गौतम बुध्द (५६३-४८३ इशा पूर्व)

सिध्दार्थ गौतमको जन्म ५६३ इशापूर्व तिर कपिलवस्तुको नजिकै लुम्बिनी वन, नेपालमा भएको थियो । उनको मृत्यु ८० बर्षको उमेरमा ४८३ इशा पूर्वमा तत्कालिन मल्ल गणराज्यको राजधानी थियो हाल उत्तरप्रदेश, इन्डियाको कुशिनागरमा भएको थियो । उनको जन्म र मरणका सालमा भने बिबिधता देखिन्छ । कुनै स्थानमा जन्म ५६६ – मृत्यु ४८६ इशा पुर्व मानेका छन् तर कसैले उनको मृत्यु ४८६ र ४८३ को बिचमा भएको मान्दछन भने कसैले ४११ र ४०० इशापूर्वको बिचमा भएको अनुमान गर्दछन ।  सिध्दार्थ गौतमका  बाबु शुध्दोधन इक्ष्याकु  बंशीय शाक्य कुलका कपिलबस्तु लुम्बिनीका राजा थिए । सिध्दार्थ गौतमकि आमा आफ्नो माइती देवदह गैरहेको बेला कपिलबस्तु भन्दा केहि कोश पुर्ब लुम्बिनी नामक शालवनमा जन्मेका थिए । जुन अहिले नेपालको लुम्बिनी प्रदेशको लुम्बिनी भन्ने स्थानमा पर्दछ ।  राजा अशोकले सिध्दार्थ गौतम जन्मेको ३१८ बर्ष पछि आफ्नो राज्यबिशेकको बिसौ बर्षगांठ शिला स्तम्भ गाडेर छोडेका थिए । आज त्यहि शिला स्तम्भ नै सिध्दार्थ गौतमको जन्म स्थाल भएको असली प्रमाणको रुपमा खडा छ । ईसापूर्व २४९ मा मौर्य सम्राट अशोकले खडा गरेको स्तम्भमा रहेको शिलालेखबाट पुष्टि हुन्छ। लुम्बिनी विश्वको एक महान धर्मको पवित्र स्थानहरू मध्ये एक हो, र यसको अवशेषहरूले ईसापूर्व तेस्रो शताब्दीदेखि नै बौद्ध तीर्थस्थलहरूको बारेमा महत्त्वपूर्ण प्रमाणहरू समावेश छन ।

सिद्धार्थ गौतमकी आमा मायादेवीले लुम्बिनीको जंगलमा उनलाई जन्माइकि  थिइन् । सिध्दार्थ गौतम जन्मेको सात दिनमा नै आमा मायादेविको मृत्यु भएको थियो ।      र त्यसपछि उनकी आमाकी बैनी सानिआमा महा प्रजापतिले उनलाई हुर्काइकि थिइन् । २९ बर्षको उमेरमा सिध्दार्थ गौतमको  बिबाहपछि एकमात्र पुत्र राहुल र उनकी पत्नी यशोधरालाइ त्यागेर मानिसको बुढौली, रोग ब्याधि मृत्यु दुख कष्ट बाट मुक्ति पाउने मार्ग र दिब्य सत्य ज्ञानको खोजि गर्न मध्यरातमा बन प्रस्थान गरेका थिए । बर्षौको कठोर तपस्या र साधना पश्चात बोध गयामा बोधी वृक्षको फेदमा उनलाई ज्ञान प्राप्त भएको थियो । त्यसपछि उनि सिध्दार्थ गौतमबाट भगवान गौतम बुध्द भए । 

गौतम बुध्दको न्वारनको दिन उनलाई  ब्राह्मणले चिना हेरेर यी बालक महान राजा सम्राट बन्ने छन् या त यिनी महान पवित्र धार्मिक  व्यक्ति , पथ पर्दशक बन्ने छन्, भनि भविष्यवाणी गरेका थिए रे  । त्यसैले राजा सुध्दोदनले  गौतमबुध्दलाइ गुरु विश्वामित्र कहाँ पठाएर वेद, उपनिषद् , राजकाज, र युध्द कला लिएका थिए । कुस्ती, घुड सवार तिर कमान, रथ हाक्ने कला उनले सिकेका थिए । सिध्दार्थ गौतम सानै देखि करुणा र दयाका श्रोत थिए । उनले अरुको दुख देख्न सक्दैनथे । एक पटक उनका भाइ पर्ने देवदत्तले एउटा हाँसलाई उनको तीरले घायल बनाए । हाँस घायल भएको हेर्न सकेनन । हाँसलाइ बचाउन भाइलाईसंग द्रोह समेत गरे । घायल हाँसलाइ आफुले लिएर बचाए । 

