मुश्किल छ मन लाई फेरी सम्झाउन यहाँ
पर्छ आफैले आफ़्नै मन्लाई बुझाउन यहाँ

कसरी बन्ला हरियाली उजाड जिन्दगीमा
सक्छौ बालुवामा फुलबारी सजाउन यहाँ ?

सधै धोका खान्छ अनी पागल बन्छ रे मान्छे
सक्छं सोझा मान्छेलाइ पागल तुल्याउन यहाँ

दुनियाँ बैमान भा छ बच्नु पर्छ मान्छे देखी
लुटिए पछी सकिन्न गुमेको कमाउन यहाँ

इज्जत होस या धन होस सबै खतरामा छन
पाइने छैन हातबाट छुटे पछि समाउन यहाँ

०९/२१/२०२०

Leave a Reply