दार्शनिक बिचार
६ पूर्वीय दर्शनमा दर्शन र धर्मको सदा घनिष्ट सम्बन्ध छ । धर्म र दर्शनलाई परिपूरक मात्रै होइन । यो एक अर्काको अंग नै मानिएको छ । हिन्दु दर्शन मानव जीवनको परम लक्ष्यतर्फा मात्रै उन्मूख भएर मौन बस्न सक्दैन । त्यस लक्षसम्म पुग्ने मार्ग दर्शन समेत गर्दछ । यहि नै पाश्चात्य दर्शनसंग सबै भन्दा ठुलो भेद हो । पाश्चात्य दर्शन तर्कप्रधान हुनाले बुध्दिनिष्ठ छ । र उनको दृष्टिकोण पनी बौध्दिक दृष्टिकोण छ । त्यसमा धर्म र आचरणको स्थान छैन ।
त्यसैले पाश्चात्य देशमा दर्शन केवल शिक्षित बर्गको मानसिक विलासिताको सामाग्री रहेको छ, भन्नु हुन्छ खप्तड स्वामी । पाश्चात्य दर्शन तर्क प्रधान बुध्दि निष्ठ र मानव जीवनको चरम लक्ष तर्फ उन्मुख हुदै गएकोले भौतिक बिकासमा ठुलो प्रगति गर्यो भने हिन्दु दर्शनले यो अनित्य दुख संसारबाट मुक्त हुने आत्मज्ञान प्राप्तिका उपाए समेतलाइ मार्ग दर्शन गर्दछ ।
वैदिक दर्शन मुख्य रुपले चार बिषयको प्रतिपादन गरेको देखिन्छ ।
१. हेय- दुखको वास्तविक स्वरुप के हो ? जुन हेय त्याज्य छ ? २. हेय हेतु – दुख कहाँबाट उत्पन्न हुन्छ ? त्यसको वास्तविक कारण के हो ? जुन त्याज्य दुखको वास्तविकता हेतु हो ? ३. हान -दुखको नितान्त अभाव के हो ? हान कुन अबस्थाको नाम हो ? ४. हानोपाय- नितान्त दुख निब्रितिको साधन के हो ?
यी प्रश्नहरुलाइ बिचार र मनन गर्दा यी तिन बस्तुहरु विचारणीय भएको मानिन्छ । जीव ,जगत, र इश्वर
१. जीव : दुख कसलाई हुन्छ ? जसलाई दुख हुन्छ उसको वास्तविक स्वरुप के हो ? यदि त्यो जीवको दुख स्वभाविक भएको भए, त्यो दुखबाट उम्कन कोशिश गर्दैनथ्यो । त्यसैले जीवको दुख र जडता स्वभाविक धर्म होइन । त्यसैले जीव चेतन तत्व हो । चेतन आत्माको ज्ञान व्दारा हान को समाधान हुन्छ । अर्थात आत्माको यथार्थ रुपको साक्षात्कारबाट दुखको नास हुन्छ ।
२. जगत : यो चेतन तत्व देखि बिपरित अरु तत्वलाइ स्विकार गर्ने अबस्था आबस्याक पर्दछ । त्यो अबस्थाको धर्म दुख हो । जहाँबाट दुखको उत्पत्ती हुन्छ जुन चेतन तत्व भन्दा भिन्न छ । त्यो नै अबिध्या, माया वा प्रकृति हो । यो कुरा बुझेपछि हेय र हेयहेतु प्रश्नको समाधान हुन्छ । जड चेतनाको परस्पर अभ्यासबाट निबृति बिबेकपूर्ण ज्ञान नै हानोपाय दुख निवृतिको साधन हो ।
३. इश्वर : जब हामीले जीव र जगतलाई आत्मसाथ गरिसकेपछि यी दुवै चिजलाई सामजस्य पार्न इश्वरको अस्तित्वलाई स्विकार गर्ने पर्ने हुन्छ । जुन चेतन तत्वसंग अनुकुल होस् र अर्को जड तत्वसँग विपरित होस् । इश्वरमा पूर्ण ज्ञान होस्, पूर्ण आनन्द होस्, जो सर्वज्ञ होस्, सर्व ब्यापक र सर्व शक्तिमान होस् । त्यस तत्वमा जीव आत्माको मिलनको ध्येय बनोस । जो ज्ञानको पूर्ण भण्डार होस् । जुन ज्ञान स्वरुप जसको ज्ञानबाट जीवले अबिध्याका बन्धन चुडालेर दुखबाट सर्वथा मुक्ति पाउन सकोस ।
