कोही जन्ता यस मुलुकमा, भोकको भोकमा छन् 

कोही नेता  यस मुलुकमा ,सत्ताको  नोकमा छन् 

 

नेता कूर्ची बचाउन ब्यस्त, कोरोना गल्ली गल्लीमा 

छीना झप्टी हुदै छ ढाल्नमा, जोतेको खोकमा छन् 

 

जन्ता थिचि एर आफु रोग,  भोक महंगीमा छन् 

 उप  चारै नपाइ जनता ,   मरेको शोकमा छन् 

 

भत्केका जर्जर मन  हेरेर,   मुलुक  को अवस्था, 

जन्ता मुठ्ठी कसेर निस्केका,यी चोक चोकमा छन् 

 

न्याय बिक्री मोलमा गर्छ,   सुरक्षा  माफियाको  

सत्ता मद् मोह लिप्त भइ,  रोकमा टोकमा छन् 

 

सरकार थारो भैसी भयो, दुधको आश मारे हुन्छ 

दिए हुन्छ यी कसाइलाइ, फाल्नेको झोकमा छन्  

 

Leave a Reply