भोग्न पर्छ कर्म फल, शुध्द बनेर नगए  

फोहर हुन्छ  तलाउ, पानी बगेर नगए 

 

एक्लै आएको हो यहाँ, छोडनु पर्छ एक्लै  

साच्नुको के अर्थ होला, खल्ती भरेर नगए  

 

बाच्नु पर्छ  जिन्दगीमा, हास्नु पर्छ है खुलेर 

खुशी कहाँ पाइएला,  इर्श्या  मरेर नगए 

 

जानी जानी गर्ने गल्ती, सजा उसले पाउछ 

ठुलो मान्छे कोइ  हुन्न, घमण्ड झरेर नगए 

 

जन्म मृत्यु कहाँ छन ? र यी  हाम्रा हातमा  

कहाँ  पाउला उम्किन,  काम सकेर नगए 

 

अगाडी बढन पाइला, खुट्टा आफ्नै सार्नुपर्छ 

लक्ष्य पाउन गाह्रो हुन्छ,  खोला तरेर नगए 

 

बाधा अडचन आइ, रह न्छन जीन्द गीमा 

गाँठो खोल्नु दुख हुन्छ,   बाधा टरेर नगए 

 

जिन्दगी बिद्यालय हो, यस्ले बाच्न सिकाउछ 

पढेर केको सिकिन्थ्यो ?  आफै परेर नगए 

 

१२/२९/२०२०/

 

 

 

Leave a Reply