हिन्दुको सबभन्दा पुरानो ग्रन्थ नै रिग्वेद हो । सायद ऋग्वेद भन्दा पहिला अरु कुनै दर्शन धर्म ग्रन्थको रचना भएको थिएन होला ! ऋग्वेदका मन्त्रमा इन्द्र,सोम, विश्वदेव, अग्निदेव, वरुण, बृहस्पति, अस्विनी कुमार आदि देवता लगायत आकाश धरती वायुको महिमा र स्तुतिका श्लोक छन् । त्यति खेरसम्म एक मात्र देवतालाई सर्वेसर्वा मान्ने ख्याल थिएन । जव ऋषिले कुनै देवताको स्तुति गाउँ थाल्द्छन् । पुरै तन्मनले उनैलाई सवै गुण सम्पन्न आकार लगाएर भन्ने गर्दथे । जव ऋग्वेदको अन्तको (दशौ मण्डल) मा पुगे पछि बहु देवबाट एकल देववाद तर्फ गएको देखिन्छ ।
पहिले देवलोकमा सबै जातिलाइ प्रतिबिम्बित भएका हुन्छन । त्यहा आरम्भकालमा देवता पितृसत्ताका समाजका नेता साना तिना शासक थिए । नियन्त्रित शासक हुदै अन्तमा निरङ्कुश शासक राजा बन्थे । जसलाई देवत्व करण गरि धार्मिक सामजिक नियम कानुन भन्दा माथि राख्थे ।त्यो कुरा न ब्राह्मण न प्रभु बर्गलाई नै मन पर्थ्यो । यसरी प्रजाहरुमा अधिकार बहुतै कम हुन्थ्यो । र राजा नै सर्बे सर्बा बनेका थिए ।
लगभग (६००- ५०० इशा पूर्व ) देवता राजाको प्रयायीवाची शब्द बनेको थियो । प्रजापति रिगवेदको अन्तिम कालमा आएर एक देवता सर्वेसर्वा एकल राजा बन्दछन ।ऋग्वेदमा यस्तो लेखिएको छ ।
हिरण्य गर्भ समंवर्तताग्रे भुतस्यं जात पतिरेक आसित । स दाधार पृथिवीं द्यामुतेमां कस्मै देवायं हविषां विधेम
प्रजापतिलाई पहिले हिरान्यगर्भ थिए र सबै प्राणीका स्वामीका रुपमा खडा थिए । जसलले पृथ्वी र आकाशलाई धारण गरेका छन् । ति देवलाई हवि प्रदान गर्दछौ । वरुण प्रिथिविको शक्तिशाली राजाका प्रतिक थिए । वरुनालाई त्तेश्रो स्थानका राजामा गनिन्थे । यसरि शक्तिशाली राजाहरुलाइ नै देवता/ ईश्वर मानिएको देखिन्छ ।
३. आत्मा : बैदिक रिशिहरुले आत्मा(मन)लाइ सरिरबाट अलग भएको र उसको आफने अस्तित्व रहेको कुरामा बिश्वास राख्दथे । रिग्वेदको दश मण्डला ५८ श्लोकमा भनिएको छ , हे आत्मा तिमि रुख बिरुवा बनस्पति सुर्य चन्द्रमा, हावा पानि समुन्द्र जहान तहाँ भए पनि मसंग आएर बस । भनेर आराधना गरिएको छ ।यो लोक भन्दा पर पनि लोक छ जहान मरेपछि सुकर्म गर्ने मानिस जान्छन र आनन्द भोग्न पाउछन भन्ने रिशिहरुले बिश्वास गरेका छन् । पाताल लोकमा अधर्मी मानिसहरुको लागि नर्क बनेको जो अन्धाकार मय दुख कष्ट छ । ऋग्वेदमा मन आत्मा र असू जीव बाचक शब्द छन् । जव सम्म सरिरमा प्राण वायु प्रयुक्त हुन्छ तव सम्म सरिरमा आत्माको उपस्थित रहन्छ । वैदिक कालसम्म रिशिहरुले पुनर्जन्मको परिकल्पना गरेका थिएनन । त्यस कुरामा परिचित थिएनन भन्न सकिन्छ । केहि बाहेक समाजमा बिकसित विषमता गरिबी अमिरी दुखको आम मानिसले भोगिराखेका थिए । सक्त सामाजिक अन्यायलाई अनदेखा गर्ने परलोकले समाधान दिन सकेन । तत्पश्चात उपनिषद्कालका धार्मिक नेताहरुले पुनरजन्मको कल्पना गर्ने पर्यो । जसले गर्दा सामाजिक विषमता अन्याय बिरुध्दको आवाजलाई मन्द बनाउन र राजा प्रभु देवतामाथि उठेका प्रश्न हरुको समाधानको लागि पुनर्जन्म कारगर सिध्द बन्न पुग्यो । बुध्द काल सम्म ( ५६३ – ४८३ इशा पूर्व } तिनवटा वेद थिए भन्ने मत छ । चौथो वेद अथर्वेद त्यसपछि रचना भएको मानिन्छ । जसमा “मारन-मोहन-उच्चाटन” जस्ता तन्त्र मन्त्र को बेद भनिन्छ ।
चार्वाक एक नास्तिक दार्शनिक हुन् उनका अनुयायीहरुले आत्मा र पुनर्जन्ममा विश्वास गर्दैनन् ।
न स्वर्गो नाक्पवर्गश्च आत्मा नो पारलौकिकः । यावज्जीवं सुखं जीवेद् ऋणं कृत्वा घृतं पिवेत् ।।
