जो सुरको बाणीमा गाउछ, त्यो नै गायक बन्दछ ।

जो लड़छ अन्याय बिरुध्द , त्यो नै नायक बन्दछ ।

 

भलाइ अरु कै गर्नेले   उत्थान समाज कै गर्दछ   

बाच्नुको अर्थ बुझेर आफै,आनन्द  दायक बन्दछ 

 

कहाँ सक्षम भइन्छ होला,  स्कुल र कलेज नगए 

शिक्षा र तालिमले  मान्छे, सबैतिर लायक बन्दछ 

 

जो मान्छे आत्मबिश्वासी छ, उ नै  सफल  बन्दछ 

जसले अरुकै गुनासो गर्छ, सबैको बाहेक बन्दछ 

 

गर्नु कर्म अरुको आफ्नो,  भलो प्रगति हुने काम 

आफु लाई समर्थ बनाए, सबैकुरा सायक बन्दछ 

 

जो सुरको बाणीमा गाउछ, त्यो नै गायक बन्दछ ।

जो लड़छ अन्याय बिरुध्द , त्यो नै नायक बन्दछ ।

 

०३/ ०८/२०२२ 

गजल

खुत्रुक्कै पार्यो हजुर, बजारको भाउले  गर्दा

जताततै अस्तव्यस्त, छहै आफ्नै माउँले गर्दा

 

आन्दोलन संघर्ष गर्यौ, युध्दमा बन्दुक बोक्यौ

मार्न मर्न तयार भयौ, क्रान्तिकारी नाउँले गर्दा

 

व्यवस्था फेरियो तर, अबस्था फेरिएन हाम्रो

सधै दुखको सास्ती छ, युध्दको घाउले गर्दा 

 

देशका युवा रोजगारी, खोज्दै अरब खाडीमा 

नेताले कमाउने खाने, भ्रष्टाचारी ठाँउले गर्दा 

 

खानेबेला मिलि भगत, नेता चोरै चोर भएसी 

गणतन्त्र भयो भांडतन्त्र यी नेता  राहुले गर्दा   

 

व्यवस्था फेरियो तर, अबस्था फेरिएन हाम्रो

सधै दुखको सास्ती छ, युध्दको घाउले गर्दा