बुध्दका साधारण बिचार : सिध्दार्थ गौतमले ज्ञान   प्राप्त गरेपछि बुध्द भएका थिए । जब बुध्द निराहार तपस्या त्याग गरेर अल्पहार खाना खाएर तपस्यारत भएका थिए ।तब उनका पांच शिष्यले बुध्दलाई छोडेर गएका थिए । ति थिए महानम, कौडन्ना, भद्दिया, वप्पा, अस्वजिता । यी आफ्ना पुर्व अनुयायीहरुलाई सर्बप्रथम आफुले बुध्दत्व प्राप्त भएको कुरा र उनीहरुको आफुलाई गरेको शंका हटाउनको लागि खोज्दै शारनाथ बनारसको ऋषि आश्रम पुगेका थिए । बुध्दले भनेका थिए । 

भिक्षुहरु : यी दुइ चरम अतीलाइ कहिल्यै अनुसरण गर्नु हुदैन । * काम सुखमा लिप्त * सरिरलाइ पिडा  दिने । यी दुइ अतिलाई छोडेर मध्य मार्गको  खोज गरे ।जसले ज्ञान दिन्छ, जसले दृष्टि दिन्छ, जसले शान्ति दिन्छ । त्यो  मध्यम मार्ग श्रेष्ठ अश्टांगिक मार हो । जुन यस प्रकार छन्, *  ठिक दृष्टि दर्शन * ठिक संकल्प * ठिक बचन * ठिक कर्म * ठिक जीविका * ठिक प्रयत्न , ठिक स्मृति * ठिक समाधी त्यस्तै 

चार आर्य सत्य : दुख, दुख समुदाय, दुख निरोध, दुख निरोध्गामी लाइ बुध्दले श्रेष्ठ सत्य भनेर भनेका छन् ।

१. दुख- सत्यलाइ व्याख्या गर्दै बुध्द भन्दछन । जन्म पनि दुख हो । बुढापा पनि दुख हो । मरण , शोक- रोदन , मनको खिन्नता, हैरानी दुख हो । अप्रिय संगको भेट, प्रियसंगको वियोग पनि दुख हो । इन्छा गरेको कुरा प्राप्त नहुनु पनि दुख हो । यसलाई बुध्दले पांच उपदान स्कन्ध दुख भन्दछन । जुन रुप,बेदना संज्ञा, संस्कार , बिज्ञान हुन् ।

  • १. रुप-  चार महाभुत पृथ्वी, जल, वायु, अग्नी लाइ रुप उपदान स्कन्ध भनिएको छ ।
  • २. वेदना – जुन बस्तु या मानिसको बिचारको सम्पर्कमा  आएर जुन सुख दुखको अनुभव गर्दछौ । त्यो नै बेदना स्कन्ध हो । 
  • ३. संज्ञा- बेदना पश्चात हाम्रो मश्तिश्कमा पहिले देखि नै छाप परेको संस्कारव्दारा हामि परिचित हुन्छौ यसलाई संज्ञा भन्दछन । 
  • ४. संस्कार – रुप, वेदना, संज्ञाको जुन संस्कार हाम्रो मश्तिश्कमा रहेको हुन्छ जसको सहायताले हामीले जान्यौ । त्यो देवदत्त हो, त्यसैलाई संस्कार भन्दछन ।
  • ५. बिज्ञान- चेतना र मनलाई बिज्ञान भनिन्छ । 

यिनै पांच उपादान स्कन्धलाई दुख रुप अर्थात कारण हुन् भनेका छन् । 

२. दुख हेतु – दुखको हेतु के हो ? तृष्णा- काम भोगको तृष्णा,भव को तृष्णा, विभवको तृष्णा । इन्द्रियाहरुलाई जे जस्तो बिषयगत काम प्रिय लाग्दछ, काम, बिशय्संगको सम्पर्क, त्यसको चिन्तन ख्यालले तृष्णालाइ सृजना गर्दछ । काम भोगको लागि राज परिवारमा लडेका छन्, राज सत्ताको लागि लडेका छन् । ब्राह्मण ब्राह्मण लडेका छन् । क्षत्री क्षत्री लडेका छन् ।  आफै आफैमा लडेका छ । एक ले अर्कालाई समाप्त गर्न लडेका छन् । बाउ छोरा संग लड़छ । छोरा बाउसँग लड़छ । दाइ भाइमा मार काट हुन्छ । जात जातमा, घर घरमा, परिवारको सदस्य बीच, समाजका वर्ग बर्गमा लडाई छ । यहि कारण भन्नु नै  दुखको हेतु हो । 

३. दु:ख बिनाश – दुख हेतु अर्थात त्यहि तृष्णालाइ परित्याग गर्नुलाइ नै दुख निरोध, दुखको बिनाश भन्दछन । काम, वैभव सुखको मोह आसक्तिको बिचारको तृष्णाको बिकल्प बाट नै जब तृष्णा छुटछ । तब त्रिश्नाको निरोध हुन् जान्छ र दुखको बिनाश हुन्छ । तृष्णाको नाश भएपछी उपदान (बिषयगत संग्रह)को निरोध हुन्छ । उपदानको निरोधबाट भव (लोक)को निरोध हुन्छ । भावको निरोध भयो भने जन्म पुअर्जन्मको निरोध हुन्छ । जन्मी नभेपछि बुढापा मरण र शोक, मनको खिन्नता जे जति दुख छन् सबै नष्ट हुन्छन । 

“यही दुख निरोध बुध्दको साबि दर्शनको केन्द्र बिन्दु हो “

११/११/२०२३

00000