श्लोकको अर्थ यस्तो छ ः “ न स्वर्ग छ , न मोक्ष छ, परलोकमा जाने आत्माको पनि कुनै अस्तित्व छैन । त्यसैले मान्छे बाँचुन्जेल सुख भोग्नु पर्दछ, । सुखले बाँच्न पर्दछ । ऋण गरेर भए पनि घ्यु खानु पर्दछ” भन्ने भनाइ हो ।
तर उपनिसदमा भने आत्मालाई यसरी बर्णन गरिएको छ ।
न प्राणेन नाऽपानेन मृत्योर्जीवती कश्चन । इतरेण तु जीवन्ति यस्मिन्नेतावुपाश्रितौ ।।
श्लोकको अर्थ यस्तो छ “जीवन न त प्राणको आश्रय हो न अपानको, यो त अर्कै वस्तुुको आश्रय हो, जसमाथि प्राण र अपान यी दुवै आफ्नो अस्तित्वको लागि आश्रित छन्”। त्यो अर्कै बस्तु भनेको आत्मालाइ भनिएको हो ।
माथिको श्लोकले मान्छेको शरीर त्यो आत्माको आश्रय स्थल हो । जहाँ जीवतत्व आत्मामा आफ्नो अस्तित्व कायम राख्न प्राण र वायु आीश्रत छन् । भन्न खोजिएको छ । यदि मानिसले आफूलार्ई म को हुँ भनेर चिन्दैन भने, जीवनको स्वरुप बुझ्दैन भने, उसले आफ्नो आदर्श उदेश्य के हो भनेर बुझेन भने जीवनको संचालकको बारेमा जान्ने कुरै आउदैन । अज्ञान स्वरुपमा गरिएको कर्मबाट तृप्ति कसरी हुन् सक्छ ? वास्तवमा प्रकृति नै मानव जगतको ज्ञानको क्षेत्र हो र परमात्माको रचना पनि हो । मानिसको इन्द्रियद्वारा उत्पन्न बुद्धि ज्ञानबाटै नै सम्पूर्ण नयाँ आविष्कार र नयाँ वस्तुुको निर्माण भएको हो ।
हामीले अरूको बारेमा धेरै ज्ञान बटुल्ने गर्दछांै । तर आफूले आफैको बारेमा के हो ? भन्ने पटक्कै जान्दैनांै । जुन मानिस अध्यात्मबाट अभिप्रेरित भएको हुन्छ । त्यही व्यक्तिले मात्रै आत्म, परमात्म, लौकिक, अलौकिक, जन्म पुनर्जन्म र मृत्युको बारेमा खोज गर्न आतुर हुन्छ । उसैले म को हुँ ? भनेर आफूले आफैलार्ई सोध्न पुग्दछ । म को हुँ भन्ने प्रश्नको उत्तरको रुपमा आत्मा परमात्मा हाम्रा अगाडि आउँदछन् । मानवको शरीर र मानवमा भएको कर्मेन्द्रिय र इन्द्रियहरुको संचालन कसले गरिरहेको छ ? को बाट संचालित छ ? कुनै पनि परिस्थितिलार्ई कसरी सामना गर्ने भन्ने कुरा सुझाव मन भित्रैबाट कसले भनिरहेको छ । यी सारा बोध हुनु भनेको आत्मबोध हो र मानवलाई सही वा गलत बाटोमा निर्दृष्ट र संचालन गर्ने तत्व भनेको आत्मा हो । भन्ने कुरा प्रमाणित गर्न सकिन्छ । (अध्यात्मको बाटोमा)
४. दर्शन : वास्तवमा भन्ने हो भने वैदिक कालमा वैदिक रिशिहरुले धर्म र देववादमा विश्वास राख्दथे । यज्ञ दान बाट वर्तमान र मरेपछि पनि सुखी भै रहन चाहन्थे । यो संसारको लेखा जोखा के हो ? कसरि बन्यो ? यसका पछाडिको शक्ति के हो ? यो संसार यो ब्रामांड कसरि बन्यो ? प्रारम्भमा के थियो ? यसको प्रारम्भ मा के थियो । जीवको उत्तपत्ति र बिकाशका खास उल्लेख गरेको पाइदैन । त्यसैले वैदिक कालमा वैदिक दर्शन भनेर भन्दछौ, जो दर्शनको परिभाषा अनुसारको देखिदैन । तर पनि यजुर्वेद्को अन्तिम अध्यायमा श्रीश्तिको आरम्भमा पानि नै मूल हो भन्ने कुरा उल्लेख गर्न खोजिएको छ भने रहस्यमयी शक्तिले सुन्यबात श्रीश्तिको रचना भएको मान्दछन पनि तर रहस्यलाइ गुमराह बनाउदै उनी सर्वदर्शी शासकलाइ नै सर्वशक्तिमान बनाएर उनी बाट यो संसारको रचना भएको भनेर भारि बिसाएको देखिन्छ ।
Ooo