रमाइलो लाग्छ याँ यात्राको कथा सुनाउदा
सम्झी दुख लाग्छ बिछोडको कथा सुनाउदा

धेरै खुशीले जिन्दगी बर्बाद बनाउन सक्छ
दुख चाहिन्छ कैले दुखको ब्यथा सुनाउदा

बेइमानीको पराकाष्ठा छ बजारभरि यहाँ
घुस दिनु पर्छ, आफ्नो अबस्था मीलाउदा

ठगिने त बिश्वास गरेको मान्छेबाट नै हो
घृणा लाग्छ तिन्को आफ़्नै आस्था मिटाउदा

घुसखोरी भ्रष्टाचार त हुन्छ यो राजनीतिमा
नेता पतन हुनै पर्छ यो ब्य बस्था टिकाउदा

०९/१७/२०२०

Leave a Reply