सारा मानिस फरक छन, उस्तै नाम भएपनी
फरक फरक तरिका छ, उस्तै काम भएपनी

पिर छुटाउन पिउछ्न, कोइ त मात्नको लागी
नशा फरक फरक हुन्छ, उस्तै जाम भएपनी

प्रत्येक मान्छे इश्वर हुन, मान्छेका आत्माले भन्छ
उ जस्तै भइन भन्दै रुन्छ, आफै राम भएपनी

काम नगरी फल्दैन केहि, अर्काको देखेर हुन्न
मान राख्नु पर्छ नत्र मान, हुन्न दाम भएपनी

बेइमानी लुच्चा बन्दै छन, मान्छेहरु सबै तिर
मिठो बोल्ने संग बच्नु पर्छ, छल छाम भएपनी

जती पैसा भएपनी यहाँ, खानु पर्छ अनाज नै
खेत जोती खेल्नु पर्छ हिलो, बर्षा याम भएपनी

बिदेस सुन फल्दैन त्यसै, न बगाएर पसिना
अरब खाडी होमिनु पर्छ, चर्को घाम भएपनी

के पाइन्थ्यो सुख अन्तकही, अर्काको देश बनाइ
आउनै पर्छ फर्केर फेरी, आफ्नै गाम भएपनी

Leave a Reply