न नोकरी न ब्यापार थियो, कसरि उनीसंग दाम हुन्छ
न स्कुल न कलेज थियो, चाकरी नै उनको काम हुन्छ

बस सेन्डीकेटबाट टिकट पाउनु थियो पाई हाले उन्ले
सयमा बिस नल्याए नी उन्ले चुनाबमा जित्ने काम हुन्छ

भन्दा जनताको प्रतिनिधि, टिकट सेन्डीकेटको हुन्छ
असिलाई खाल्टोमा हाले नी प्रजातन्त्रको नाम हुन्छ

न जनताले टिकट दिए, न असिले उन्लाई भोट हाले
यस्तो ब्यबस्थामा लोकतन्त्र / प्रजातन्त्रको नाम हुन्छ

न उन्लाई जनताले टिकट दिए, नत जनताले बहुमत
किन हुन्थ्यो देशको भलो मात्रै उन्को खाने काम हुन्छ

किन गर्नु पर्यो जनता र देशको बिकाश उन्नती प्रगति
केहि अरिंगाल पाले हुन्छ,आफ्नो प्रगतीको काम हुन्छ

न स्कुल न कलेज थियो, चाकरी नै उनको काम हुन्छ
न नोकरी न ब्यापार थियो, कसरि उनीसंग दाम हुन्छ ।

०९/०४/२०२०

Leave a Reply