५. उपनिसद (७००-१०० इशा पुर्व )

  • इश, छान्दोग्य, ब्रिहदारण्यक  (७०० इश  पुर्व )
  • एतरेव, तैत्तिरीय (६००-५००इशा पुर्व )
  • प्रश्न ,केन, कठ ,मुन्ड़क, मान्डूक्य ( ५००-४०० इशा पुर्व )
  • कौशितकी, मैत्री,श्वेताश्वातर (२००-१०० इशा पुर्व ) 

यी सबै उपनिषद् ७०० दखि १०० इशा पुर्व रचना गरिएका थिए । – सास्कृत्यान अनुसार 

उपनिषद्का ज्ञात अज्ञात दार्शनिकहरु आपसमा शास्त्रोस्त्र गरेर बिचार बिमर्स गरि सहमति र भिन्न बिचार राख्ने गर्दथे । आरुणी र उनका सिष्य  याज्ञवल्क्यहरु अव्दैत( आत्मा परमात्माको एकत्व) बिग्यानवादलाइ जोर दिएका हुन्थे भने अर्काथरि व्देतवाद (आत्मा र परमात्मा अलग अलग मान्ने) को पक्षमा पैरवी गर्दथे, तेश्रो थरि सरिरको रुपमा ब्रह्म र जगतलाई अव्दैतता स्विकार गरेका छन्  । साच्चै भन्ने हो भने यिनै दार्शनिकका बिचारलाई उनका शिष्य परम्पराको अनुसरणले अपूर्ण रुपमै भए पनि यादगरेर राखेको संग्रह नै उपनिसदको रचना हो भन्दा हुन्छ । यी उपनिसदमा न दार्शनिक, न त  व्दैत र अव्दैत बिचारलाई नै प्रमुख मानेका छ । 

इश उपनिषद् – यजुर्वेदसंहिता अन्तिम अध्यायमा अठार श्लोक छ ।यसमा इश्वरको सर्वब्यापकता, कार्यको अनिवार्यता व्यबहार ज्ञान अबिध्या बाट परमार्थ ज्ञान(ब्रह्म- विद्या ) प्रमुख मान्दै सदा कर्मशील हुदै जीवन व्यतित गर्न भनिएको छ ।  

 “ईशा वास्यमिद  सर्वं यत्किञ्च जगत्यां जगत ।”                                                                                                      त्यक्त्तेन भुञ्जिथा मा गृध: कस्यं स्विध्दनम् ।।१॥

प्रथम श्लोकले यसको भावार्थ यस्तो छ, इश्वर सर्वव्यापी हुनुन्हुन्छ, त्यागको साथै भोग गर्नु पर्दछ । अरुको धनमा लोभ लालच नगर “ भनिएको छ । तात्कालिक अबस्थामा शासक बर्ग सामत वर्गहरुको अन्याय अत्याचार र भोग विलासको सिमा नाघी सकेको थियो । दाश दाशीको रुपमा मानिसलाई बेच बिखन गरेर खान लाउन पनि दाश दाशी भएन जीवन पर्यन्त मर्नु पर्त्यो । यसले गर्दा समाजमा निराशा र अकर्मन्यता बढेर गएको थियो । त्यसैले यो श्लोकले इश्वर सर्वव्यापी छन्, अरुअको सम्पत्तिमा लोभ नगरिकन त्याग गरेर भोग गर्न प्रेरणा गर्दछ । राज्य र धर्म शासनगर्ने बर्गको अकर्मन्यता हटाउन   दोश्रो श्लोकमा“ सय बर्शसाम बाच्ने इच्छा राखेर यहा काम गरिराख” भनेर उपदेश दिएको छ । जव यज्ञ बिधि बिधानले जनमनलाई शान्त गराउन सकेनन । कर्मकाण्ड यज्ञ यज्ञादीलाइ मानिसले त्याग गर्न थाले तव तेत्रित्व बर्गले मैदान छोडेर नाभागुन भनेर कर्म गर्न नछोडिकन सय बर्ष बाच्ने इच्छा गर्नेको लागि उपदेश दिइएको भन्ने विध्दानको मत छ । 

