सृष्टिका प्रथम पुरुष मनु
मनु स्मृति:
मनु स्मृति हिन्दु धर्मको संबिधान नै हो भन्दा हुन्छ । मनुस्म्रितिलाई धर्मशास्त्र भन्दा पनि समाज र राज्यलाइ नियम कानुन भित्र बाधेर राख्नको लागि लेखिएको हुनु पर्छ । तत्कालिन अबस्थामा । जति खेर राज्यको नियम कानुन थिएन । त्यति खेर समाजमा मनुस्मृतिमा उल्लेख गरिएका नियम सस्कार धर्म कर्म जन्मेदेखिका मरणों उप्रान्त यसैमा उल्लेख भए अनुसार नियम कानुन अनुसरण गरिन्थ्यो र अझै गरिन्छ । यध्दपी अहिले सम्म हिन्दु धर्म मान्ने अनुयायीहरुले सस्कारमा बिबाद भयो भने मनुस्मृति र निर्णय सिन्धुलाइ आधार मानेर जन्म देखि मृत्युसम्मका कर्म काण्डी सस्कार सम्पन्न गरेको पाइन्छ ।
हिन्दू पौराणिक कथा अनुसार, मनु ब्रम्हाजिको मानस पुत्र हुन् । मनु मानवको पूर्वजको नाम हो। प्रत्येक कल्पको शुरुवातमा र ब्रह्माण्डको विनाश पछि देखा पर्ने पहिलो व्यक्ति नै मनु मानिन्छ। मनुकि पत्नी सतरुपा हुन् । उनका तिन वटी छोरी मधे देवहुती लाइ प्रजापति कर्मदा संग बिहे गरिदिएको तिनबाट जन्मेका एक मात्र पुत्र कपिल हुन भन्ने कुरा शास्त्रमा भेटिन्छ । चिनिया पुरातात्विक प्रमाण अनुसार मनुस्मृती १०,२२० इशा पुर्व पुरानो मान्दछन ।
मनुस्मृति संस्कृतमा लेखिएको हिन्दु धर्मशास्त्रको संबिधान हो । यसको १७७६ मा अंग्रेजीमा ब्रिटिश दर्शन शास्त्री विलियम जोन्सले हिन्दु कानुन बनाउनको लागि प्रयोग र उल्था गरेका थिए । मनुस्मृतिमा १२ अध्याय छन् । जसमा २६८४ श्लोक छन् तर कुनै संस्करणमा भने २९६४ छन् । लुइस जेकोलीअट( louis Jacolliot)ले लेखेका छन् । Manu Smriti was the foundation upon which the Egyptian, the Persian, the Grecian and the Roman codes of law were built and that the influence of Manu is still felt in Europe.)
मनुस्मृतिमा बारह अध्यायमा समावेश भएका निम्न बिषय उल्लेख गरेको पाइन्छ ।
(१) जगतको उत्पत्ति
(२) संस्कारविधि, व्रतचर्या, उपचार
(३) स्नान, दाराघिगमन, विवाहलक्षण, महायज्ञ, श्राद्धकल्प
(४) वृत्तिलक्षण, स्नातक व्रत
(५) भक्ष्याभक्ष्य, शौच, अशुद्धि, स्त्रीधर्म
(६) गृहस्थाश्रम, वानप्रस्थ, मोक्ष, संन्यास
(७) राजधर्म
(८) कार्यविनिर्णय, साक्षिप्रश्नविधान
(९) स्त्रीपुंसधर्म, विभाग धर्म, धूत, कंटकशोधन, वैश्यशूद्रोपचार
(१०) संकीर्णजाति, आपद्धर्म
(११) प्रायश्चित्त
(१२) संसारगति, कर्म, कर्मगुणदोष, देशजाति, कुलधर्म, निश्रेयस।
मनुस्मृतिमा सबभन्दा प्रचलित भनाइ यस्ता छन्
“महायज्ञैशच यज्ञेशच ब्राह्मीयं क्रियते तनु: ” १० अध्याय (२.२८)
अर्थात् ब्राह्मणको शरीर जन्मबाट बन्दैन, यज्ञादि श्रेष्ठ कार्य र शिक्षा-दीक्षा अनुसार ब्राह्मण निश्चय गर्दछ । अर्थात कर्मले ब्राह्मण बन्दछ ।
