शिव रचना त्रय को तेश्रो भाग वायुपुत्रों की शपथलाइ सरसर्ती पढे । यस पुस्तक का लेखक अमीशको बारेमा अघिल्लो दुइ पुस्तक मेलुहा के मृत्युन्जय र नागाओं रहस्यको समिक्षामा उल्लेख गरेको थिए । यो पौराणिक कथाका आधारित औपनासिक साहित्यिक पुस्तकले साहित्यिक जगतमा मिथक पात्रहरुलाई समाबेस गरेर सम्पूर्ण बस्तु स्थितिलाइ दरिलो तर्कका साथ पत्यारिलो बास्तबिक अबस्थालाइ चित्रण गर्न सफल भएको छ । पौराणिक कथामा भगवान शिवको बारेमा अपत्यारिला र तालमेल नखाने कथन हरुलाई लेखक अमीशले असाध्यै सुन्दर ढंगबाट यसलाई लेखेका छन ।
अघिल्लो पुस्तकमा मेलुवाका दुस्मनलाई खोज्न जाने क्रममा नागाहरुको वास्तविक को हुन् भन्ने शिवले थाहा पाएका हुन्छन । यता दक्षको सैन्य खुफियाले शिवको अनुयायी र उनीसंगको गएका सेनिकलाइ आक्रमण गराएर शिबसहित सबैलाई सिद्ध्याउने षडयन्त्र गरेका हुन्छन तर शिबको दस्ताले त्यसलाई नाकाम गरेका छन् । मेलुवामा उत्पादन गरिने सोमरसले सम्पूर्ण बालबालिका र जनहरुको स्वास्थ्यमा असाध्य नराम्रो असर पारेर दृघ रोगि बनाएको र कसैलाई अपाङ्ग पारेको हुनाले सो सोमरसको उत्पादन बन्द गराउन र मेलुवामा भए गरेका कुसंसारलाई सच्याउन शिवले उदघोष गरेका हुन्छन । दक्ष शिवको घोर बिरोधी भएका छन उनि शिवले भनेको मान्ने पक्षमा भने छैनन् । शिबले अनेकौ राज्यसंग आफ्ना अनुयायी र समर्थक राज्यका सैनिकको साथ लिएर आफ्नो सैन्यदल ससक्त बनाउदछन र दक्षको मेलुवा राज्यसंग मुकाबिला गर्न शक्ति संचय गरिसकेका थिए । दक्षले शिवलाई इश्वरकोरुपमा देखाएर उनले आफ्नो अकन्टक सामाज्यको शासक हुन् चाहेका थिए तर शिब राज्यमा भएका शोषण र खराब तन्त्रको बिरोधि देखिएपछि उनलाई परास्त गर्न खोजेका थिए । तर दक्षको साम्राज्यका शासकहरुको समेत सहयोग लिएर ठुलो युध्दको शुरुवात हुन्छ ।
खराब शासनको बिरोधी र दुष्ट नासक र जनताको प्रिय भएका र शिवलाई निलकन्ठ भगवान स्वरूपको मान्यता जनहरुबाट प्राप्त भएको थियो । दक्षले आफ्नो पल्ला तल परेको महसुस गरि शिब, सतिलाइ शान्ति बार्तामा लागी दुत पठाइञ्छ । सति पनि कुशल योध्दा थिइन । शिब अन्तिम युध्दको तयारिमा बायुपुत्र पुगेका हुन्छन, जहाँ पशुपतिअश्त्र थियो । उनको अनुयायी ताराको सहयोगबाट त्यो अश्त्र प्राप्त गर्दछन । शिब नभए पनी शिवको प्रतिनिधित्व गरेर सति आफ्नो सैनिकको टुकडी लिएर आफ्ना बाबाको दर्बार शान्तिवार्ता घरमा पुग्छिन ।
तर त्यो शान्ति बार्ता धोका थियो ! शिवलाई फसाउन गरिएको कुरा बुझेर उनि त्यहाबाट भागेर जान्छिन । उनि शान्ति बार्ता घरबाट बाहिरिदा आफ्ना सैनिक माथि बर्बर आक्रमण गरेको देखेर उनीहरुलाई बचाउन ज्यु ज्यान लगाएर लड़छिन, त्यहि लडाइमा उनको शदाहत हुन्छ, सतिको मृत्युले दक्षको दर्बार डगमगाउन थाल्छ ।
जब शिवले सतीलाइ शान्ति बार्ताको नामको षडयन्त्र गरेर मारियो भन्ने खबर पाउछन । शिबले संसारमा सबभन्दा बढी माया सतीलाई गर्दथे । शिवले बरफमा राखिएकी सतिको शरीरलाई अँगालो हालेर बलिन्द्र आशु खलाल्दछन । शिबको लागि संसार सक्किएको थियो, उनले कसैलाई देखेनन् । दक्षकी पत्नी बिरणीले गणेश र कार्तिकेयव्दारा दागबत्ती दिलाएर सतीको अन्त्यष्टि गराउदछिन । यता शिबले पशुपतिअश्त्र प्रयोग गरेर दक्षको राजधानी देवगिरिका तिलाष्मी तिन शहरलाई ध्वस्त बनाउछन । सतीको अस्तु खरानी आधा गंगाजिमा सेलाएर, शिब कैलाश मानसरोबर स्व निर्वासित हुन् पुग्छन । यता कालिको सहयोगले भारतबर्ष भरि भ्रमण गरि सतीको अस्तु गणेश र कार्तिकेयाले एकाउन्न स्थानमा सतिका पिठ निर्माण गरि सदा सदाका सतिको दुनियाका लागी अबिस्मनिय बनाएका छन् । स्वयम गणेश र कार्तिकेय समेत भारतबर्ष अन्त्यन्त सम्मानजनक स्थान बनाउन सकेका छन् । संक्षेपमा यहि कथा बस्तुमा आधारित भएर व्याख्या गरिएको यस उपन्यासमा युध्द कलालाई असाध्यै सुष्म रुपमा व्याख्या गरिएको छ । यसमा रुची हुनेलाइ महाभारतको चक्रब्युह भन्दा कम व्याख्या हुने गरि छैन ।
हामीले पढिने गरेको स्वस्थानी कथामा व्याख्या गरिएको अपत्यारिलो कुरालाइ, यो शिब रचना त्रय उपन्यासले शिब, गणेश र कार्तिकेयको जन्म बिर गाथा बास्तबिक तर्कसंगतपूर्ण गरिएको लाग्दछ । यसले शिव अर्थात निलकन्ठको बारेमा यो पुस्तकले सम्मान नै थपेको म ठान्दछु ।
यो उपन्यास ५५३ पेजको छ । ५४ वटा कथा बस्तु शिर्षक छन् । यसको मुल्य भा रु २९५ /- लेखिएको छ ।

०१/२४/२०२०

Leave a Reply