अध्याय  2.

इश्वरवादी दर्शन 

आधुनिक दर्शन, अनीश्वरवादी दर्शन र बिभिन्न धार्मिक तथा बिचारका बारेमा अध्ययन बाकि नै छ । त्यसको बारेमा क्रमश: लेख्दै जाने नै छु । वैदिक दर्शनलाइ बिस्तार गर्दै इस्वर्वादी दर्शन बुझ्न झन् गारो छ । यसैलाई बुझ्ने कोशिशमा लागेकै छु । इस्वरवादी दर्शनलाई मुख्य रुपमा तिन भागमा भएको मानिन्छ । जुन बुध्दिवाद, रहस्यवाद र शब्द वाद हुन् । अक्षपाद गोतामको न्यायशास्त्रलाइ बुध्दिवादी भनिएको छ । पतंजलीको योग शास्त्रलाई रहस्यवादी दर्शन भनिएको छ । वादारायणको वेदान्तलाई शब्दावादी भनिएको छ ।

१. बुध्दिवादी न्यायकार अक्षपाद( २५० इशा पूर्व )

जीवनी: अक्षपादको अर्थ हो, “खुट्टामा आँखा हुने” अक्षपाद न्याय दर्शनका प्रणेता मानिन्छन । न्याय वा तर्क दर्शन, छ वटा हिन्दू दर्शनहरू मध्ये एक, ५३८  पदहरू सहित पाँच अध्यायहरू छन्। यो ऋषि गौतम वा गोतम द्वारा 550 ईसा पूर्व मा स्थापित भएको थियो। भनेर डाक्टर सतिशचन्द्र विद्याभुषण मेधातिथि गौतमलाइ  आन्विक्षिकी(न्याय) का आचार्य बताए अनुसार ५५० इशा पूर्व साबित गर्न खोजेका छन् ।  उनले तर्कलाई उचित वजन दिए र दर्शनमा पुग्न 16 वर्गहरूको वैज्ञानिक प्रणालीमा भर परे। उहाँको दर्शनले शरीर, आत्मा र मोक्षको रहस्यलाई समेटेको थियो।

दार्शनिक बिचार ; बिशेष गरेर उंले सापेक्षावादी नागार्जुनको बिग्रह्व्यावार्तनी लाइ खण्डन गरि परमार्थ रुपलाई  प्रमाणको सत्ता  नमान्नको लागि जुन जुक्ति दिएका छन् अक्षपादले न्याय सुत्रमा नागार्जुनलाई खण्डन गरि परमार्थ प्रमाण लाइ साबित गर्न खोजेका छन् ।उनको न्यायसूत्रका प्रमाण , पुर्ब पक्ष, उत्तरपक्षका बारेमा व्याख्या गरिएको छ ।

अक्षपादका  धार्मिक बिचार: परलोक र पुनर्जन्म, कर्मफल, मुक्तिया अपवर्ग, मुक्तिको साधनमा उनले तत्वज्ञान, अर्को यम नियम मन र इन्द्रियको संयमको बारेमा आफ्नो धारणा राखेका छन् ।

क्रमश :