दाइ गएको थुप्रै दिन भैसक्यो अझै फर्कनु भएको छैन । ज्वाइसंग भेट भएर बसेको भए त ठिकै थियो तर दाइ नै कतै अलमलिनु भयो कि ? भान्जाहरुलाई ज्वाइको जिम्मा लगाएर लाहुरतिर हानिनु त भएन ? यस्तै मनमा कुरा खेली रह्यो । 

बाको आँखाले  हेरेर दाइ र बाबुलाई खोजेको भान हुन्छ । बोलेको 

बुझिदैन । कहाँ गयो छोरो भन्नु भा को हो ! भन्नु हुन्छ आमाले, बा को अस्पष्ट बोलि आमाले बाहेक कसैले बुझ्दैनौ । आमा पनी छोरो अहिलेसम्म फ़र्किएन । के भो होला ? मदेश तिर हैजाले धेरै मान्छे मर्छन रे । तिहारको टिका थाप्न पनि आउनु हुन्न कि भनेर चिन्ता लागेको थियो ।

दाइ भाइ टिकाको अघिल्लो दिन साँझ टुप्लुक्क आइ पुग्नु भयो । आमा र मलाइ दाइ नआएसम्म चैन थिएन । दाइ आउनु भयो । दाइ एक्लै आएको हुनाले ज्वाइसंग भेट त पक्कै भएछ भन्ने मैले अनुमान लगाई सकेकी थिए । त्यति खेर मोटर बाटो पनि थिएन । मोटर चल्ने कुरै  भएन  । नुनको भारिसंग दाइ तिन दिन लाएर आउनु भएको रहेछ । खुट्टामा भरि फोड़ा  परेका, अलि अलि सुन्निएछ पनी, आमाले पानीमा अलिकति नुन हाली तताई दिनु भयो । गोडा त्यसैमा चोबली राख्न लगाउनु भयो । आमालाई छोराको कति पिर छ ! पिर किन नहोस एक्लो छोरो हो ! 

बा को त्यस्तो अबस्था छ, न राम्ररी बाच्न देको छ, न त मर्न नै , खाना खाइवरि बल्ल ज्वाइको बारेमा आमाले सोध्नु भयो । अब सबै कुरा भन ; ज्वाई के गरि बस्नु भएको रहेछ । भेटन र भेटिस हैन ! अनी दाइले बेली बिस्तार गर्न लाग्नु भयो । पहिले मदेशको बुटवल बजार पुगेर घ्यु साहुलाई बेचे ।  केहि पैसा खल्तीमा राखे । फर्कदा नुन तेल किन्ने जोहो गरिहाल्न पर्यो भनेर । पुलका मुनी जमदारको चिया पसल रहेछ । तिनी संग एक दोवटा भट्टी पसल मात्रै थिए ।  रक्सि मासु खाने मान्छे भट्टी पसल तिर पस्थे । चिया स्या भात खाने मान्छे जमदारको पसलमा बसेर खान्थे । 

संजोगको कुरा हो मैले जम्दारसंग नौकट्टी भन्ने ठाउमा एक जना पण्डित बाहुन छन् । तपाइले चिन्नु हुन्छ ? भनेर सोधे । जमदारले ज्वाइलाइ त बेस्सरी चिन्नु हुदो रहेछ । हाम्रो पुरेत नै वहाँ हो । `उनले झिसमिसे बिहान नहुँदै ढुंग्यन बाटोमा चल्ने हरियो रंगको ट्रकमा जमदारले  चढाई दिए । मैले एक मोहर भाडा दिए । ड्राइभरले लौ नौकट्टी आयो भन्दै हामीलाई झराल्यो ।

  नजिकै बाटामा  एक आध वटा खरले छाएका ठाटीघर, धेरै जस्ता कटेरा फुसका छाना भएका घरहरु थिए । ठुला ठुला अजंगका रुखका बिचमा गरा बनाएर खेतीपाती गरेका रहेछन । कतै खालि थिए जमिन कतै खेति गरेको देखिन्थ्यो । बाटामा कताकति मान्छे भेटिन्थे । लाग्थ्यो सबै मान्छे बसाइ सराइ हुदाको अस्तव्यस्तमा देखिन्थे । एक जना मान्छेलाइ सोधेपछि बल्ल घर भेटाइयो, ज्वाइ बसेको घर  । ज्वाइलाइ न वहाको नामले चिन्थे, न वाहाको पहाडको बसाइको हिसाबले चिन्थे ।

 यहि नौकत्ति लाइ कोइ कोइले ड्राइभर टोल  भन्दा रैछन, धेरै ड्राइभरहरु बसेकोले ड्राइभरटोल भाको रहेछ । पछि ज्वाइलाइ सोधे, नौकट्टीलाई ड्राइभरटोल पनि भन्दा रैछन ? ज्वाईले भन्नु भयो । पहिला काठमांडू तिरका एकजना ड्राइभर बाजे भन्ने व्यक्तिले यहाँको जमिन्दारी किनेका थिए रे । र पछि ड्राइभरहरुलाई आफ्नै जग्गा मिलाएर दिएर टोलै बनाएका थिए रे ।  ति ड्राइभर बाजे ज्वैको सम्पर्कमा आए पछि उनैले ज्वाइलाइ पहाड फर्कन बाट  रोकेका हुन् रे । 

 ज्वाइले आफुलाई न जिम्माल्को खलक भनेर चिनाउनु भएको रहेछ । न वहाको सहि घरको ठेगानाले, वहाको नाम चक्रपाणि थियो । त्यहाँका मान्छेले त्यो नामले चिन्दैनन  । रुपाकोट पण्डित भनेर चिन्छौ भने । वहाको घर पनि रुपाकोट थिएन । पहिला त मलाइ लाग्यो, यी हाम्रा ज्वाई होइनन क्याहो ? भेट्न त पर्यो । भेटेपछि थाहा भैहाल्छ भनेर सरासर गाउका मान्छेले बताए कै घर पुग्यौ । 

ठाटी घरको तल कुनै भित्ता थिएन  । लिस्नो बाट चढेर आटी  माथी आटीको माटोले लिपेको भिता, एउटा कुनामा पकाउने भान्छा, अर्को छेउमा सुत्ने बनाको रैछ । आफु बाहिर जादा लिस्नो माथि घोप्टे ढोका लगाएर जाने रहेछ । हामि पुग्ने ज्वाई बाहिर निस्कन बाहिर लाग्नु भएको रैछ । एकाएक मलाइ देखेर अलमलमा पर्नु भयो । ढोगभेट गरेर हामिलाइ बस्न भनेर एउटा न्वारन गराएर आउछु भनेर निस्कनु भयो ।

ज्वाइको त्यो एकल बसाइ,  सारा गाउका पुरेत पण्डित भैसक्नु भएको रहेछ । सबैलाई आफुले सहयोग गर्ने, न लोभ नै गर्ने । गाउलेहरुले सबैले सम्मान गर्दा रहेछन । केहि दुख सुख परे, सुनाउने ठाउ भएको रहेछ । तराइको ठाउ औलो लागेर भकाभक मान्छे मर्छन भनेको सुनिन्थ्यो । तर गाउमा त्यस्तो कुनै हल्ला थिएन । मपनि खाना खाइवरि गाउ तिर घुम्न थाले । त्यहाँ त पहिले घनघोर जंगली रहेछ । सरकारले बस्ति बनाउन बेचेको रहेछ । सरकारले बेचेको जग्गालाई नम्बरी जग्गा भनिदो रहेछ । गाउ देखि अलिअपर पुर्ब सुकुम्बासी बस्ती थियो । जताततै रुख थालेर काठ चिरान भैरहेको देखिन्त्यो । यता सबै कम्पनि मोहर चल्दो रहेछ । जसले जमिदारि किनेको थियो तिनैले जग्गा कित्ता काट गरि बिघा बनाएर बेचेका रहेछ । 

साँझ ज्वाई घर फर्के पछी, संच बिसन्च कुरा भए । पहिले मलाइ ज्वाइलाइ कुटौ जस्तो रिस उठेको थियो । तर सबै रिसलाई दवाएर नरम र आदरका साथ् सबै वहाँको कुरा सुने, बैनीको घरवार कुरा थियो  । वास्तबमा ज्वाई आफ्नो पहाडको बसाइलाई टुंग्याएर तराइमा आउन पहिले देखि कोशिश गर्नु भएको रहेछ । 

आफ्नो घर खेत बेचेर आउने पैसाले तराइ तिर जमिन्दारी नै आउने रहेछ । यो कुरा बुझे पछि, थोरै खेतबारी भएको खान समेत नपुग्ने सम्पत्तिमा किन लडेर बस्ने भन्ने रहेछ । तर घर खेत जिम्माल टोलमा भएकोले गाउ बाहिरको मान्छे जिम्माल्को टोलमा आउन  हिम्मत नगर्ने । आफ्ना दाजु भाइले सम्पतीको भाउ नदिने सित्तै जस्तै खान खोज्ने । कुरा मिलेको थिएन रे  । 

अझ छोरालाई उचालेर बेच्ने नदिने भई हाले । घरको कारोबार पनि मिलाउन सकेको थिइन् । जब मान्छे आफ़्नै मान्छे र सन्तानबाट हार्छ नि । त्यो ठाउमा बस्न नहुने रहेछ । मलाइ न त मेरो बाउको जिम्माली नामले खान दिन्छ \ न त दाजुको जिम्माली पदले शुखि गराउछ । मैले आफ्ना सन्तानलाई समेत ब्यबस्था मिलाउन सम्पत्तिको बेच बिखन गर्न आफ्नै मान्छे लागे अनि यस्तै झमेला होला भनेर बिहे नगरी बसेको थिए । बिहे भयो तपाइको बैनिसंग । छोरा हरु साना थिए । हुर्काउन सजिलो होला गृहस्थी धान्न सजिलो होला भन्ने लागेको थियो । अब छोरा ठुला भए । हान्ने मार्ने भए । आफ्नो ब्यबस्था गर्न सकेर मलाइ समेत सहायता गर्लान भनेको पौरख गर्नु त कता कता त्यही निम्सरो सम्पत्तिमा लडन पुगे । उनीहरुले तपाइँ बैनी तर्फ जन्मेका सन्तानलाई देखि सहेनन । म घर नभएको बेला पारेर अनेक दुख दिन थालेको बुझेको थिय । 

जब बाउ माथि नै पाखुरा खिच्न थालेपछि । अब घमा बस्न उचित छैन भनेर घर छोडेको हो । मैले अर्को ब्यबस्था गर्न पर्यो । नभए जोगी भएर हिडन पर्यो । हेरु केहि ब्यबस्था गरेर फर्कौला भनेको केहि तह मिलेको छैन । जेठान । पैसा नभएसम्म केहि हुन्न । पहाडको न पुरे  न आधा अंशको जग्गा जमिन नै बेच्न सकिन्छ ? अर्काले सम्पत्ति दिने कुरै भएन । 

यो घर र खेत सस्तोमा तिमीलाई मिलाई दिन्छु भनेका छन्, ड्राइभर बाजेले । खेति पाती राम्रोसंग गर्न सकिएन । छरुवा धान लगाएको छु । खनजोत गरेर धान रोप्न पाएको भए , अन्न बालि राम्रै हुने थियो क्यारे । धन्न मलाइ खान यहि पुरेत्याइले पुगेको छ । अब धान भित्र्याएर मात्रै जहान केटाकेटीलाई लिन जाने सोचेको थिए भन्दै लामो सुस्केरा हाल्नु भयो ।

 जुना घराँ बस्न सकिनन् र माइत गाको  भन्ने सुनेको थिए । सन्चै होलान । ससुरा सासु केटाकेटी सबै ठिकै होलान । जनाले त मलाइ धिक्कारी होलिन । कतै मर्यो  कि ? मैले खबर पठाएको थिए । सायद तपाइले खबर नपाएर होला ? मैले यो हिउदमा लिन आउछु भनेकै थिए । 

यी सबै कुरा ज्वाइको मुखबाट सुने । तै भएर धान पाक्न लागेको थियो । धान स्यारेर आउन लाग्दा ढिलो भयो । ज्वाइलाइ मैले भनेको छु । बैनी, भान्जा भान्जीलाइ लिएर मै आउने छु । यहाँ जे जति मिलाउन सक्नु हुन्छ ! ब्यबस्था गर्दै जानुस । पहाड तिरको खेतीपाती स्यारेर तिहार मानिवारी मङ्सिर महिना भित्र आउछु भनेर ।दोवटै  बाबु भान्जालाइ छोडेर आए । भनेर दाइले आमालाई सुनाउनु भयो । बा बोल्न नसके पनि अनुहार उज्यालो पारेर आँशु खसाल्नु भयो । मलाइ त जिबनको कहाली लाग्दो अध्यारो खाडलमा उज्यालो घाम लागे जस्तो अनुभव भयो । माइतीघर  गाउको साबि दुख भनाइ कटाक्ष पिर बाधाहरुको सबै सकिएको अनुभव गरे । सरिरमा अनौठो अनुभुत्तिले प्रवेश गर्यो । आमाले सबै इष्ट देवलाई कोटी कोटी नमस्कार गर्नु भयो । 

क्रमश:

 

०००००