्वर: ||३०||
भावार्थ : परमात्ममा समाहित चित्त भएको ज्ञानी पुरुष आसक्ति र अज्ञानीहरुको बुध्दिमा भ्रम वा विचलन पैदा नगराओस र उनीहरुले स्वयम शास्त्रविदित समस्त कर्म सम्पन्न गर्दै अरुलाई पनी सोहि मुताविक कर्म गर्न लगाओस | सबै प्रकारका प्रकृतिका गुण सत्व, रज, तम गुणहरुव्दारा समस्त कर्महरु गरिएका हुन्छन | तरपनि जसको अन्तस्करण अहंकारको भावनाले मोहित भएको हुन्छ यस्तो अज्ञानी व्यक्ति प्रकृतिका गुणहरु व्दारा गरिएको कर्महरुको कर्ता म नै हुँ भन्ने ठान्दछ |हे शक्तिशाली बाहु भएका अर्जुन ! गुण विभाग र कर्म विभागको तत्व रहस्य जान्ने ज्ञानी पुरुष प्रकृतिका सबै गुणहरु आ-आफ्नो बिषयगत गुणहरुमा संलग्न हुन्छन भन्ने ठानेर आसक्त हुदैनन् |प्रकृतिका गुणहरुबाट अत्यन्त मोहित भएका व्यक्तिहरु गुणका कर्महरुमा ज्यादै आसक्त हुने गर्दछन |सबै कुरा राम्ररि नबुझेका मन्दबुध्दी भएका अज्ञानी पुरुषलाइ सर्बज्ञानी पुरुषले भ्रम र विचलनमा नपार |
भगवान श्री कृष्ण अर्जुनलाई आज्ञा गर्नु हुन्छ – हे अर्जुन आत्मामा स्थिर भएको चेतना र अध्यात्म बुध्दिले समस्त कर्महरु फल प्राप्ति र आशा नराखी म् मेरो भन्ने भावना त्यागेर निश्चिन्त भएर म ( श्री कृष्ण ) मा समर्पण भै युध्द गर |
ये मे मतमिदं नित्यमनुतिष्ठन्ति मानवा: |
श्रध्दावन्तो अ नसूयन्तो मुच्यन्ते तेअपि कर्ममि : ||३१||
ये त्वेतदभ्यसूयान्तो नानुतिष्ठन्ति मे मतम् |
सर्वज्ञानविमुढान्स्तान्विध्दी नष्टानचेतस: ||३२||
सद्रीशं चेष्ठते स्वस्या:प्रकृतेर्ज्ञानवानपि |
प्रकृतिं यान्ति भुतानी निग्रह : किं करिष्यति ||३३||
इन्द्रियस्येन्द्रिय स्यार्थे रागव्देशौ व्यवस्थितौ |
तयोर्न वशमागच्छेत्तौ ह्यास्य परिपन्थिनौ ||३४||
श्रेयान्स्वधर्मो विगुण: परधार्मात्स्वनुष्ठीतात् |
स्वधर्मे निधनं श्रेय: परधर्मो भयावह : ||३५||
भावार्थ: जो मनुष्य कुनै व्देष रिस राग नलिई श्रध्दा विश्वास युक्त भै मेरो मत (भनाइ ) सदा अनुसरण गर्दछन तिनीहरु सदा सम्पूर्ण कर्मबंधनबाट मुक्त हुने छन् | परन्तु जो मानिस मप्रति इर्श्या गरि दोषारोपण गरि मेरा उपदेशको पालना गर्दैनन् समस्त ज्ञानमा अज्ञानी भएका मनुष्यको नास हुने छ |ज्ञानी बिध्दान पुरुस पनि आफ्नो स्वभाव अनुरुप नै आचरण (कर्म) गर्दछन | समग्र प्राणीहरु प्रक्र्रितिमा नै प्राप्त हुन्छन, स्वभाव अनुरुप कर्म गर्दछन, त्यसैले कसैको दमनले वा हठले के गर्न सक्छ र ? सबै इन्द्रियाहरुको शब्दादिबिषयमा राग व्देष स्थित छन्. त्यसैले कुनै पनि मनुष्य राग व्देषको वशमा नपरोस, यस्ले मनुश्यको कल्याण मार्गमा बिघ्न गर्ने ठुला सत्रु हुन् |राम्रो आचरणबाट पालना गरिएको अरुको धर्म भन्दा थोरै गुण भए पनि आफ्नो धर्म अतिउत्तम छ |आफ्नो स्वधर्ममा रहेर मर्नु पनि कल्यानाकारक नै हुन्छ र अरुअको धर्ममा भयादायक हुन्छ |