छान्दोग्य- छान्दोग्यका प्रधान दार्शनिक उद्दलक आरुणी  (गौतम) को स्थान यदि सुकरात हो भने उनको शिष्य याज्ञवल्क्य वाजसेनेय उपनिसदको अफलातुं हुन् । बृहदारंयक उपनीसदले पनी कर्मकाण्डलाइ प्रसंशा गर्न छोडेका छैन । आदित्यलाइ देव मधु भनेको छ । रैक्व,सत्यकाम,जाबाल, उनका सिश्य उपकोशलका  कथा र उपदेश छन् ।यसमा सातपथ ब्राह्मण बाट थाहा पाइन्छ कि आरुणी बहुत प्रसिध्द ऋषि हुनुको साथै  र यज्ञबल्क्यका  गुरु थिए । नारदले सनत कुमारसंग ब्रह्मज्ञान सिक्न गएको कुरा पनि यो उपनिसदमा छ । त्यस्तै आत्माको साक्षात्कार हुने उपाए समेत बताइएको छ । छान्दोग्य उपनिसदमा समेत कर्मकाण्डसंग नाता तोडन सकेको छैन ।बरु यसको ज्ञान काण्डमा अझ पुष्ट्याई गरेको छ । होम गरेर अग्निहोत्र जस्ले गर्दछ त्यो पाप मुक्त हुन्छ भनेको छ ।

छान्दोग्य समयमा सुन चोर्ने , रक्सि पिउने, गुरु पत्नीसँग व्यभिचार गर्ने, ब्रह्महत्या गर्ने र यिनको संगत गर्ने मानिसलाई दुराचार दुष्कर्म मानिन्थ्यो । यज्ञ, वेदअध्ययन, दान यी तिन कर्मलाई सदाचार मानिन्थ्यो । जो ब्रह्ममा स्थित थिर छ, त्यो मानिसलाइ मुक्ति प्राप्त हुन्छ । यसरी ब्रह्मको उपासना लागी अभ्प्रेरित गरिएको छ । सरिरलाइ ब्रहमपुर भन्दै यसभित्र भएको सुक्ष्म कमल छ । त्यसैको भित्र एक आकाश छ, त्यसैमा चित्त लगाएर अन्वेषण गर्नु पर्दछ । अझ मानिसका सरिर भित्र सारा ब्रमान्डका अवयव उपस्थित छन् । 

 जे जति बाहिर छन् ति सबै आफु भित्र छ भनेर जान्नु भनेको छ । हरेक मनुष्यले सुखको कामना गर्नु पर्दछ । त्यस्तै आकाश, प्राण, वैश्वानर, आत्मा, सेतु, ज्योतिलाइ प्रतिक मानेर ब्रमोपासना गर्न शिक्षा दिएको छ । सृष्टि: संसार सृष्टिको पछाडी कोइ न कोइ अदभुत शक्ति काम गरिरहेको छ ।त्यसले आफुलाई बिल्कुलै लुकाउन सक्दैन किनकि विश्वमा भइरहेको सबै  कर्म र क्रिया प्रतिक्रिया उसैको दृष्टि गोचरबाट  भैरहेको छ । 

जसरि हाम्रो सरिरमा हाम्रा कर्म क्रियालाइ हेर्न र महसुस गर्न सक्दछौ । यो संसारको आरम्भमा केहि थियो तर त्यो समयभन्दा पहिले के थियो ? भन्ने प्रश्नको उत्तरमा केहि थिएन ! भन्ने संकेत गरेको पाउछौ ।पहिले  अव्दितीय सद( भाव रुप) थियो । कसिले अहिले अव्दितिया असद ( अभाव रुप ) थियो भन्दछन । असदबाट सद उत्पन्न भयो । सतको इच्छाले म प्रकट हुन पाउ भनेर उसले अग्निलाई उत्पति गराए । जलको उत्पती गराए अनि अन्नको उत्पत्ति भन्ने कुरा उल्लेख गरेको पाइन्छ । यहाँ मनलाई भातिक भनिएको छ । 

