३३. गजल- साइनो

साइनो उनीसंग खास थियो
जोडिने उनीसंग आश थियो

मिल्थे मनका कुरा उनीसंग
अनौठो माया प्रेमपास थियो

प्रेमपासी युगल जोडी हामी
छुट्याइन्छ कि भन्ने त्रास थियो

बिछोड हाम्रो लेखेरै कर्ममा
आउछ कि भन्ने सन्त्राश थियो

आंधी हुरीले छुटायो दुइ मुटु
छुट्टीए नी भेट्टिने आश थियो

०९/०३/२०२०

Leave a Reply