
संजय उवाच
तं तथा कृपयाबिष्टमश्रुपुर्णाकुलेलक्षणम् |
विषिदन्तमिदं वाक्यमुवाच मधुसुदन: ||१||
श्री भगवानुवाच
कुतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम् |
अनार्यजुष्टमस्वर्ग्यमकिर्तिकरमर्जुन ||२||
ल्कैब्यं मा स्म गम: पार्थ नैतात्त्वय्युपपध्यते ||३||
अर्जुन उवाच
कथं भिष्ममहं संख्ये द्रोणम् च मधुसूदन |
इषुभी: प्रतियोत्स्यामी पूजार्हावरिसूदन ||४||
गुरुनहत्वा हि महानुभावान्
श्रेयो भोक्तुं भैक्ष्यमपिह लोके |
हत्वार्थ कामांस्तु गुरुनीहैव
भुन्जीय भोगांरुधिरप्रदिग्धान्||५||
अर्थ :संजयले भन्दछन उपरोक्त प्रकारबाट करुनायुक्त, आखामा आशु संगै व्याकुल भएका अर्जुनलाई भगवान मधुसुदन अर्थात कृष्णजीले यस्तो बचन भंदंछन | हे अर्जुन तिमि यस्तो विषम स्थलमा आएर यो अज्ञानता के अभिप्रायले गरिराखेका छौ ? किनभने यो कुरा यो बेलामा श्रेष्ठ पुरुषको आचरणले त गर्दैनन् , न यस्ले तिमीलाई स्वर्ग दिन्छ न त किर्ति नै दिन्छ | त्यसैले हे अर्जुन ! नपुंसकता जस्तो कुरा नगर , यो तिम्रो लागि योग्य छैन | हे मेरा परमतप ! तुच्छ हृदयको दुर्बलतालाई त्यागेर युध्दको लागि खडा होउ | तब अर्जुनले भन्दछन हे मधुसुदन मैले रणभूमिमा भिष्मपितामह र द्रोणाचार्यलाइ कसरि बाणले आक्रमण गर्न सक्छु किनकि हे मधुसुदन ! यी दुवै नै मेरा पुजनीय हुन् | त्यसैले यी महानुभाव र गुरुजनहरु नमार्दा भिक्ष्या मागेरै खान पनि कल्याण कारक ठान्दछु किनभने गुरुजनलाइ मारेर आशु र रगतमा लटपतिएको कामरुप भोग नै त मैले भोग्ने छु |
न चैतव्दिद्म: कतरन्नो गरीयो
यव्दा जयेम यदि वा नो जययु: |
यानेव हत्वा न जिजीविषाम
स्तेअवस्थिता: प्रमुखे धार्ताराष्ट्रा: ||६||
कार्पन्यदोषोपहतस्वभाव:
पृच्छामी त्वां धर्मसमुढचेता: |
यच्छ्रेय: स्यान्निच्श्रीतं ब्रुही तन्मे
शिष्यस्तेअहं शाधि मां त्वा प्रपन्नम् ||७||
न हि प्रपश्यामी ममापनुद्या
अवाप्य भुमावासपन्तमृर्ध्दं
राज्यं सुराणामपी चाधिपत्यम् ||८||
संजय उवाच
एवमुक्ता हृषिकेशं गुडाकेश: परन्तप: |
न यात्स्य इति गोविन्दमुक्ता तुष्णी बभुव ह ||९||
तमुवाच हृषिकेश: प्रहसन्निव भारत |
सेन्योरुभयोर्मध्ये विषीदंतामिदं वच: ||१०||
भावार्थ: हामीले के गर्दा श्रेष्ठ हुन्छ वा यो युध्द हामीले जित्छौ कि कौरवले जित्छन भन्ने कुरा को पनि कुनै ठेगान छैन तर पनि धृतराष्ट्रका पुत्रहरू हाम्रो सामन्ने छन् यिनीहरुलाई मारेर म बाच्न चाहन्न | त्यसैले कायरतापुर्वक स्वयं दोषी मान्ने र धर्म चित्तप्रति मोहित हुने म तपाईलाई सोध्छु कि कुनै पनि कल्यान्कारक साधन होस् तपाइँले मलाइ भन्नुस म् गर्न तयार छु | किन कि म तपाइको शिष्य हु , म तपाइको शरणमा छु, मलाइ शिक्षा दिनुहोस | किनभने भूमिमा निष्कन्टक