सम्राट अशोकले स्थापना गरेको लुम्बिनीमा स्थापित अशोक स्तम्भ “हिन्द-बुध्द गाते नेपाल” अर्थात बुध्द यस ठाँउमा जन्मेका थिए । यो नेपाल हो भनेर स्पष्ट पारेका छन् । सम्राट समुन्द्रगुप्तको इलाहाबाद स्थित शिलालेखमा नेपालको शिलालेख अनुरुप नेपालको पुर्बी सिमाना कामरु, कामाक्ष दक्षिण सिमाना पाटलीपुत्र अर्थात पटना कतुर र पश्चिममा उधमपुर ( उत्तरपुर्ब पन्जाब)भनेर व्याख्या गरिएको छ । जबकी इशापुर्ब ३५० बर्षको शिलालेख हो ।  
आजको इन्डिया ५६५ साना साना राज्यहरुमा विभाजित  थिए । नेपालमा पनी बाइसे चौबिसे राज्य रजौटाहरु थिए । पृथ्बी नारायण शाह एक दुरदर्शी राजा भएकोले  र अंग्रेजको उपनिवेशबाट बचाउन साना राज्य रजौटालाइ जोडेर सिंगो नेपालको एकीकरण गर्ने आधार तयार गरे । तत्कालिन देशभक्त बुध्दिजीबी सम्पूर्ण जनताको साथ समर्थनमा  प्रिथ्वि नारायण शाहलाई थियो । गोर्खाली फौजले कुमाउँमाथि विजय प्राप्त गरेपछि प्रधुमनशाहलाई ५००० रुपिया बार्षिक दिने गरि शासक बनाए  । सन् १८०६ मा नेपाली फौजले गढवाल र सतलज पारिका सिरमौर, हिन्दुर र बेसहरलाइ नेपालमा गाभे र यसरी नैनीताल अल्मोडा गढवाल र देहरादुन नेपालको अंश बन्न पुगेको थियो ।  
दार्जलिङ्ग त्यति बेला सिक्किम राजाको अधिनमा थियो । १७८० देखि नै दार्जलिङ्ग लगायत स्थानमा कब्जा बनाइराखेका थिए भने पछि १९ औ सताब्दीको सुरुवात मै  नेपाली  सेनाले नेपालको सिमा पुर्ब टिष्टा पुर्याएको र बिचमा पर्ने तराइका भाग समेत कब्जा गरेको इतिहास पाइन्छ ।  
सुगौली सन्धि :  ब्रिटिश इष्ट इन्डिया कम्पनी र नेपाल बीच सन् २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको थियो र त्यसको पुष्टि ४ मार्च १८१६ मा गरिएको थियो । यो सन्धिले अंग्रेजसँग लगातार २ वर्ष देखि चलिरहेको युध्दलाइ समाप्त पारेको थियो । सुगौली सन्धिमा हस्ताक्षर गर्न नेपाल पक्षबाट राजगुरु गजराज मिश्र र चन्द्र शेखर उपाध्यायलाइ पठाइएको थियो र ब्रिटिश पक्षबाट लेप्टिनेन्ट कर्णल प्यरिस ब्राड्स थिए । राज गुरुले यो सुगौली सन्धि असमान छ राजाको स्वीकृति बिना मैले हस्ताक्षर गर्दिन भनेका थिए र चन्द्र शेखर उपाध्यायले मात्र हस्ताक्षर गरि आएका थिए र राजाले सो सन्धिमा हस्ताक्षर गरेपछि मात्र लागु हुने भन्ने उल्लेख छ भन्ने सुगौली सन्धिमा उल्लेख छ । बुध्दि नारायण श्रेष्ठ अनुसार सुगौली सन्धिको आर्टिकल ९ अनुसार  प्रमाणित गर्न तत्कालिन राजा गिर्वाण बिक्रम शाहको हस्ताक्षर आबश्याक थियो /   तर गिर्वान बिक्रम शाहले हस्ताक्षर गरेर प्रमाणित गरेको कुनै प्रमाण छैन  /  त्यसैले त्यो सुगौली सन्धीलाइ नमान्न पाउने कानुनि आधार छन, नेपाललाई  । चन्द्रशेखर उपाध्याय नेपाल सरकारको प्रतिनिधि थिएनन । उनि राजगुरु गजराज मिश्रका सहायक थिए । राज गुरु गजराज राजाको प्रतिनिधी  थिए । उनले यो सन्धि असमान छ भनेर हस्ताक्षर नगरेका हुन र राजालाई पनी त्यो सन्धिमा हस्ताक्षर नगर्न सल्लाह दिएका थिए ।  सो सन्धिमा चन्द्रशेखर उपाध्यायलाई हस्ताक्षर गराएर उक्त सन्धिको कागज चन्द्र शेखरलाई बुझाएको थियो, अंग्रेजले  / त्यसैले यो सुगौली सन्धी ब्रिटिसले  एकलौटी रुपमा नेपाललाई थोपरिएको थियो । नेपाल  टिष्टा देखि सतलजसम्म १३७३ किलोमिटर बाट खुम्च्याएर ८८५ किलोमिटर कायम गर्यो ।
सुगौली सन्धीको दस्तावेज यस्तो थियो ।
Treaty of Sugauli, 2nd December 1815 between East India Company and the kingdom of Nepal
Article – I[edit]
There shall be perpetual peace and friendship between the Honourable East India Company and the King of Nepal.