शूद्रो ब्राह्मणतामेति ब्राह्मणएचेति शूद्रताम् । क्षत्रियाज्जातमेवं तु विद्याद्वेश्यात्तथेव च॥ १०.६५ ॥
(शूद्र: ब्राह्मणताम्+एति ) शूद्र या शूद्र कुलमा जन्मेको ब्राह्मण वर्णले लिने शिक्षा-दीक्षा प्राप्त गरेर ब्राह्मण वर्णलाइ ग्रहण गर्न सक्दछ, और (ब्राह्मण: शूद्रताम्+एति ) ब्राह्मण या ब्राह्मण कुलमा जन्मेको व्यक्ति यदि आफ्नो निर्धारित कर्तव्योंलाइ पालन गरेन भने त्यो व्यक्ति शूद्र वर्णमा पतित हुन् जान्छ । (एवं तु) यस्तै प्रकार निश्चयपूर्वक (क्षत्रियात् जातम्) जन्मबाट क्षत्रिय माता-पिताबाट जन्मेका बालक या व्यक्ति पनी राम्रो र खराब मर्मको आधारमा उच्च र निम्न बर्ण परिबर्तन हुन्छ ।च) और (तथेब) उपर्युक्त प्रकारले (वैश्यात् विद्यात्) जन्मै बाट वैश्य कुलमा उत्पन्न व्यक्तिको पनी वर्ण परिवर्तन हुन्छ , यो वर्णव्यवस्थाको सिद्धान्त हो ।
जन्मना जायते शूद्र: कर्मणा द्विज उच्यते।
जन्मदा सबै मनुष्य शुद्रको रुपमा पैदा हुन्छन र कर्मले उसलाई माथिल्लो बनाउछ ।
धृति क्षमा दमोस्तेयं, शौचं इन्द्रियनिग्रहः। धीर्विद्या सत्यं अक्रोधो, दशकं धर्मलक्षणम् ॥
अर्थ – धैर्य, क्षमा, संयम, चोरी नगर्ने, स्वच्छता, इन्द्रियों को वश में रखना, बुद्धि, विद्या, सत्य और अक्रोध। – धर्मका दस लक्षण हुन्छन ।
नास्य छिद्रं परो विद्याच्छिद्रं विद्यात्परस्य तु।
गूहेत्कूर्म इवांगानि रक्षेद्विवरमात्मन: ॥
वकवच्चिन्तयेदर्थान् सिंहवच्च पराक्रमेत्।
वृकवच्चावलुम्पेत शशवच्च विनिष्पतेत् ॥
अर्थ – कुनै शत्रुले पनि आफ्नो छिद्र (निर्बलता) लाइ जान्न नसकुन तर स्वयं शत्रुको छिद्रोंलाइ जान्दै गर्नु, जसरी कछुआ आफ्नो अंगलाइ गुप्त राख्दछ, त्यस्तै शत्रुको प्रवेश गर्ने छिद्रलाइ गुप्त राख्नु , जसरी बकुला ध्यानमग्न भएर माछा समात्ने ताकत हुन्छ । त्यसरी नै अर्थसंग्रहलाइ विचार गर्नु , शस्त्र र बल वृद्धि गरेर शत्रुलाइ जित्नको लागी सिंहको जस्तै पराक्रम गर्नु । चीता समान लुकेर शत्रुलाई समात्नु र नजिक आएको बलमान सत्रुबाट भने खरायो जस्तै भागेर टाढा पुग्ने र छल गरेर सत्रुलाई समात्नु ।
नोच्छिष्ठं कस्यचिद्दद्यान्नाद्याचैव तथान्तरा। न चैवात्यशनं कुर्यान्न चोच्छिष्ट: क्वचिद् व्रजेत् ॥
अर्थ – न कसैलाई आफ्नो झुठो खानेकुरा दिनु । न कसैले भोजन गरिरहेको बिचमा गइ खाने । धेरै न खाने, खान खाएको जुठो हातले लिएर यताउता नगर्ने ।
तैलक्षौमे चिताधूमे मिथुने क्षौरकर्मणि। तावद्भवति चांडालः यावद् स्नानं न समाचरेत् ॥
अर्थ – तेल-मालिश गरेपछी,घाटमा सतिगति पछी, मिथुन (संभोग) गरेपछि र केश-मुण्डन गरेपछिका व्यक्ति चांडाल समान (अपवित्र) रहन्छ । जबसम्म स्नान गर्दैन त्यो अशुध्द हुन्छ । अर्थात यी काम गरेपछि नुहाउन जरुरी छ ।
अनुमंता विशसिता निहन्ता क्रयविक्रयी। संस्कर्त्ता चोपहर्त्ता च खादकश्चेति घातका: ॥