धनधान्य सम्पन्न राज्य र देवताहरु सामिप्य भएर पनि मैले त्यसको कुनै उपयताता देख्दिन जो कि मेरा इन्द्रियहरुलाई सुकाइ दिने शोकलाई नास गर्न सकोस ! संजय भने , हे राजन ! निद्रालाई जित्न सक्ने अर्जुनले अन्तर्यामी भगवान श्रीकृष्णलाइ यस अर्थ “म युध्द गर्दिन “ स्पष्ट संग भन्दै चुप हुन्छन | तत्पश्चात हे भारत्बंशी धृतरात्र ! अन्तरयामी श्री कृष्णले दुवै तर्फी सेनाको बिचमा शोक गरेर बसेका अर्जुन तर्फ फर्केर मुस्काउदै यस्तो बचन भन्दछन ;
श्री भगवानुवाच
अशोच्यानान्वशोचास्त्वं प्रज्ञावादांश्च भाषसे |
गतासुनगतासुन्श्च नानुशोचन्ति पंडिता: ||११||
नत्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपा: |
न चैव नभविष्याम: सर्वे वयमत: परम् ||१२||
देहिनोअस्मिन्यथा देहे कौमारं यौवनं जरा |
तथा देहान्तरप्राप्तिधिरस्तत्र न मुह्यति ||१३||
मात्रास्पर्शास्तु कौन्तेय शितोष्णसुखदु:खदा |
आगमापायिनोअनित्यास्तान्स्तितिक्षस्व भारत ||१४||
यं हि न व्यथयन्त्येते पुरुषं पुरुषर्षभ |
समदु: खसुखं धिरं सोअमृतत्वाय कल्पते ||१५||
हे अर्जुन न त तिमी शोक गर्न लायक आफन्तको लागि गरिरहेका छौ, न त पण्डितको बचनलाइ नै भनिरहेका छौ | असली पण्डितहरु त जसको प्राण गैसकेको छ( मरिसकेका ) र जसको प्राण गएको छैन (जिउदै ) छन् | तिनीहरुका लागि शोक गर्दैनन् | किनभने आत्मा नित्य (निरन्तर ) छ | यसैले शोक गर्नु पर्ने कुनै कारण छैन | वास्तवमा भन्ने भने यस्तो कुनै जुग छैन अर्थात् समय छैन जहा म थिइन् , तिमी थिएनौ वा यी राजाहरु थिएनन ! यस्तो पनि हुदैन जो भविष्यमा नरहेका होउ |अर्थ: किनकी जिवात्मा सरिर (देह) बालक ,युवा, र बृध्द अवस्था परिणत हुन् जान्छ | यस्तो कुरामा धिर पुरुष मोहित हुदैनन् अथवा स्थुल शरीरको अज्ञानताले आत्मालाई गिराउछ | जस्तै एउटा सरिरबाट अर्को सरिर प्राप्त गर्नको लागि सुक्ष्म सरिरको बिकारले पनि अज्ञानता तिर गिराउदछ | यस्तो तत्व बुझ्ने धिर पुरुष यस्तो कुरामा मोहित हुदैनन | हे कुन्तिपुत्र ! सर्दी गर्मि, दुख, सुख, महसुस गराउने इन्द्रिय र इच्छा अनिच्छा, लोभ मोह आदि बिषयगत संयोगहरु त क्षणभन्गुर र अनित्य हुन् | त्यसैले हे भरतबंशी अर्जुन तिमिले त्यसलाई सहन गर | किनकि हे श्रेष्ठ पुरुष ! दुख सुखलाइ समान सम्झने वाला धिर पुरुषलाई इन्द्रिय बिषयले ब्याकुल गर्न सक्दैन | ति मोक्ष्यको लागि योग्य हुन्छन |
नासतो विद्यते भावो नाभावो विद्यते सत: |
उभयोरपि दृष्टोअन्तस्त्वनयोस्तत्त्वदर्शिभि: ||१६||
अविनाशी तु तव्दीव्दी एन सर्वमिदं ततम् |
विनाशमव्ययस्यास्य न कश्चीत्कर्तुमर्हति ||१७||
अन्तवन्त इमे देहा नित्यस्योक्ता: शरीरिण: |
अनाशिनोअ प्रमेयस्य तस्माद्युध्यस्व भारत ||१८||