Article – II[edit]
The Rajah of Nepal renounces all claim to the lands which were the subject of discussion between the two States before the war, and acknowledges the right of the Honourable Company to the sovereignty of those lands.
Article – III[edit]
The Rajah of Nepal hereby cedes to the Honourable the East India Company in perpetuity all the under-mentioned territories, viz-
  • 1: – The whole of the lowlands between the Rivers Kali and Rapti.
  • 2: – The whole of the low lands (with the exception of Bootwul Khass) lying between the Rapti and the Gunduck.
  • 3:– The whole of the lowlands between the Gunduck and Coosah, in which the authority of the British Government has been introduced, or is in actual course of introduction.
  • 4:– All the lowlands between the Rivers Mitchee and the Teestah.
  • 5:– All the territories within the hills eastward of the River Mitchee including the fort and lands of Nagree and the Pass of Nagarcote leading from Morung into the hills, together with the territory lying between that pass and nagerr. The aforesaid territory shall be evacuated by the Gurkha troops within forty days from this date.
Article – IV[edit]
With a view to indemnify the Chiefs and Barahdars of the State of Nepal, whose interests will suffer by the alienation of the lands ceded by the foregoing Article, the British Government agrees to settle pensions to the aggregate amount of two lakhs of rupees per annum on such Chiefs as may be selected by the Rajah of Nepal, and in the proportions which the Rajah may fix. As soon as the selection is made, Sunnuds shall be granted under the seal and signature of the Governor General for the pensions respectively.
Article – V[edit]
The Rajah of Nepal renounces for himself, his heirs, and successors, all claim to or connextion with the countries lying to the west of the River Kali and engages never to have any concern with those countries or the inhabitants there of.
Article – VI[edit]
The Rajah of Nepal engages never to molest to disturb the Rajah of Sikkim in the possession of his territories; but agrees, if any difference shall arise between the State of Nepal and the Rajah of Sikkim, or the subjects of either, that such differences shall be referred to the arbitration of the British Government by which award the Rajah of Nepal engages to abide.
Article – VII[edit]
The Rajah of Nepal hereby engages never to take of retain in his service any British subject, nor the subject of any European or American State, without the consent of the British Government.
Article – VIII[edit]
In order to secure and improve the relations of amity and peace hereby established between the two States, it is agreed that accredited Ministers from each shall reside at the Court of the other.
Article – IX[edit]
This treaty, consisting of nine Articles, shall be ratified by the Rajah of Nepal within fifteen days from this date, and the ratification shall be delivered to Lieutenant-Colonel Bradshaw, who engages to obtain and deliver the ratification of the Governor-General within twenty days, or sooner, if practicable.
Done at Segowlee, on the 2nd day of December 1815.
PARIS BRADSHAW, Lt. Col., P.A. Received this treaty from Chunder Seekur Opedeea, Agent on the part of the Rajah Nepal, in the valley of Muckwaunpoor, at half-past two o’clock p.m. on the 4th of March 1816, and delivered to him the Counterpart Treaty on behalf of the British Government.
