३९ अछुत बनायो
कोरोनाले अछुत बनायो सरेका मान्छेलाई
स्वार्थी बने आफ्नै घरका सरेका मान्छेलाई
न बाउआमा न लोग्नेस्वास्नी न त छोराछोरी
परिक्षा लिदैछ आफ्नै घर्मा परेका मान्छेलाई
कहाँ माया थियो हिजो पनी कहाँ हुन्छ आज
छुट्टै राख्छन् आफ्नैले यस्ले पिरेका मान्छेलाई
कोढ़ी नजिक होला याँ कोरोना त हुदै हुन्न
न छुन्छन आफ्नैले यस्ले मरेका मान्छेलाई
छताछुल्ल बनाइदियो सन्तानसंगको माया
भ्रम थ्यो प्रेमपास था भो परेका मान्छेलाई
०९/१७/२०२०