य एनं वेत्ति हन्तारं यश्चैनं मन्याते हातम |
उभौ तु न विजातिनौ नायं हन्ति न हन्यते ||१९||
वेदाविनाशिनं नित्यं य एनमजमव्ययम् |
कथं स पुरुष: पार्थ कं घातयती हन्ति कम् ||२०||
अनि हे अर्जुन असत बस्तुको त अस्तित्व हुदैन र सत्य को अभाव पनि हुदैन त्यसैले यी सत्य र असत्य बीच तत्वज्ञानी पुरुषहरु हेरिरहेका छन् | यहि निर्णयले नाश रहित बस्तुहरु सम्पूर्ण जगतमा व्याप्त छ किनकि अविनासी बस्तु(सत्य)लाइ कसैले बिनाश गर्न सक्दैन |यो नाश रहित अप्रमेह नित्यस्वरूप जिवात्माको विद्यमान सबै शरीर नाशवान भनिएको छ | त्यसैले हे अर्जुन तिमि युध्द गर | जसले यो आत्मालाई मर्नेवाला सम्झन्छ र जसले आत्मालाई मरेको मान्दछ | तिनीहरुले आत्माको बारेमा जानेका छैनन् किनभने यो आत्मा कसैले न मार्छ सक्छ, न त आत्मा मर्छ नै ! यो आत्मा न कहिले जन्मन्छ, न त मर्दछ | आत्मा जन्मेर मर्दैन , किनकि यो त अजन्मा, नित्य, शाश्वत र पुरातन हो |
वासांसि जिर्णानि यथा विहाय
नवानि गृण्हाती नरोअ पराणि |
तथा शरिराणी विहाय जिर्णा
न्यन्यानि संयाती नवानि देहि ||२१||
वासान्सि जिर्णानी यथा विहाय
नवानि ग्रिन्हाती नरोअ परानी |
तथा शरिराणी विहाय जिर्णा
न्यन्यानी संयाती नवानि देहि ||२२||
नैनं छिन्दन्ति शश्त्रानी नैनं दहती पावक: |
न चैवम् क्लेदयन्त्यापो न शोषयति मारुत: ||२३||
अच्छेद्योअयमक्लेद्योअ शोष्य एव च |
नित्य: सर्वगत: स्थाणुरचलोअयं सनातन: ||२४||
अव्यक्तोअयमचिन्त्योअयमविकार्योअयमुच्यते |
तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि ||२५||
यो नाश हुदैन | हे अर्जुन ! जुनपुरुष यो आत्मा नाशारहित, नित्य, अजन्मा र अब्यय छ भनि बुझ्दछ, त्यस्तो पुरुषले कसरी अरुलाई मार्न लगाउछ र मार्न सक्छ |
यदि तिम्ले शरीरको वियोगलाइ शोक गर्छौ भने पनि उचित हुने छैन किन कि जस्तै मान्छेले पुरानो कपडा फालेर नया कपडा फेर्नु जस्तै हो |त्यस्तै गरि मनुस्य (जीव)ले पनि पुरानो शरीरलाई लाइ त्यागेर नया शरीरको धारण गर्दछ | हे अर्जुन ! यो आत्मालाईलाइ कुनै शाश्त्रले काटन सक्दैन, न त आगोले नै जलाउन सक्छ न तपानीले भिजाउ सक्छ, न वायुले सुकाउन सक्छ | किनकि यो आत्मा अच्छेद्य छ , यो आत्मा अदाह्य अक्लेद्य , र अशोश्य छ र यो आत्मा नि: शन्देह नित्य,सर्वब्यापक, अचल, स्थिर रहनेवाला सनातन छ |यो आत्मा अव्यक्त अर्थात इन्द्रियहरुका अबिषय वा मनका सुन्य र विकार रहित कहिल्यै नबदलीइने भनिएको छ | त्यसैले हे अर्जुन यस आत्मालाइ जानेर पनि तिमि शोक गर्दैछौ , यो कथंचित उचित छैन र शोक गर्न योग्य पनि होइन |
अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम |
तथापि त्वं महावाहो नैनं शोचितुमर्हसि ||२६||
जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च |
तस्मादपरिहार्यअर्थे न त्वं शोचितुमर्हसि ||२७||
अव्यक्तादीनी भुतानी व्यक्तमध्यानी भारत |
अव्यक्तनिधनान्येव तत्र का परिदेवना ||२८||
आश्चर्यवत्पश्यति कश्चिदेन
माश्चर्यवव्ददती तथैव चान्य:|
आश्चर्यवच्चैनमन्य: श्रीनोती
श्रुत्वाप्येनं वेद न चैव कश्चित् ||२९||
देही नित्यमवध्योअयं देहे सर्वस्य भारत |
तस्मात्सर्वाणी भुतानि न त्वं शोचितुमर्हसी ||३०||
यदि तिमीले यो (आत्मा ) सधै जन्मने र मर्ने वाला मान्यौ भने पनि हे अर्जुन यस्तो प्रकारले यिनिहरुकालागी शोक गर्ने लायक छैनन | किनकि हरेक प्राणि अर्थात मनुष्य जन्मनेहरुको मृत्यु र मृत्यु पछी जन्म निश्चित छ भन्ने कुरा त्यसैले पनि शिध्द हुन्छ | त्यसैले समाधान बिना अकारण यस्तो कुरामा शोक गर्न लायक छैन |यी भीष्मादीहरुका शरीर मायावी भएकोले नै अनित्य छन् | यी शरीरको लागि शोक गर्नु उचित छैन किनकि सम्पूर्ण प्राणी जन्म अगाडी र मृत्यु पश्चात अर्थात मरेपछि पनि बिना शरीरवाला नै हुने छन् | केवल बिचको समयमा मात्रै शरीर भएको प्रतित हुन्छ भने यस्तो बिषयमा किन चिन्ता लिन्छौ | हे अर्जुन यो आत्मत्व एकदमै गहन र चिन्तन योग्य बिषय हो , यसैले कुनै महापुरुष जब आत्मा लाइ आश्चार्य को रुपमा देख्छ र अर्को कोइ महापुरुषले नै आत्माको जब आश्चर्यरुप तत्व बर्णन गर्छ र अन्य कोइ यो आत्माको आश्चर्य अलौकिक कुरा सुन्दछ र कोइ कोइ यसको बारेमा सुनेर पनि आत्माको बारेमा जान्दैनन |हे अर्जुन ! यो आत्मा सम्पूर्ण सरिरमा सधै अवध्य ( जसलाई मार्न नसक्ने )रुपमा रहन्छ |त्यसैले सम्पूर्ण भुत प्राणिहरुको निम्ति तिमीले शोक गर्न योग्य छैन |
धर्म्याध्दी युध्दाच्छ्रेयोअ न्यत्क्षत्रियास्य न विद्यते ||३१||
यदुच्छया चोपपन्नं स्वर्गव्दार्मपावृतम |
सुखिन: क्षत्रिया: पार्थ लाभंते युध्दमीदृशम् ||३२||
अथ चेत्वमिमं धर्यं संग्रामं न करिष्यसी |
तत: स्वधर्मं किर्तिं च हित्वा पापमवाप्स्यसि ||३३||
अकिर्तींचापि भुतानि कथयिश्यन्ति तेअव्याम् |
सम्भावितस्य चाकिर्तिर्मरणादतिरिच्यते ||३४||
मयाद्रणादुपरतं मंस्यन्ते त्वां महारथा:|
येषां च त्वं बहुमतो भुत्वा यास्यसि लाघवम् ||३५||
आफ्नो धर्मलाइ हेरेर पनि तिमीले डर मान्नु पर्ने छैन, किनकि धर्मयुक्त युध्द भन्दा क्षत्रीयको लागि कर्तव्य र कल्याणकारक अरु केहि छैन | हे पार्थ ! आफै प्राप्त भएको स्वर्गको ढोका यस प्रकारले प्राप्त युध्द त भाग्यवान क्षत्रियले मात्र पाउछन | र यदि तिमीले यो धर्म युक्त संग्राममा भाग्छु भने स्वधर्म र कीर्तिको नास हुने छ र पापमा पर्ने छौ | र भविष्यका थुपै कालसम्म तिम्रो अकिर्तीको बारेमा भन्नेछन र यस्तो अकिर्ती तिमी जस्तो महा पुरुषलाइ मरण भन्दा पनि नराम्रो हो |जसले गर्दा तिमी महापुरुष हुदाहुदै पनि तुच्छ अपमान मात्रै पाउने छौ |