Source: Wikisource 
  नेपालको तल देखिएको नक्सामा अंग्रेजले आक्रमण गरेको भुमि उल्लेख गरेको देखाइएको छ र सुगौली सन्धिबाट गुमेको भुमि पनी आंकलन गर्न सकिन्छ । 
“ This fascinating hand coloured 1814 map by Edinburgh cartographer John Thomson depicts northern India and Nepal. Bounded on the west by Persia and the Indus valley, on the north by Tibet, on the south by Berar, and on the east by Assam and Bhutan. Much of the upper portion of this map includes a detailed inset of the Kingdom of Nepal or Nepaul. This area is depicted in impressive detail considering that, when this map was printed very few western travellers had ever been to Nepal. Includes roads, mountain passes and the residences of important Lamas. Extends fully into the Tibetan plateau as far as Te Shoo Loomboo and the Road to Lhasa (Lassa)”
Source : Greater Nepal From Wikipedia, the free encyclopedia
( एडिंग बर्ग कार्टोग्राफ़र जोन थोमस उत्तर इंडिया र नेपालको सिमानाबारे भनेका छन  / पश्चिममा पर्सिया र इन्डू भ्याली, दक्षिणमा berar अर्थात हैदराबाद , पूर्वमा आसाम र भुटान , उत्तरमा तिब्बत नेपालकोअधिराज्य भनेका छन् र माथि देखाइएको नक्साले त्यसलाई प्रमाणित गरेको छ /  यो नक्सा बनाउने  मान्छे नै जोन थोमस थिए  /)
Source : Nepal Map and Satellite Image 
Geology.com
माथी देखाइएको नक्सा सुगौलीसन्धी ले खुम्च्याएको नक्सा हो / कालीनदी लिम्पियाधुराबाट बगेको प्रष्ट देखिन्छ / लिम्पियाधुरा बाट कालिको मुहान मान्दा कालापानी स्वत : नेपाल हुने देखिन्छ / त्यसैले लिम्पियाधुरा नै चीन इन्डिया र नेपालको सिमाना हो / लिपुलेकबाट सडक निर्माण गर्न चीन र इन्डिया सम्झौता गर्दा नेपाल सरकारले के हेरेर बसेको थियो ? नेताहरु संधै सत्ता र कुर्चीको लडाई मै रमे /  नेपाली नेताहरुले सम्पूर्ण पार्टी मिलेर महाकाली सन्धी गरेका थिए / जब की महाकालीको उद्गमस्थलको छिनो फानो नलगाइकन किन गरियो ? यसको जवाफ नेपालका सबै पार्टीले नेपालि जनतालाई जफाब दिन पर्छ कि पर्दैन ? त्यो महाकाली सन्धी भित्र लुकेको षडयन्त्र थियो / सबै नेतालाई थाहा थियो /  पार्टी नै फोडेर सन्धी गरिएको थियो चाहे कांग्रेस होस् वा एमाले ले, यी नेताहरुले इन्डियासंग आँखा मिलाएर यसको समाधान गर्न कदापी सक्दैनन् /  महाकाली सन्धी जस्तै अर्को घातक MCC  चाँडो संसदबाट पास गराउन केपी ओली, शेरबहादुर आतुर छन् /  यो पास गराउन आफ्नो पार्टीका संसदले नमाने पार्टी फुटाएर भएपनि पास गराउन कम्मर कसेका थिए / तर बिधेयक फिर्ता लिन बाध्य भयो ओली सरकार / अझै यस्तो कोरोनाको महामारीमा MCC  पास गर्नै पर्छ भन्दैछन संसदमा शेरबहादुर भुकेकै छन / संसदका केहि नेताले मात्र रोक्न सक्लान जस्तो छैन ? 
अब नेपाली जनता  र नेपालले  ग्रेटर नेपालको भूमिलाइ दाबी गर्न अन्तराष्ट्रिय कानुनले समेत साथ दिने प्रसस्त सम्भावनाहरु छन  / ब्रिटिशले लिएको हंगकंग चीनले फिर्ता लिन सक्यो , यदि चीन कम्जोर हुन्थ्यो भने चीनले कुनै हालतमा हंगकंग फिर्ता लिन सक्दैनथ्यो  /  बिर गोरखालीको धाक देखाएर पाकिस्तान तह लगाएको छ, इन्डियाले / नेपालीले रगत पसिना कौडीको भाउमा इन्डियालाई बेचेर आफु कम्जोर भैरहेको छ / कस्तुरी मृगले उ भित्र भएको कस्तुरी गन्ध चाल नपाएर भौतारीय जस्तै आज नेपाल र नेपाली उस्तै भएका छन / इन्डियाको कलो खान पल्केका नेता कर्मचारीहरुले नेपाल र नेपालीको आठ दश हजार मत किनेर बेकुफ बनाइ रहेका छन् / सत्ता  जोगाउन र सत्तामा बसीरहन दिल्लीको चाकडी गरिरहेकै छन / आट्यो भने कालापानी र लिम्पियाधुरा मात्रै हैन ग्रेटर नेपाल समेत नेपालले प्राप्त गर्न  सक्दछ / उत्तर कोरिया जस्तैआँट  हिम्मत गर्ने र इन्डियाका दलाल नेता र कर्मचारीलाई स सक्त कारबाही गर्दै सेना ससक्ति गर्न थाल्यो भने त्योदिन धेरै नजिक छ भन्न सकिन्छ / शक्ति, आँट र जाँगर नभएको मान्छेलाइ वा घरलाइ जसले पनी  हेप्छ / त्यहि भएको हो / एउटा कुलमानले बिसौ बर्ष को लोडसेडिंग हटाउन सक्छ त्यहि बिजुली उत्पादनमा, इमानले गर्यो भने नेपालमा सम्भब छ, तर भ्रष्ट्राचारी, इन्डियन भरौटे रहेसम्म, कुलमान जस्ता मान्छे नआउन दिनेछन न त आफुले नै गर्ने छन / 
( ग्रेटर नेपाल के हो? सुगौलीसन्धिमा के थियो ? भन्ने अध्ययन गर्ने क्रममा  भेटाएका  नाप नक्सा  र आफुलाई लागेको कुरा समाबेस भएका  गरेको छु / केहि सुझाब भएमा कमेन्ट गर्नुहुन अनुरोध छ )
पुण्डरी अर्याल
०५/१८/२०२०

Leave a Reply