३.. ऋषि याज्ञवल्क्य  ( 700- ६५० ईसा पूर्व)

याज्ञवल्क्य- बृहदारण्यक उपनिषदमा चित्रण गर्ने एक हिन्दू वैदिक ऋषि हुन् । जो उद्दालकआरुणि गौतमका प्रमुख शिष्य थिए । याज्ञवल्क्यले अस्तित्व, चेतना र नश्वरताको प्रकृतिको बारेमा आध्यात्मिक प्रश्नहरूको प्रस्ताव र बहस गरेका थिए  र नेति नेति (“यो होइन, यो होइन”) विश्वव्यापी आत्म र आत्मालाई पत्ता लगाउनको लागि ज्ञानवादी सिद्धान्तको व्याख्या गरेका छन् । उहाँलाई श्रेय दिएका पाठहरूमा याज्ञवल्क्य स्मृति, योग याज्ञवल्क्य र वेदान्त विद्यालयका केही ग्रन्थहरू समावेश छन्। ऋषि याज्ञवल्क्य लाइ विभिन्न ब्राह्मण र आरण्यकहरूमा पनि उल्लेख गरिएको छ।

बृहदारण्यक उपनिषदमा, संवादको एक परिदृश्यले याज्ञवल्क्यलाई दुई पत्नी भएको चित्रण गरेको छ, एउटी मैत्रेयी जसले याज्ञवल्क्यलाई विद्वान पत्नी जस्तै दार्शनिक प्रश्नहरू सोधेर चुनौती दिन्छन् ।  अर्को कात्यायनी जो मौन छन  तर गृहिणीको रूपमा उल्लेख छ।

 जबकि याज्ञवल्क्य र कात्यायनी सन्तुष्ट घरेलु जीवनमा बस्थे । मैत्रेयीले मेटाफिजिक्सको अध्ययन गरेर “आत्मनिरीक्षणको आत्म-जिज्ञासा” बनाउनुको अतिरिक्त आफ्नो पतिसँग धर्मशास्त्रीय संवादमा समेत संलग्न भइन् भन्ने उल्लेख छ । तर  बृहदारण्यक उपनिषदको विपरीत महाकाव्य महाभारतमा मैत्रेयी एक युवा सुन्दरी थिइन्  जो एक अद्वैत विद्वान थिइन तर उनले कहिल्यै विवाह गरेकी थिइनन । भनिएको छ । 

“The figure of Yajnavalkya is considered by Scharfstein as one of the earliest philosophers in recorded history Yajnavalkya is credited by Witzel for coining the term Advaita (non-duality of Atman and Brahman). The ideas attributed to him for renunciation of worldly attachments have been important to Hindu sannyasa traditions”

 याज्ञवल्क्यको व्यक्तित्वलाई शर्फस्टाइनले रेकर्ड गरिएको इतिहासमा प्रारम्भिक दार्शनिकहरू मध्ये एक मानिन्छ। याज्ञवल्क्य को अद्वैत (आत्मा र ब्राह्मण का गैर-द्वैत) शब्द को निर्माण को लागी विट्जेल द्वारा श्रेय दिएका छन् । सांसारिक त्यागका लागि उहाँलाई श्रेय दिएका विचारहरू हिन्दू संन्यास परम्पराहरूमा महत्त्वपूर्ण 

छन्।

उनको दर्शन याग्यवाल्क्याले कर्म र पुनारजन्मको बारेमा, आध्यात्मिक मुक्ति, राजा जनकसंगको सम्बादमा प्रकासको मानिसमा प्रभाव, आफैमा नेती नेतीको व्याख्या,सपनाहरु आफैको सक्रिय हुनुको अनुमान  ।, प्रेम र आत्मा ,  यसको एकत्व्भावाको चर्चा,

                                                ०००० 

क्रमश :