अवाच्यवादांश्च बहुन्वदिष्यन्ति तवाहिता:|
निन्द्न्तस्तव सामर्थ्य ततो दु:खतरं नु किम् ||३६||
हतो वा प्राप्स्यति स्वर्गं जित्वा वा भोक्ष्यसे महिम् |
तस्मादुत्तिष्ट कौन्तेय युध्दाय क्रितनिश्चय:||३७||
सुख दुखे समे कृत्वा लाभालाभौ जयाजयौ |
ततो युध्दाय युजस्व नैवं पापमवाप्स्यसि ||३८||
एषा तेअभिहिता सांख्ये बुध्दिर्योगे त्विमां श्रुणु |
बुध्द्या युक्तो यया पार्थ कर्मबन्धं प्रहास्यसी ||३९||
नेहाभिक्रमनाशोअस्ति प्रत्यवायो न विद्यते |
स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात् ||४०||
महारथिहरुले तिमीलाई हार्ने
डर र भयले युध्दबाट भागेको मान्ने छन् र तिम्रा सत्रुहरुले तिम्रो सामर्थलाइ निन्दा गर्दै भन्नु नभन्नु बचन भन्ने छन् त्यो तिम्रोलागि त्यो भन्दा दुखको कुरा के हुन् सक्छ ! त्यसैले तिम्रोलागी युध्द गर्नु सब प्रकारले उपयुक्त छ किन भने कि त मरेर स्वर्गलाई प्राप्त हुन्छ कि त युध्द जितेर पृथ्वीको भोग गर्न पाउने छौ त्यसैले हे अर्जुन ! युध्दकोलागी निश्चिन्त भएर खडा हौ | यदी तिमीलाई स्वर्ग र राज्यको इच्छा छैन भने पनि सुख दुख , लाभ -हानि र जय पराजयको समान मानेर पनि युध्दको लागि तयार हौ | त्यसैले पनि युध्द गरेर कमसेकम तिमीले पाप बाट मुक्त हुने छौ |हे पार्थ बुध्दी तिमीलाई ज्ञानयोगको बिषयमा भनिएको हो र अब यसलाई निष्काम कर्मयोगको बिषयमा सुन, जुन बुध्दिमत्ता भएका तिमी कर्मको बन्धनलाइ राम्रैसंग नाश गर्दै छौ | यो निष्काम कर्मयोगमा प्रारम्भ वा बिज नाश हुदैन र बिपरित फलदोष पनि हुदैन |
बहुशाखा ह्यानान्तश्च बुध्द्योअव्यवसायिनाम् ||४१||
यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चित: |
वेदवादररता : पार्थ नान्यदस्तिती वादीन: ||४२||
कामात्मान: स्वर्गपरा जन्मक्रमफलाप्रदाम् |
क्रियाविशेषबहुलां भोगैश्चर्यगतिं प्रति ||४३||
भोगैश्चर्यप्रप्तक्तानां तयापहृतचेतप्ताम् |
व्यवसायात्मिका बुध्दि: समाधौ न विधियते || ४४||
त्रैगुन्यविषया वेदा निश्त्रै गुण्यो भवार्जुंन |
निर्व्दन्दो नित्यसत्त्वस्थो निर्योगक्षेम आत्मवान ||४५||
यसैले यो निष्काम कर्मयोगरूप धर्मको थोरैअंश साधनले महान जन्म-मृत्युरुप डरबाट उद्दार गरिदिन्छ | हे अर्जुन ! यो कल्याणमार्गमा निश्चयात्मक बुध्दी एउटै छ र सकामी (अज्ञानी ) पुरुषको बुध्दिहरु धेरै प्रकारका अनन्त हुन्छन | हे अर्जुन जो सकामी पुरुष केवल सुनेको फल , स्वर्ग नै सर्वश्रेष्ठ हुन्छ भनि मान्छन र यो नै सबै हो भन्दछन |ती अविवेकी मानिसहरु कर्मफल दिनेवाला र ऐश्वर्य भोग प्राप्तिको लागि गरिने कार्यलाई नै शोभायुक्त र उपयुक्त