गजल- नबोलेर आफ्नै कुरा

नबोलेर आफ्नै कुरा, लुकाइ राख्नु पर्छ
एकाध मन खाने मित्र, बनाइ राख्नु पर्छ

दुश्मनी गर्नै परे पनी, नाता तोड्नु हुन्न
मन मिलोस नमिलोस्, मिलाई राख्नु पर्छ

अनुहारले देखाउन खोज्छ पिडा भित्रको
हुन्न अबस्था सधै पिडा लुकाइ राख्नु पर्छ

कसले देख्छ सक्छ र, भाग्य अनुहारमा
परिवर्तन हुन के बेर, धर्य गरि राख्नु पर्छ

फ़लको आश नगरेनी, कर्म गर्नेले पाउछ
भलो सोचे भलै हुन्छ, कर्म गरि राख्नु पर्छ

रात पछि दिन हुन्छ, सधै अध्यारो नी हुन्न
दुख पछि सुख हुन्छ , श्रम गरी राख्नु पर्छ

नहेप्ने गरौ कहिले पनी दीन हिन छ भनी
सबैको पालो आउछ,ख्याल आफै राख्नु पर्छ
०९/०१/२०२०

Leave a Reply