राजा शुध्दोधनलाइ चिन्ता थियो । राजपाठ छोडेर हिडिहाल्छ कि छोरो ? भनेर भरपुर भोगविलासको प्रबन्ध गरिदिएका थिए । अलग अलग ऋतुहरुको लागी सुन्दर महल र सुन्दर दाश दाशी  राखेर नाच गान र मनोरंजनको सम्पूर्ण साधन जुटाई दिएका थिए । तर पनि यी सबै थोकले सिध्दार्थलाई बाधेर राख्न सकेन । एक दिन महलबाट बाहिर निस्केर बगैचामा घुमीरहेका थिए । एउटा बुढो मान्छे सडकमा देखियो । उसका सबै दांत झरेका थिए । लठ्ठीको सहाराले हिडेको, सेतो बाल फुलेको कुप्री परेर टेड़ो भै सकी नसकी हिडेको देखे । दोश्रो पटक एउटा रोगि मान्छे उनको अगाडिबाट बल्ल बल्ल हिडेको सास फुलेर स्वाँ स्वाँ  गरेको हात खुट्टा सुकेको पेट फुलेको, अनुहार पहेलिएको र कसैले सहारा दिएर लतारिएको देखे । तेश्रो पटक बाहिर निस्कदा एउटा मान्छेलाई बासमा बाँधेर अर्थिमा चार जना मानिसले बोकेर    लैरहेको र अर्थिको पछाडी केहि मान्छे रुदै दगुरिरहेको देखे । 

यी दृश्यले गौतम बुध्दलाई बिचलित बनाएको थियो, भनिन्छ । उनको सहयोगीलाइ उनले सोध्छन मानिस किन बुढो हुन्छ ? किन रोगि हुन्छ ? किन मर्दछ ? अनि यो दुखबाट कसरि मुक्त हुन् सक्छन मान्छेहरु । सहयोगीले यसको जवाफ दिन सक्दैनन । जब उनि चौथो पटक दरबारबाट बाहिर निस्केर घुम्दै गर्दा केहि सन्यासी देखे। संसारको सारा कामना बाट मुक्त प्रसंन्न्चित सन्यासीहरु लाइ देखेर उनि आकर्षित भएको मान्दछन । 

यसरी सुन्दर पत्नी यशोधरा, दुध खाने बालक पुत्र राहुल र कपिलबस्तुको भावी राजपाठ चलाउने राजगद्दी राज्य छोडेर बैरागी भै तपस्या गर्न हिडे । उनि भिक्षा माग्दै  राजगृह  पुगे । भिक्षा माग्दै माग्दै आलार कलाम र उद्दक रामपुत्रसंग पुगे । उनले त्यहि योग साधना सिके । समाधि लगाउन सिके । त्यहाँ पनि सन्तोष भएन र उरुवेला पुगेर विभिन्न किसिमका योग साधना तपस्या गरे । पहिला पहिला तिल चामल खाएर तपस्या गर्दथे । पछि निराहार तपस्या गर्न थाले । यसरि छ बर्ष सम्म तपस्या गर्दा पनि उनको तपस्या सफल भएन । एक दिन उनि बसेको स्थान नजिकै बाट केहि महिला हिड्दै सुरिलो गित गाउदै थिए । “  विणाको तार ढिला नगर है, स्वरे हराई जाला है । यति धेरै पनि न कसौ है,  विणाको तार टुटी जाला” । यो गीतले उनलाई छुन्छ र आफैलाई भनेको भान हुन्छ । यसैले नियमित आहार- बिहार बात योग सिध्द हुन्छ भन्ने लाग्यो । उनको बिचारमा अति सर्बत्र बर्जते” भन्ने कुरा जायज लाग्यो । अल्पहारी भएर मध्यम मार्ग लिएर तपस्यारत भए । 