बचन भन्दछन |अर्थ: भोग र ऐश्वर्यमा आसक्ति पुरुष यस्तो किसिमको शब्दाबानीबाट प्रभावित भएका हुनाले त्यस्ता पुरुषका अन्तस्करणमा सुनिश्चित बुध्दी हुदैन | हे अर्जुन सम्पूर्ण वेदको गुणलाइ संसारको बिषयगतमा प्रकाश पार्ने र अनुसरण गर्ने क्षमता राख्दछौ, त्यसैले तिमी निश्कामी सुख दुखबाट मुक्त, नित्य बस्तुमा स्थित योग र क्षेम (प्राप्तिको लालसा र प्राप्त बस्तुको रक्षा ) नभएको र आत्मापरायण हौ |
यावानर्थ उदपाने सर्वत: सम्प्लुतोदके |
तावान्सर्वेषु बेदेषु ब्राह्मणस्य विजानत ||४६||
कर्मन्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भुर्मा ते सङ्गोअस्त्वकर्मणि ||४७||
योगस्य: कुरू कर्माणी संगम त्यक्त्वा धनन्जय |
सिद्धयसिद्धयो: कुरू समो भुत्वा समत्वं योग उच्चते ||४८||
दूरेण ह्यवरं कर्म बुध्दियोगाध्दनन्जय |
बुध्दौ शरणमन्विच्छ कृपणा: फलहेताव:||४९||
बुध्दियुक्तो जहातिह उभे सुकृत दुस्कृते |
तस्माध्योगाय युज्यस्व योग: कर्मसु कौशलम् ||५०||
राम्रोसंग ब्रह्मलाइ जान्ने र बुझ्ने ब्राह्मणलाइ सम्पूर्ण वेदको प्रयोजन नभए जस्तै ब्रह्मानन्दलाइ प्राप्ति गरिसकेपछि आनन्दको लागि वेदको आबस्याकता हुदैन | त्यसैले तिम्रो कर्म गर्ने मात्र अधिकार हो फलको लागि कदापि होइन अर्थात फल तिम्रो हातमा छैन, त्यसैले फलको कामना र वासनायुक्त नभैकन आफ्नो कर्म र कर्तब्य गर |
हे धनन्जय ! सम्पूर्ण आसक्तिलाई त्यागेर सिध्दी असिध्दिलाई सम भाव राखी आफ्नो कर्तव्य अर्थात कर्म गर यहि कर्मलाइ योग भनिन्छ | सकाम बुध्दीबाट गरिने कर्म अन्त्यन्त तुच्छ हुन्छ त्यसैले फलको कामना युक्त कर्मले दुखी बनाउछ तसर्थ समभाव युक्त बुध्दिलाई ग्रहण गर | सम्बुध्दी पुरुष पाप पुण्य यहि लोकमा त्याग दिन्छन, त्यसैमा लिप्त हुदैनन् | सम्बुध्दी रुप योग नै कर्मयोगको कौशलता र चतुरता हो यहि नै कर्म बन्धनबाट मुक्त हुने उपाए हो |
जन्मबंधविनिर्मुक्ता: पदं गच्छन्त्यनामयम् ||५१||
यदा ते मोहकलिलं बुध्दिर्व्यतितरिश्यति |
तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च ||५२||
श्रुतिविप्रतीपन्ना ते यदा स्थास्यति निश्चला |
समाधावचला बुध्दिस्तदा योगवाप्स्यसी ||५३||
स्थितप्रज्ञस्य का भाषा समाधिस्थस्य केशव |
स्थितधि: किं प्रभाषेत किमासीत वजेट किम् ||५४||
श्री भगवानुवाच
प्रजहाती यदा कामान्सर्वान्पार्थ मनोगतान् |
आत्मन्येवात्मना तुष्ट: स्थितप्रज्ञस्तदोच्यते||५५||