अर्थ – मार्नको लागी अनुमति दिने ,मासु काटने, पशुहरुलाई मेन पन्छीलाइ मार्ने, बेचने, मासुलाई पकाउने, पस्किने र खाने यी आठ प्राकारका मनुष्य घातक,हिंसाक अर्थात यी सबै समान पापी हुन् ।
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।।
अर्थ –अर्थात् जहाँ नारीलाइ आदर सम्मान गर्दछन, त्यहा देवताले रमण गर्दछन , जहा नारीलाई अनादर हुन्छ त्यहा सबै कार्य निष्फल हुन्छ ।
प्रजनार्थं महाभागाः पूजार्हा गृहदीप्तयः । स्त्रियः श्रियश्च गेहेषु न विशेषोऽस्ति कश्चन ॥
अर्थ – नारी सन्तानलाइ उत्पन्न गरेर वंशको अगाडी बढाउने श्रेयवाली हुन् ।, स्वयं सौभाग्यशाली हुन् र परिवारको भाग्योदय गर्नेवाली हुन् , ती नारीको पूजा अर्थात् सम्मानको अधिकारिणी हुन , प्रसन्नता र सुखले घरको प्रकाशित या प्रसन् गर्नेवाली हुन्छन , यों समझिये यस्तो सम्झनु होस् कि नारी घरकी लक्ष्मी र शोभा मा कोइ अन्तर छैन । त्यसैले नारीलाई घरकी लक्ष्मी र शोभा भनिएको छ ।
माथी उल्लेख गरिएका श्लोकहरूले समाजका लागि राम्रै सन्देश दिएको छ । मुनुस्मृतिको बर्ण ब्यबस्था नै हिन्दु समाजलाई बिखन्डन गरेको भन्ने ठुलो आरोप छ । एकातिर मनुस्मृतिमा जन्मदा सबै मनुष्य शुद्र हुन्छन र उसले शिक्षा ज्ञान प्राप्त गरेर उ माथिल्लो वर्ग हुन् पुग्छ पनी भन्दछन । शुद्र माथिल्ला बर्गका सेवक हुन पनि भन्दछ । शुद्रले माथिल्ला बर्गको सेवाबाट प्राप्त आम्दानिले नपुगे शिल्पकारी, कारिगरी ब्यबसाय गरि जीविका चलाउन सक्छ भनिएको भेटिन्छ ।
मनुको दर्शन : “ ब्राह्मण र क्षत्रियबीच सुमधुर सम्बन्ध भएमा समाज अझ सुरक्षित हुन्छ भन्ने मनुको विचार थियो । वैश्यहरू व्यापार र व्यापारमा संलग्न थिए भने शूद्रहरू केवल उच्च तीन जातको सेवामा सीमित थिए। मनुले शूद्रहरूलाई सबै सामाजिक र पवित्र शिक्षाबाट वर्जित गर्नुपर्छ भनेका थिए “ उनले भनेका छन् मनुष्यले जिबनमा तिन काम अबस्य गर्नु पर्छ, युवा अबस्थामा लाभदायक उदेश्य शिक्षा र अर्थ आर्जन गर्न आबस्याक छ । आर्जिक धन सम्पत्तिको भोग गर्नु र बुढेसकालमा धर्म र मोक्षमा ध्यान दिन आबस्याक छ । मनुस्मृतिमा बिशेष गरेर राज्य र राजाको सिध्दान्त र कर्तव्यलाई महत्व दीएको छ । त्यसैले मनुस्म्रितिलाई तत्कालिन अबस्थाको सबिधान र कानुन नै भनिएको थियो । अझै पनि हाम्रो हिन्दु समाज मनुस्मृतिले कायम गरेको बर्ण ब्यबस्थालाइ अनुसरण गरेको देखिन्छ र शंशोधन गर्न सकेको छैन । शुद्रहरुलाई ब्राह्मण क्षत्री वैश्य सरहको सम्मान गर्न सकेको देखिन्न । हिन्दु समाजमा कतिपय स्थानमा अझै दलित र अछुत मान्दै शुद्रलाई अन्त्यन्त दमन र हिँसा गरेको पाइन्छ । डा भीमराव अम्बेडकरले डिसेम्बर २५, १९२७ मा मनुस्मृतिलाइ जलाएका थिए । क्रमश :
०००००००