भारतबर्षमा जसरी वैदिक दर्शन अर्थात उपनिषद् बिचारहरु तयार भैरहेका थिए । त्यसै गरि त्यसैको उल्टो हुने गरि स्वतन्त्र विचारधाराको बहाव पनि चल्न  थालिरहेको थियो । इशा पुर्व छैठो र सातौ सदिमा भिन्न बिचारहरु उभ्रिन थाल्यो । वैदिक दर्शनमा फुट आउन थाल्यो । तत्कालिन अबस्थामा तिन बर्गमा थिए । वैदिक( ब्रह्मणानुयायी ) आर्य, अ-वैदिक(ब्रह्माण बाट स्वतन्त्र वा व्रात्य ) आर्य , अर्को न-आर्य । तत्कालिन अबस्थामा वेदीक र अवैदिक आर्यहरुको  राजनीतिक र आर्थिक क्षेत्र जनपथ सिमा भित्र मात्रै थिएन । तर न आर्य नागरिकहरु भने दुवै समुहमा सामेल थिए । यसरि छुट्टीएर स्वतन्त्र विचारक र दर्शन चार्वाक र कपिलका दर्शन अगाडी आउछन त्यसपछि बुद्ध र तिर्थाकर आउछन । 

चार्वाक दर्शन : 

चार्वाक नामका दार्शनिक ६०० बर्ष इशा पुर्ब भारतवर्ष बस्दथे । चार्वाक असुरहरुका गुरु र ब्रिहस्पतीका शिष्य थिए । बृहस्पतिले भौतिकवादको बिद्यालय शिस्य चार्वाकको नाममा खोलेका थिए । यो दर्शन प्राचिन भारतवर्षको भौतिकवादी नास्तिक दर्शन हो । इश्वरको अस्तित्व छैन, आत्मा छैन, पुनर्जन्म र परलोक छैन । जीवनमा भोग त्याज्य बस्तु होइन, यो त ग्रनम गर्ने कुरा हो । भन्ने मान्यता राख्दछ । 

चार्वाक भन्ने बित्तिकै  ‘यदा जीवेत सुखं जीवेत, ऋणं कृत्वा, घृतं पिबेत् “ जब सम्म बाचिन्छ सुखसंग बाँच, ऋण गरेर भए पनि घ्यु खाउ । भन्ने कुरा याद आउने गर्छ । चार्वाक शब्दको उत्पत्ति चारु + वाक् ( मिठो बोल्ने) बाट  भएको हो ।  चार्वाकको सिध्दान्तलाई बौध्दका शास्त्रमा लोकायत शब्दको प्रयोग गरेको पाइन्छ । यसको मतलब जो लोकमा बिश्वास गर्दछन ।जसले स्वर्ग नर्क वा मुक्तिको अबधारणालाइ  विश्वास राख्दैनन । जडवादि दर्शनका आचार्यको नाममा वृहस्पतिको पनि नाम आउछ । पदमा पुराणमा बृहस्पतिले असुरलाई भडकाउन वेद बिरुध्द मत प्रकट गरेको भन्ने पाइन्छ । 

चार्वाकको दर्शनमा यसो पनि भनिएको छ : यावज्जीवेत सुखं जीवेद ऋणं कृत्वा घृतं पिवेत, भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः ॥ जबसम्म बाचिन्छ , तबसम्म सुखले बाच्नु पर्छ, यदि आफुसंग छैन भने ऋण गरेर भएपनि घ्यु खानु पर्छ । सरिर जलेर भष्म भएको सरिर मसान घाट फर्केर आएको कसैले देखेको छ र ?

चेतना : चार्वाकको अनुसार यी पृथ्वी, जल, तेज र वायु चार तत्व नै सृष्टिको मूल कारण हो भन्ने मान्यता राख्दछ । चार्वाक ले आकाशलाइ तत्वको रुपमा लिएका लिएको छैन । यिनै चार तत्वबाट नै चेतना उत्पन्न हुन्छ । 

आत्मा : उनको अनुसार चार महाभुत बाहेक आत्मा नामक कोइ पदार्थ  छैन । चैतन्य नै सरिरको गुण हो । किनकि आत्मा नामको कुनै बस्तु नै छैन । त्यसैले चैतन्य शरीरको गुण वा धर्म शिध्द हुन्छ । सरिर नै आत्मा हो , यसको सिध्दी तिन प्रकारका हुन्छ जुन तर्क, अनुभव र आयुर्वेद, 

अनिश्वावाद : सृष्टिलाइ निर्माताको आब्स्याकता नै छैन अग्नि तातो हुन्छ, पानि चिसो हुन्छ, सबै बस्तुको आफ्नो स्वभावीक गुण धर्म हुन्छ । विश्वको सृष्टि स्वभाव लै हुने हो । अब यसको लागि श्रीष्टि कर्ता खोज्नु फजुल कुरा हुन भनेर दर्शाएका छन् ।

झुट कुराको बिश्वासको खण्डन : उनले यसो भनेका छन् कि “न स्वर्ग छ, न अपवर्ग छ । न परलोकमा जाने आत्मा नै छ । वर्ण, आश्रम सबै क्रिया निष्फल छन् । अग्निहोत्र, तिन वटै वेद, बुध्दि र पौरखबाट च्युत भएका हुन् । यी सबै कुरा त्यस्ताको लागि जीविका मात्र हो ।  “यदि यज्ञमा मारेको पशु स्वर्ग जान्छ भन्ने हो भने जजमानले आफैलाई किन मार्दैन” । यदि मृत व्यक्तिलाइ श्राध्दमा दिएको पिण्डले तृप्त हुन्छन भने । यात्रामा हिडेको मान्छेलाई पाथेय(खानेखार्च) को चिन्ता व्यर्थ हो । घरबाट अर्पण गरे पछि बाटामा खने परेन । यदि मान्छे मारेर परलोक गएको भए । आफन्तको माया प्रेम भावले फेरी फर्केर किन आउदैनन । त्यसैले मृतक श्राध्द पुजा आजा ब्राह्मणहरुको जीविको पार्जन बनाएको हो । 

नैराश्य/ वैराग्य- खण्डन :”बिषयगत सांसारिक संसर्गबाट प्राप्त हुने सुख दुख नै त्याज्य हो “ यस्तो भन्नेहरुलाई चार्वाकले मुर्ख भनेका  छन  । 

000