यसैले सम्बुध्दी योगको लागी चेष्टा गर | बुध्दियोग युक्त ज्ञानी पुरुष कर्मबाट उत्पन्न हुने फललाई त्यागेर जन्मरुप बन्धनबाट मुक्त भै अमृतमय परमपद प्राप्त गर्दछन | हे अर्जुन जुन समयमा तिम्रो मोहरूपबुध्दी दलदलबाट पार पाउछ तब तिमी सुन्ने योग्य र सुनेको बैराग्य प्राप्त हुने छ |यस्तो प्रकारको भगवानको वचनलाइ सुने पछी अर्जुनले श्रीकृष्णलाई सोध्छन हे केशब समाधिमा भएका स्थिर पुरुषको लक्षण के हुन् र यस्ता पुरुष कसरि बोल्छन ? कसरी बस्छन ? कसरि हिदछन ? तत्पश्चात श्रीकृष्ण भन्नुहुन्छ ! जुन समयमा यस्ता पुरुषले मनमा भएका कामनालाई त्याग दिएका हुन्छन र त्यस समयमा आत्माबाट आत्मैमा सन्तुष्ट हुने वाला पुरुषलाइ स्थिरबुध्दिवाला भन्दछन |
द:खेश्वनुव्दिन्गमना: सुखेषु विगतस्पृह: |
वितरागभयक्रोध: स्थितधिर्मुनिरुच्यते ||५६||
य: सर्वत्रानभिन्सेहस्तत्तत्प्राप्य श्रुभाश्रुभम् |
नाभिनन्दति न व्देष्टि तस्य प्रज्ञा प्रतिष्ठिता ||५७||
यदा संहरते चायंकुर्मोअंगानीव सर्वश:|
इन्द्रियाणीन्दीयार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ||५८||
विषया विनिवर्तन्ते निराहारस्य देहिन: |
रसवर्जं रसोअप्यस्य परम् दृष्व्टा निवर्तते ||५९||
यततो ह्यपी कौन्तेय पुरुषस्य विपश्चित 😐
इंद्रियाणी प्रमाथिनी हरन्ति प्रसभं मन: ||६०||
दुख र शुखाबस्थामा हुदा न विस्मात न अतिहर्ष नभैकन समभाव र रिस, राग, क्रोध, भय नभएको ब्यक्तिलाइ नै स्थिर बुध्दिवाला भन्दछन | जो पुरुष अरुबाट अपहेलित हुदा क्रोधित अर्थात व्देष र सम्मान पाउदा प्रसन्न हुदैन दुवै अबस्थामा सम भाव राख्न सक्दछ त्यो व्यक्तिको स्थिर बुध्दी हो | कछुवाले आफ्ना अंगलाई जसरि संकुचित गर्न सक्छ त्यस्तै प्रकारले यस्ता पुरुषले आफ्ना इन्द्रियाहरुलाई अन्तर्मनमा समेटन सक्दछ त्यही ब्यक्तिको बुढी स्थिर हुन्छ | मनुष्य बिषयगत कुरालाई ग्रहण नगरेर बिषयमा त निबृत हुन्छ तर राग छुटेको हुदैन र स्थिर बुध्दिवाला मनुष्य त रागलाई पनि परमात्मालाइ साक्षात्कार गरि त्यसबाट पनि निवृत अर्थात मुक्त हुन्छ | हे अर्जुन जसले गर्दा बुध्दिमान पुरुष प्रथम स्वभाव इन्द्रियहरुलाई बलपूर्वक हरण गरिदिन्छ | सम्पूर्ण इन्द्रियलाई वशमा गरि ममा समाहित चित्त गरेमा त्यस पुरुषको इन्द्रिय वशमा हुन्छ र उसको बुध्दी स्थिर हुन्छ |
तानी सर्वाणी संयम्य युक्त आसीत मत्पर: |
वशे हि यस्येन्द्रियाणी तस्य प्रज्ञा प्रतिष्ठिता ||६१||
ध्यायतो विषयान्पुंस: संगस्तेशुपजायाते |
संगात्संजायते काम : कामात्क्रोधोअभिजायते ||६२||
क्रोधाभ्दवति सम्मोह: सम्मोहात्स्मृतिविभ्रम: |
स्मृतिभ्रंशादबुध्दिनाशो बुध्दिनाशात्प्रणश्यति ||६३||
राग व्देषविमुक्तैस्तु विषयानिन्दीयैश्चरन् |
आत्म वश्येर्विधेयात्मा प्रसादमधिगच्छति ||६४||
प्रसादे सर्वदु:खानां हानिरस्योपजायते |
प्रसन्नचेतसी ह्याश्रु बुध्दि: पर्यवतिष्ठते ||६५||
