३. ब्रह्म्वादी वादरायण  (३०० इशा पुर्व) 

एक भारतीय दार्शनिक र ऋषि थिए जो वेदान्तको हिन्दू दार्शनिक विद्यालयको स्रोत पाठ ब्रह्म सूत्रका प्रतिष्ठित लेखक थिए। उनको जीवनकाल का अनुमान लगभग पाँचौं शताब्दी ईसा पूर्व देखि तेस्रो वा चौथो शताब्दी ईस्वी सम्म धेरै व्यापक रूपमा भिन्न हुन्छ। उनको काम ब्रह्म सूत्र विभिन्न मिति 500 ​​ईसा पूर्व 450 ईस्वी सम्म छ। बादरायणका ब्रह्म सूत्रहरू, जसलाई वेदान्त सूत्र पनि भनिन्छ। यसको वर्तमान रूप 400-450 CE वरिपरि कम्पाइल गरिएको थियो । 

तर “सूत्रको ठूलो भाग त्यो भन्दा धेरै पहिले अस्तित्वमा भएको हुनुपर्छ”  बादरायणको जीवनकालको मितिको अनुमान 200 ईसा पूर्व र 200 ईस्वी बीचमा भिन्न छ। बिभिन्न स्थानमा वाद्रायणको जीवनकाल फरक छ ।कसैले महाभारत कालमा ब्यास र वादरायणलाइ समकालीन मान्दछन । बादरायनलाई वेदान्त प्रणाली, वेदान्तसूत्र उर्फ ​​ब्रह्मसूत्रको आधारभूत पाठ लेखिएको मानिन्छ।  यसरी उहाँलाई वेदान्त दर्शन प्रणालीको संस्थापक मानिन्छ।

वेदान्त साहित्य 

वेदान्त साहित्य मुख्य रुपले परमब्रह्म वास्तविकता हो, एक सेकेन्ड बिना, स्थान र समय, नाम र रूप, आदि वा अन्त्य बिना। ब्रह्म मायाद्वारा बहु-सृष्टिको रूपमा प्रकट हुन्छ ।यसरी ब्रह्माण्ड एक भ्रम हो जुन निरन्तर परिवर्तन भइरहेको छ।

बौधयन र र उपवर्षले वेदान्त सूत्रोका पुस्तक लेखेका थिए । वेदान्त साहित्यमा शंकर (७८८-८२० ) हर्शवर्धन ६४०इश पुर्ब धर्म कृति ६०० इशा कलम  चलाएका थिए । 

वेदान्त सूत्र 

श्री व्यास (बदारायण वा कृष्ण द्वैपायन), जैमिनीका गुरु, ब्रह्म सूत्रका लेखक हुन् । वेदान्त सूत्रहरू बिबिधकालमा बिभिन्न गुरुबाट व्याख्या गरिएको भेटिन्छ । ब्रह्मसूत्रको अध्ययन उपनिषदको अध्ययन हो। * वेदान्त सुत्र अनुसार उपनिषद अनुसार ब्रह्मालाई जगतको उत्पत्ति स्थिति प्रलयको कारण मान्दछन ।* पुनर्जन्म स्वप्न सुशुप्ती, आदि अबस्था उपनिषद्का उपदेशको प्रयोजन, ब्रह्मज्ञानबाट मुक्ती कर्ममा सहकारिता । * ब्रह्मज्ञानको फल शरिरांत पछी मुक्तको यात्रा * अन्तिम यात्राको बाटो, मरेपछीको  मुक्ति अबस्था र अधिकार बारेमा व्याख्या गरेको पाइन्छ । 

वादरायणको दार्शनिक विचार : 

वादरायनले उपनिषद्का सिध्दान्तलाई ब्याख्या गर्न चाहेका थिए । तर वाद रायनक सूत्रलाइ लिएर आजकल व्दैत, अव्दैत, व्दैतअव्दैत,शुध्द अव्दैत, विशिष्ट- अव्दैत, त्रैत आदि वादका बारेमा कलम चलाएका थिए । सविअले दावा गरेका छन् कि भगवान नै बादरयनका एक मात्र उत्तराधिकारी हुन् । वादरायंले भिभिन्न ऋषिका मतभेदलाइ समन्वय गर्न चाहेका थिए । 

तर उपनिषद्मा धेरै नै मदभेद भएकाले अनुयायीहरुले सर्व समन्वय नीतिलाई मानेनन । आजकल भिभिन्न सम्प्रदायमा वेदान्त धेरै नै मदभेद छ । रैक्य, आरुनी, याक्यवाल्क्यका दर्शनमा समेत यस्तै मतभेद थियो । यहाँ ब्रह्म जगत जीव आदिका बारेमा प्राय वादरायानको बिचार दिइन्छ । उनको सिध्दान्तको सबभन्दा नजिक यदि कसैको वेदान्त छ भने रामानुजको नै हो । 

वाद्नारायणले* ब्रह्म उपादान -कारण * सृष्टिकर्ता * जगत * जीव *अनु स्वरूप आत्मा * कर्ता आत्मा * ब्रह्माका अंश जीव ः* जीव ब्रह्म होइन * जीवका साधन * जीवका साधन * जीवको अबस्था * कर्म * पुनर्जन्म * मुक्ती * मुक्तिको साधन* ब्रह्म बिध्या * विद्या * कर्म * उपासना को रंग * मुक्तको अन्तिम यात्रा * मुक्तको वैभव *वेद  नित्य छ * आदिको व्याख्या छ । 

सुद्रहरुमा अत्याचार : वादरायन छुवाछुत कै पक्षमा थिए । बर्नाश्रम धर्ममा नै उनको साथ् समर्थन थियो । वाद नारायणले ब्रह्म विद्यामा कलम चलाई रहे । तर याज्ञ्यवल्क्यले भने अन्तरयामी ब्रह्म, शारीरिक ब्रह्म लाइ दार्शनिक बिचार बनाउन चाहेको देखिन्छ ।  

क्रमश :

                                                       00000