अर्जुन उवाच
अथ केन प्रयुक्तोअयं पापं चरति पुरूष: |
अनिच्छन्नपी वाष्र्णेय बलादिव नियोजित:||३६||
श्रीभगवानुवाच
काम एष क्रोध एष राजोगुणसमुद्भव : |
महाशनो महापाप्मा विध्दयेनमिह वैरिणं ||३७||
धूमीनावृयाते वन्हीर्यथादर्शो मलेंन च |
अथोल्वेनावृतो गर्भस्तथा तेनेदमावृतम ||३८||
आवृतं ज्ञानमेतेन ज्ञानिनो नित्य वैरिणा |
कामरुपेण कौन्तेय दुष्पूरेणानलेन च ||३९||
इन्द्रियाणीमनो बुध्दीरस्याधिष्ठानमुच्यते |
एतैर्विमोहयत्येष ज्ञानमावृत्य देहिनम् ||४०||
भावार्थ : अर्जुनले बिन्ति गर्दछन, हे कृष्ण ! किन मनुष्यले आफुले नचाहदा न चाहदै बलात जबरजस्ती नियोजित गरेको जस्तै पापका आचरण गरेका हुन्छन ? भगवान श्री कृष्ण भन्नु हुन्छ राजोगुन बाट उत्त्पन्न काम वासना नै क्रोध हो | यो खन्चुवा वा बिशयभोगबात कहिले नघाउने मनुष्य पापी हुन् भनेर यसैलाई तिमीले सत्रु हुन् भनि जानी राख ! जसरी प्रकाशमय अग्नि आफैबाट निस्केको अन्धकाररुपी धुँवाले ढाकिएको हुन्छ ,जसरी एनालाई धुलोले ढाकिएको हुन्छ, जसरि गर्भलाई सालले ढाकिएको हुन्छ, त्यसरीनै ज्ञान पनि कामवासनाव्दारा ढाकिएको हुन्छ |हे अर्जुन ! अग्नि समान कहिले तृप्ति नहुने वाला कामरूप अतृप्त भैरहने ग्यानिहरुको लागि नित्य सत्रु भै मानिसमा ढाकिरहेको हुन्छ | मन बुध्दी इन्द्रियहरु कामवासनाका बासस्थान हुन् | यी काम बासना, काम ब्रितीले मन, बुध्दी, इन्द्रियहरुको माध्यमव्दारा जीवात्माको ज्ञानलाइ अन्धकारमय बनाएर आच्छादित गर्दछ यसले जीवात्मालाइ मोहित पार्दछ |
तस्मात्त्वमिन्द्रियाण्यादौ नियमि भरतर्षभ |
पाप्मानं प्रजहि ह्येनं ज्ञानविज्ञान नाशनम ||४१||
इंद्रियाणी पराण्याहुरिन्द्रियेभ्य: परं मन: |
मनसस्तु पराबुध्दिर्यो बुध्दे: परसस्तु स: ||४२||
एवं बुध्दे: परम् बुद्ध्वा संस्तभ्यात्मानमात्मना |
जही सत्रुं महाबाहो काम रुपम् दुरासदम् ||४३||
भावार्थ: त्यसैकारण भरतबंशमा श्रेष्ठ अर्जुन ! तिमीले सबभन्दा पहिले इन्द्रियाहरुलाई वशमा राख र अनि ज्ञान र बिज्ञान दुबैको बिनाशक पापी काम भावनालाई नष्ट गर | ग्यानिजनाहरु इन्द्रियहरुलाई स्थुल सरिर भन्दा पर अर्थात श्रेष्ठ ,बलवान र सुक्ष्म ठान्दछन, मन इन्द्रिय भन्दा पनि ज्यादै पर छ | मन भन्दा पर(श्रेष्ठ) बुध्दी छ | बुध्दी भन्दा पनि ज्यादै पर छ , त्यो आत्मा हो | यस प्रकार बुध्दी भन्दा पर सुक्ष्म एवं श्रेष्ठ आत्मालाई जानेर शुध्दी बुध्दी व्दारा मन अहंकार लाइ रोकेर, स्थिर गरेर हे अर्जुन अन्त्यन्त दुराजय र दुरा साध्य काम रुप सत्रुलाई जितेर दमन गर |
ओम तत्सदिती श्रीमद्भगवद्गितासूपनिषत्सु ब्रह्मविध्यायां योगशास्त्रे श्री कृष्णार्जुनसंवादे कर्मयोगो नाम तृतियोअध्याय :।।