हे अर्जुन !मनबाट इन्द्रिय वशमा गरि ममा समर्पण नभएमा बिषयबस्तुमा चिन्तन हुनगई आसक्ति अर्थात कामना बढदछ, त्यो कामना पूर्ण नहुदामा क्रोध उत्पन्न हुन्छ | क्रोधले अविवेकि बनिन्छ र यस्ले स्मरणशक्ति भ्रमित हुन्छ, अर्थात ज्ञानशक्ति, बुध्दी नाश हुनगई मानिसले आफ्नो श्रेयकर प्रतिष्ठाबाट तल खसाल्छ | राग व्देष रहित पुरुष आफ्नो वशमा भएको इन्द्रियव्दारा बिषयलाई भोग्दै आत्मिक प्रसन्नता र पवित्रता प्राप्त गर्दछ |उक्त प्रसनता, निर्मलता र पवित्रता भएर निजमा दुखको प्रभाव रहदैन अर्थात सुखी रहन्छ , प्रसन्न चित्त व्यक्तिको बुध्दी तत्काल स्थिर हुन्छ |हे अर्जुन साधना नभैकन मनुस्यको अन्तस्करणमा उत्तम बुध्दी हुदैन |
न चाभावयत: शान्तिरशान्तास्य कुट: सुखम् || ६६||
इन्द्रियाणाम् हि चरतां यन्मनोअनुविधियते |
तदास्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि ||६७||
तस्माद्यस्यमहाबाहो निगृहीतानी सर्वश: |
इंद्रियाणीन्दियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ||६८||
या निशा सर्वभूतानाम् तस्यां जागर्ति संयमी |
यस्यां जागृति भुतानी सा निशा पश्यतो मुने: ||६९||
आपुर्यमाणम चलप्रतिष्ठं समुद्रमाप: प्रविशन्ति यव्दत् |
तव्दत्कामा यं प्रवीशन्ति सर्वे स शान्तिमान्पोति न काम कामी ||७०||
जसले गर्दा अन्त: करणमा वा आत्मामा आस्तिक भाव पनि हुदैन र बिना आस्तिक भावले मनुस्यमा शान्तिहुदैन | अशान्ति मनुष्य कसरि सुखी हुन् सक्छ ? किनकि सागरमा हुरीले डुंगालाइ बिचलित बनाउन र डुबाउन सक्छ त्यसैगरी इन्द्रियहरुमा मन राखेमा एउटै इन्द्रिय भ्रमित भए मनुस्यको बुध्दी हरण गरिदिन्छ | हे महाबाहो ! सब प्रकारको बिषयगत इन्द्रियाहरुलाइ वशमा राख्न सक्ने मनुष्यको बुध्दी स्थिर हुन्छ | हे अर्जुन ! सबै भुत प्राणीहरुको आत्म नियन्त्रितको लागि रात्रि जाग्राम हो भने योगी पुरुशहरुकोलागी रात्रि हो अर्थात सांसारिक सुखमा सम्पूर्ण भुत प्राणिहरू जाग्राम हुन्छन,भने तत्व ज्ञानीहरु परमात्मा प्राप्तिको लागि जाग्दछन | स्थिर बुध्दिवाला मनुष्य नदिहरु समुन्द्रमा विलिन हुदाको जस्तै आकांक्ष्याहरु निरन्तर अविचलित भै पूर्ण शान्ति प्राप्त हुन्छन भने कामना भोगीहरु सदा अतृप्त र अशान्त हुन्छन |
विहाय कामान्य: सर्वान्पुमांश्चरति नि: स्पृह: |
निर्ममो निरहन्कार: स शान्तिमधिगच्छति ||७१||
एषा ब्राह्मी स्थिति: पार्थ नैनाम् प्राप्य विमुह्यति |
स्थित्वास्यामन्त कालेअपि ब्रह्मनिर्वाणमृच्छति ||७२||
जो मनुष्य सम्पूर्ण कामनालाई त्यागेर, ममतारहित, अहंकार रहित, हुन्छन तिनीहरुलाई सहानी प्राप्त हुन्छ | हे अर्जुन ! यो ब्रह्मालाई प्राप्ति गरेको मनुस्यको स्थिति हो र यसलाई प्राप्त गरेर मोहित नभैकन अन्ताकाल सम्म निष्ठावान भै ब्रह्मानंद प्राप्त गर्दछ |
श्री मदभगवद्गीताको सांख्ययोगनामको द्रोश्रो अध्याय समाप्त ।