मन आत्मा भन्दा अलग भौतिक बस्तु भनिएको छ । मनलाई अन्नमय मन पनि भनिन्छ । मानिस अन्न खाएपछि  तिन किसिम बन्दछ । पहिलो धातु सत्व, बीचवाला मानस र मन बन्दछ भने अन्तिमको बाहि रहेको मल भएर बाहिर निस्कन्छ । त्यसैले मनलाई अन्नामय मन भनिन्छ । जब मानिस गाढा निद्रामा हुन्छ त्यति रहस्यमय हुदैन । बल्कि आत्मा परमात्माको बिचारलाइ पुष्टि गर्दछ । त्यसैले जब मानिस घाधा निद्रामा हुन्छ, उ मरेतुल्य हुन्छ । केहि थाहा पाउदैन । उ हृदयदेखि पुरितात अर्थात कुनै चक्रमा गएर मस्त सुत्न सक्दछ । गाढा निद्रामा स्वप्न पनि देखिदैन । यतो सुसुप्ति अबस्थालाई आरुणी ऋषिले ब्रह्मसंग समागम भएको अबस्था मान्दछ ।मुक्ति र परलोकको सन्दर्भमा  यी प्रारम्भिक दार्शनिकहरु जो अव्दैत्वादी छन् उन तिनिहरुलाई पनि त्यही अर्थले हामीले अव्दैत मान्न सकिदैन ।  

भारत बर्षमा अनेको उपनिषद लेखिए । 

दोश्रो काल ६००-५०० इशापूर्ब )मा १. एतरेव उपनिसाद : यस उपनिसदका रचयितामहिदाश एतरियाले संसारको सृस्ती र ब्रह्मको अर्थात प्रज्ञान व्याख्या गरेको पाइन्छ ।                                                                              २ तैत्तिरिय- उपनीसद को रचना भयो । यस उपनिसदमा ब्रह्म, आनन्दमय आत्मा, प्रान्मय आत्मा , सृष्टिकर्ता ब्रह्मा, आछर्य उपदेशको चर्चा गरिएको छ । 

तेश्रो काल(५००-४००इशा पूर्व ) 

१.प्रश्न उपनिसद : मिथुन वाद,सृष्टि,स्वप्न, मुक्तावस्थाको बारेमा बर्णन गरिएको छ ।                                              २. केन उपनिषद् : जगतको पछाडी लुकेको अनन्त शक्तिको बारेमा बर्णन गरिएको छ ।                                  ३.  कठउपनिसद : नाचिकेता यम समागम, ब्रह्म, मुक्ति र त्यसको साधनाको बारेमा बर्णन गरिएको छ                ४. मुडक उपनिषद्: कर्मकाण्ड बिरोध, ब्रह्म,मुक्तिको साधन,गुरु,ध्यान,भक्ति, ज्ञान,त्रैत्वाद मुक्ति, सृष्टिको बारेमा बर्णन गरिएको छ                                                                                                                                                     ५. मान्डुक्य- उपनिसद :ओम , ब्रह्मको बारेमा मत राखिएको छ ।  .  

चतुर्थ काल(२००-१०० इशा पूर्व )

१. कौशित्तकी उपनिसद : ब्रह्म र जीवको बारेमा आफ्नो मत राखिएको छ ।                                                          २. मैत्री- उपनिसद: वैराग्य, आत्मा को बारेमा                                                                                                    ३. श्वेताश्वतर: त्रैत्वाद, जीव इश्वर  प्रकृतिवाद र  शैववाद, ब्रहम , जीवात्मा,सृष्टि, मुक्ति, योग, गुरुवादका बिषयमा आफ्नो मत राखेको पाइन्छ ।

तत्कालिन उपनिसद कालिन दार्शनिकहरु आरुणीका गुरु भएकोले १। प्रवाहण जैवाली  दोश्रोमा आरुणी त्यसपछि याज्ञवल्क्य हुन् । याज्ञवल्क्यका समकालीन प्रतिव्दंदी साथी भनौ वा शिष्यहरु १. याज्ञवल्क्य २. जनक विदेह ३. जारत्कारव आर्ताभाग ४. भुज्यु लाह्मायनि ५. उशिस्ट चक्रायण ६. कहोल कौशितकेय ७. गार्गी वाक्चनवि ८. विदाग्ध साकल्या ९. जित्वा शैलेनी १०. उदंग शौल्वायन ११. वर्कु वार्ष्ण १२. गर्दभीविपीत भार्व्दाज  १३. सत्यकाम जाबाल हुन् ।                                                                                  ०००००

क्रमश :