के लिम्पियाधुरा कालापानी फिर्ता हुन्छ ? 

 

नेपालको ओली सरकारले संसदको सर्बसम्मतबाट लिम्पियाधुरा कालापानी समेटेर नेपाल अधिराज्यको नक्सा प्रकाशित गर्यो  /  नेपालको इतिहासमा पहिलो पटक हिम्मतकासाथ मिचिएको जमिन संसदबाटै फिर्ता लिने अठोठ पनि गर्यो / यस काममा प्रतिपक्ष लगायत अन्य राजनैतीक पार्टीले समेत समर्थन गरे, भलै यो जमिन पचासौ बर्षदेखी इन्डियाले अधिनमा राखेर सैनिक क्याम्पसमेत राखेको थियो रअद्दापी छ  /  नेपालको सरकारले जानेर वा नजानेर यो भूभाग ओझेल पारिएको थियो / इन्डियाबाट प्राप्त  लोभ लाभ र सत्ता जाने डर वा सत्ता मोहले वा आफ्नो हिनभावनाले यो जमिन नेपालले दाबी गर्न सकेको थिएन / एमाले तत्कालिन नेता मदन भण्डारीले टनकपुर बाँधको घोर बिरोध गरेका थिए / 

त्यसैको कारणले उनि मर्नु परेको भन्ने बिश्वास गरिन्छ / राजा बिरेन्द्र पनी इन्डीयासंग नझुकेको र हाथहतिहार अन्य मुलुकबाट ल्याएको कारणबाट उनको बंशको सर्बनाश गराएका थिए / इन्डिया प्रत्यक्ष अप्रत्यक्षरुमा संलग्न भएको थियो / कसैले पत्याए नपत्याए पनी माओबादि जनयुध्द इन्डियाले राजसंस्था उन्मुलन गर्नमा नै प्रयोग भएको थियो / नेपालका सात राजनैतिक दललाइ दिल्लीमा ल्याएर इन्डियाले १२ बूंदे सम्झौता गराएको कुरा घाम जस्तै छर्लंगै छ / त्यसै कारणले ६३ साल देखि इन्डियाले नेपालको राजनेतालाइ मुसो जस्तै खेलाएर नेपालको बिकाश र उन्नतिमा अबरोध ल्याउदै आयो / माओबादिका प्रचण्ड र बाबुरामका राजनीति भुत्ते हुदै गए / बाबुराम त बग्दै बग्दै अन्त्यमा कांग्रेसको सहयोगले  जेनतेन संसदमा टेक्न पाएका छन / कांग्रेससंग मिलेर प्रचण्डले केहि लाभ लिदै अन्तमा एमाले समाहित भएर अलिकति भए पनि साख कायम राखेका छन / 

ओली जिद्दी पनि छन आफुले गलत गरेकोलाई सहि हो भन्न कत्ति बेर लगाउन्नन, महाकालीको सन्धी ओली नकस्सीएको भए सन्धी हुदै हुन्थेन / पार्टी पनी फुटदैनथ्यो / हठी र आफुसरहका र माथिका मित्रलाई तल पारेर माथी पुगेका हुन / नत्र ऎले उनि यो पोजीसन पुग्ने थिएनन / सन् २०१५ मा इन्डियाले नाकाबन्दी गर्दा  इन्डियाको सामु कडा हिसाबले सामना गरेको कारणले एमाले सत्तामा आउने निश्चित थियो नै / प्रचण्डलाइ कांग्रेसले पत्याएन संगै चुनाबमा जान, झन् राजनीति बिग्रेनी भयो काङ्गेसको / अनि एकाएक एमालेसंग पार्टी जो मिसाएर गठजोर गरि चुनाबमा आए, लगभग २ तिहाइ मत पनि ल्याए / यो अभुत्पुर्ब काम गरेका ओली प्रधानमन्त्रि भए / त्यो पनी अप्रत्यासित थियो / सम्बिधान बनेको थियो तर कानुन बनेको थिएन / एक आध बर्ष त्यसैमा गयो / दुइ पार्टीका भाग बण्डा मिलाउने क्रममा सोचेजस्तो सरकारको टिम पनि बन्न सकेन / जो जसले सके बदमासी गरेरै छोडे / प्रचण्डले एमालेका बरिष्ट नेतालाई लिएर खुराफात गर्न लागे / इन्डिया कै इशारामा /

ओलीलाई बद्नाम गरेर राजिनामा गराउने काम र संबिधान बिरोधि काम गराउन बामदेवलाइ बलिको बोका बनाए / अध्यादेशबाट बिधेयक ल्याउदा पार्टीको सहमतिमा ल्याउन लगाए / तर त्यसको दोषी ओली मात्रै भए / इन्डियाको डिजायनमा  बाबुरामको पार्टी फुटाउने र बाबुरामलाई प्रधान मन्त्रि बनाउने इन्डियाको चाल फेल खायो ।  तर पनी ओलीलाई सरकारबाट राजिनामा गर्न बाध्य पार्न  पार्टीमा बहुमत बनेकै थियो / ओली अल्पमतमा परेका थिए / ओली जसरी पनी सरकारबाट बाहिरिने निश्चित थियो / ओलीले अहिले जुन नक्सा प्रकाशित गर्ने काम गरे, इन्डियाको बिरुध्द संसदलाइ समेत जुरुक्क पार्दै नेपाली  जनताको भावना अनुसार कालापानी लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा अनुमोदन गरेर सबैलाई चकित पारे  / ओलीले संसदबाट इन्डियाले  हेपिरहदा बिरगाथा बोकेका नेपालीले नसहने भन्दै ३ बर्ष भित्र उक्त भूभाग फिर्ता ल्याउने ओजस्वी भाषण पनी गरे /  देशको खातीर प्रतिपक्ष समेतले उनको हिम्मत र आँटलाइ खुला हृदयले समर्थन गरे । अब संबिधानबाट समेत पारित गर्दै, सबै सरकारी अफिसमा नक्साको छाप चिन्ह समेत राख्ने काम अगि बढेको छ / अब ओलीको यस कार्यको नेपाली  जनता र सबै पार्टीका कार्यकर्ताले उनको हिम्मत र कामको सह्राना गरेका छन । अबको तिनबर्षको कार्यकालका लागी ओलीको प्रधानमन्त्रि पद कसैले हल्लाउन सक्ने छैन / ओली असाध्यै चलाक वाक पटुता भएका कवि कलाकार हुदै राजनीतिका समेत खेलाडी भएको प्रमाणित गरेका छन् / यदि इन्डियाबाट कालापानी लिम्पियाधुरा र लिपुलेकको  भूभाग साच्चै फिर्ता गर्न सके भने उनि नेपालको इतिहासमा ठुलो सम्मान पाउने राज नेता हुने छन / तर त्यो त्यति सजिलो छैन । 

५/२२/२०२०/

Leave a Reply