माटो छोडेर विदेशिनु , मेरो यो रहर होइन ।
पसिना नबगाई पैसा, फल्ने यो शहर होइन
पानी नभएर नै अन्न, नफलेको पनी होइन
भल भगेकै छ पानीको, तर यो नहर होइन ।
देशले खोलेका दलाली, हुन मान्छे बेच्ने मलामी
यिनकै पैसामा रमाउने, के यो कहर होइन ?
देश रसातल जादै छ, सक्नेले देश छोडदै छ
नेताले देश लुटेका छन, यो मेरो ठहर होइन
भन्दछन यहि सबैले, झोला बोक्छन उनकै
बुझ्नु पर्दैन र यो किन ? तिम्रो सुत्ने प्रहर हैन
जब देशमा लोभी पापी, भैरहन्छन जहा तही
ठगिन्छन जो कोइ पनी. के यो जहर होइन ?
जव देश बजार बन्छ, त्यहा बेच बिखन हुन्छ
चाहे सांसद, चाहे मान्छे किन्नेको लहर हुन्छ
जब देश बजार बन्छ, सबै बिकाउ माल हुन्छ
देश त आमा हुन उपनिवेसको खण्डहर होइन
जब नेता बिदेसिको एजेन्डा बोकेर हिडदछन
अस्मिता लुटिन्छ देशको, देश नाङ्गो हर होइन ?
०१/३१/२०२२