बुध्दका प्रथम गुरु आलार कलाम थिए तिनबाट सन्यास कालमा शिक्षा लिएका थिए । जब बुध्द ३५ बर्षमा पुगेका थीए । बैशाख पुर्णिमाका दिन गौतम बुध्द बोध गया निरन्जन नदीको किनारमा  पिपलको वृक्षमुनि ध्यानस्थ थिए । तब नजिक को गाउकी महिला जसको नाम थियो, सुजाता । उनले मागेको वरपुरा भै पुत्र लाभ गरेकी थिइन् । उनले गाइको दुधमा खिर बनाइ सुनको थालमाथि कतोरी भरो खिर राखी  शिध्दार्थ गौतम तपस्या गरेको पिपल को वृक्ष मुनि पुगेर उनलाई देख्दा सुजाता लाग्यो कि उनको खिर खानको लागि वृक्ष देवता बसेको भान हुन्छ  र  बढो आदरको साथ आफुले ल्याएको खिर स्विकार गर्न भनिन । आजको दिनमा जसरी मेरो मनोकामना पुरा भएको छ । त्यसै गरि हजुरको पुरा मनोकामना हुने छ । सो खिर अर्पण गरेर गईन । गौतम बुध्दलाग्यो कि यो चढाएको खिरमा केहि त छ भनेर उनले उपवास तोडे र फेरी ध्यानमा बसे । त्यहि रात नै सिध्दार्थ गौतमको साधना सफल भयो । उनलाओ सबै कुराको बोध भयो । त्यसपछि नै सिध्दार्थ गौतमलाई “बुध्द” भगवानको रुपमा कहलिए । जुन पिपलको वृक्ष थियो त्यो बोधी वृक्ष भनेर चिनियो । र त्यस स्थानलाई बोधगया भनेर प्रख्यात भयो । 

हुनलाई गौतम बुध्दको शिक्षा दीक्षा संस्कृतमा भएको थियो । तर पनि उनले लोकभाषा पालीमा आफ्नो ज्ञानको प्रचार गर्न थाले । एक महिना सोहि पिपल वृक्ष मुनि बसेर धर्मको चिन्तन गरेर बुध्द धर्मका उपदेश  गर्नका लागि भ्रमणमा हिडे । ततपश्चात काशीको नजिकै सारनाथ पुगे । उनले पहिलो पटक धर्मोपदेश दिएका थिए । र उनले पहिलो पटक पांच मित्रलाई आफ्नो अनुयायी बनाए । पाचै जनालाई धर्मप्रचारको लागि चारै तर्फ पठाए । उनको सानी आमा महा प्रजापतिलाई नै पहिलो बौध्द संघमा प्रवेस मिलेको थियो । आनन्द नामका उनका सबभन्दा प्रिय शिष्य थिए । उनले जहान जादा पनि उनैलाई सम्बोधन गरेर आफ्नो उपदेश शुरु गर्दथे । 

पाली परिनिर्वाण सुत्त  अनुसार ८० असि बर्षमा हुने छ भनि स्व घोषणा गरेका थिए । बुध्दले कुण्डा नाम गरेकी लोहारबाट भेटमा दिएको भोजन खाएर बिमार परेका थिए । कुन्दाले दिएको खानाले उनि बिमार परेकोले, उनलाई बुध्दका भक्तले बिषयुक्त खाना खुवाएको आरोप लगाएका थिए । तर बुध्दले  आफ्नो शिष्य आनन्दलाई भनेका थिए, कुण्डा अनविज्ञ थियो । उसको कुनै गल्ति गरेको थिएन । उसले दिएको भोजन अतुल्य थियो भनेर सम्झाउन भनेका थिए । यसरी गौतम बुद्धको असू बर्षको उमेरमा कुशीनगरमा मृत्यु परिनिर्वाण भएको थियो । यस्तो थियो बुध्दको संक्षिप्त जीवनी । 

0000 क्रमश: