क्रमश :

२. योगवादी पतन्जली ४०० इशा पुर्व 

पताजलिले २५० इशा पुर्व देखि नै प्रचलित योग क्रियालाई १९४ सुत्रमा समाहित गरेका थिए । यी सूत्रलाई चार भागमा बाडेर समाधिपाद ५१ सुत्र, साधन पाद ५५ सुत्र, विभुतिपाद ५४ सुत्र, कैवाल्य पाद ३४ सुत्र गरेर लेखिएको छ । 

पतंजलीलाइ दार्शनिक बिचार र योग साधना सम्बन्धि बिचार गरि दुइ किसिमबाट बरण गर्न सकिन्छ । दार्शनिक बिचारमा चित्त चेतन, बाह्य जगत ( दृश्य) , तत्वज्ञान, लाइ लिन सकिन्छ । उनले प्रसंगवश निम्न बिचार प्रकट गरेको पाइन्छ ।

१. जीव (द्रष्टा) : द्रष्टा शुध्द निर्विकार भएर पनि बुध्दिको क्षमता अनुसार नै देख्दछ ।त्यसैले दृश्य प्रत्येक व्यक्ति अनुसार नै जगतको स्वरुप देखिन्छ । दृश्य वा जगतको स्वरुप पनि उही द्रष्टाको लागि नै हो । उनले चेतन जीव निर्विकार छ भन्दै त्यो भोगी बुद्धिका प्रभु अपरिनामी (निर्विकार) छ । भन्दछन । त्यसैले क्षण क्षणमा चित्तवृति बदलिन्छ । तर  उसलाइ चित्तको ब्रिति भने सधै ज्ञात  हुन्छ । 

२. चित्त :(मन) :महर्षि पतञ्जलीले आफ्नो प्रसिद्ध योग सूत्रमा उल्लेख गरे अनुसार चित्त प्रसादनम, मूल्यवान बुद्धि हो जसले हामीलाई शान्तिपूर्ण र सुन्दर मनस्थिति कायम राख्न मद्दत गर्न सक्छ, अरूको कार्यलाई ध्यान नदिई। योगमा चित्तलाई मन-सामग्रीको रूपमा परिभाषित गरिएको छ । चित्त जसमा मल कर्म विपाक असंख्य वासनाबाट युक्त भएको हुन्छ त्यस चीजलाई शुद्ध र सुन्दर बनाउने कार्य  नै योग हो।

३. चित्त वृति 👍: पतंजलिको अनुसार जब सम्म चित्तको वृति बिनास हुदैन तबसम्म जीवले आफुलाई शुध्द ( कैवल्या) रुपमा स्थित हुन् सक्दैन । चिताको वृति हुने गर्दछ । जुन ब्रिती हुन्छ त्यहि रुपमा स्थित हुन्छ । पतंजलिले पांच चित्तबृतीको बारेमा व्याख्या गरेको पाइन्छ । 

  • प्रमाण : यथार्थ ज्ञानको साधन, प्रत्यक्ष, अनुमान र शब्द यी प्रामाणको रुपमा चित्तवृती क्रियाशील हुने गर्छ त्यसैलाई प्रमाणवृती भनिएको छ ।
  • विपर्यय : वास्तविक बस्तुको ग्यान नभैकन मिथ्या ज्ञान जुन भ्रम मात्रै त्यस्तो चित्त ज्ञानलाई विअप्र्यय चित्तावृती भनिएको छ । 
  • विकल्प : कुनै बस्तु नदेखिकन, उसको नाम कल्पना गरिएको चित्तवृतिलाई विकल्पचित्त वृती भनिएको छ । 
  • निद्रा : बस्तुको अभावको चित्त समाहित भएर हुने चित्त वृतिलाई निद्रा चित्तावृति भनिएको छ ।
  • स्मृति : जुन बस्तु बिषयको अनुभव छ, प्रमाणको रुपमा मनमा अबस्थित हुने गर्छ । त्यस बस्तु अबस्था अनुभव चित्तमा लुप्त नहुनुलाइ स्मृतिचित्त वृती भनिएको छ । चित्तवृतिमा स्वप्नको अबस्था पनि चित्त्वृती हो तर पतंजलीले स्वस्प्नको बारेमा उल्लेख गरेको पाइदैन । 

४. इश्वर : जब हामीले जीव र जगतलाई आत्मसाथ गरिसकेपछि यी दुवै चिजलाई सामजस्य पार्न इश्वरको अस्तित्वलाई स्विकार गर्ने पर्ने हुन्छ । जुन चेतन तत्वसंग अनुकुल होस् र अर्को जड तत्वसँग विपरित होस् । इश्वरमा पूर्ण ज्ञान होस्, पूर्ण आनन्द होस्, जो सर्वज्ञ होस्, सर्व ब्यापक र सर्व शक्तिमान होस् । त्यस तत्वमा जीव आत्माको मिलनको ध्येय बनोस । जो ज्ञानको पूर्ण भण्डार होस् । जुन ज्ञान स्वरुप जसको ज्ञानबाट जीवले अबिध्याका बन्धन चुडालेर दुखबाट सर्वथा मुक्ति पाउन सकोस । 

अन्य इश्वर्वादी दार्शनिकले इस्वरको बारेमा यस्तो भने पनि पतंजलिले इश्वरलाई सृष्टिकर्ता भनेर भन्न चाहेनन् न त कर्म फल दिलाउनेवाला नै भन्न चाहन्छन ।उनले चित्त वृतिलाइ निरोध अर्थात बन्द गरि योग अभ्यास व्दारा विषयबाट बैराग्यका उपाय बताएका छन् । त्यसैसँग पछि इश्वरको भक्तिले समाधिको शिध्दी हुन्छ, भनेका छन् । पतंजलिको अनुसार इश्वरलाई खास किसिमको पुरुष हुन् जुनमा अविध्या, राग वदेश, धर्म अधर्म रुपी कर्महरु कर्मफल र सस्कारबाट निर्लेप अर्थात मुक्त छन् । र उनले इश्वरलाई प्राथमिकता साथ् सर्वज्ञ बिजको संज्ञा दीएको पाइन्छ । उनको भनाइ अनुसार मानिसहरु बुध्द भएर मुक्त हुन्छन भने इश्वर सर्वथा मुक्त पुरुष मानेका छन् । इश्वरको वाचक ओम हो ।ओमको वाचन जप  गर्नाले प्रत्येक चेतनका साक्षात्कार हुन्छ र रोग संशय, आलस्य चित्त विक्षेपरुपी बाधाहरूलाई नाश गर्दछ । भन्न कुरा समावेश भएको पाइन्छ । 

५. भौतिक जगत :(दृश्य ): पतंजलिले जीवलाई देखने वाला द्रष्टा  भनेका छन् । भौतिक जगत र शान्ख्यलाइ मुख्य मानेर दृश्य शब्दको प्रयोग गरिएको छ । सत्व, राज,तम, तिन गुणको कारणले प्रकाश गति र गति स्थिति स्वभाववाला पाँच महाभुत र पाँच तन्मात्रा, पांच इन्द्रिय, पांच कर्मिद्रिया, बुध्दि, मन अहंकार, मन, अन्त:स्करण स्वरुपी दृश्य जगत हो । जुन जीवको भोग र मुक्तिको लागि हो । 

क) प्रधान  – संख्याले पुरुषको अलावा प्रकृति प्रधान लाइ २४ तत्वो को प्रकृती -प्रकृती विक्रिती र  विकृती तिन प्रकारले बाडेका छन् भने पतंजलीले चार प्रकारले बाडेका छन् । 

सांख्यामा 

प्रकृती १,  =त्रिगुनात्मक 

 प्रकृतीविकृति – ७ = महातत्व(बुध्दि)१, / तन्मात्रा५, / अहंकार १,  

विकृती – १६ =  महाभुत ५,/ कर्मेंद्रिया ५, / ग्यानेंद्रिया५, मन १ 

योगमा : अलिंग १, लिङ्ग१  , अविशेष ६, विशेष १६ 

पांच तन्मात्र = गन्ध, स, स्पर्श, रुप, शब्द 

पांच भुत = पृथ्वी,जल, अग्नी, वायु, आकाश 

पांच इन्द्रिय=नाक, जिब्रो, आँखा, कान, छाला 

पांच कर्मेंद्रिया= वाणी, हात, खुट्टा, मल र मुत्र इन्द्रिय

मन, बुध्दी, अहंकार र प्रकृति गरेर संख्या अनिश्वर्वादिले २४ तत्व र पुरुष (जीव गरेर २५ ततव मान्दछन भने । इश्वर्वादी योगमा इश्वरलाई जोडेर २६ तत्व मान्दछन । भन्ने उल्लेख गरेको पाइन्छ । पुरुष अर्थात जीवको लागि नै दृश्य जगतको स्वरुप हो । यदि पुरुष जीवले कैवल्या मुक्ति प्राप्त गरेपछि उसको लागि यो संसारको अस्यित्व खतम हुन्छ । त्यसैले यो जगत बुध्द पुरुषको लागि पनी साझा भोग्य बस्तु हो । 

ख परिवर्तन : मनुष्य भित्र रहेका सम्पूर्ण तत्व परिवर्तन शिल छन् । मन बुध्दि अहंकार, इन्द्रियहरुको क्षमता विभिन्न अबस्थामा ऋतु अनुसार समय अनुसार परिवर्तन भैरहने हुँदा हाम्रा तत्वअपनी परिवर्तन शिल छन् । किनभने मनुष्यमा हुने सत्व रज तँ त्रिगुन प्रधान भएकोले त्यो भन्दा तलको २३ तत्व भएकोले सत्व प्रकाश्न्मय रज – गतिमय, तम- गतिशुन्यता मय अबस्थामा परिवर्तन हुन्छन भन्ने मान्यता रहेको छ ।  

योगको प्रयोजन 

योगको प्रयोजन के का लागि हो भने योगको अंगहरुलाई अनुष्ठान गरेर सिध्दा गर्न सके चित्तमा हुने मल बिकार्लाई नाश गरेर ज्ञानलाइ प्रकाशमान बनाउनु साथै कैवल्या प्राप्त गर्नु ध्येय हो । योग व्दारा यी चार वैदिक दर्शनका ज्ञान प्राप्त गर्नको लागी योग सहायक हुन्छ भन्ने मान्यता रहेको छ ।  १. हेय- दुखको वास्तविक स्वरुप के हो ? जुन हेय त्याज्य छ ? २. हेय हेतु – दुख कहाँबाट उत्पन्न हुन्छ ? त्यसको वास्तविक कारण के हो ? जुन त्याज्य दुखको वास्तविकता हेतु हो ? ३. हान -दुखको नितान्त अभाव के हो ? हान कुन अबस्थाको नाम हो ? ४.  हानोपाय- नितान्त दुख निब्रितिको साधन के  हो ?

योगको साधना :

पतंजलिको योग सुत्र अनुसार अश्तांग योगको माध्यमबाट नै मानवको मुक्ति सम्भव छ भनेर भनिएको छ । अश्ताङ्ग योगको बिस्तृत व्याख्या गर्दा धेरै हुने भएकोले सारांश मात्र उल्लेख गरिएको छ ।  पतंजलिको अश्टांग योगमा यम नियम आसन प्राणायाम प्रत्याहार धारणा ध्यान र समाधी ( ध्येय ध्याता र ध्यानको ज्ञानमा जसमा ध्येय मात्रको ज्ञान प्रकट हुन्छ । त्यसैलाई समाधि भनिएको छ । 

००००० क्रमश :