शिव रचना त्रय को दोश्रो भाग नागाओं का रहस्यलाइ सरसर्ती पढे । यस पुस्तक का लेखक अमीशको बारेमा अघिल्लो पुस्तक मेलुहा के मृत्युन्जयको समिक्षामा उल्लेख गरेको थिए । यो पौराणिक कथाका आधारित औपनासिक साहित्यिक पुस्तकले साहित्यिक जगतमा मिथक पात्रहरुलाई समाबेस गरेर सम्पूर्ण बस्तु स्थितिलाइ दरिलो तर्कका साथ पत्यारिलो बास्तबिक अबस्थालाइ चित्रण गर्न सफल भएको छ / पौराणिक कथामा भगवान शिवको बारेमा अपत्यारिला र तालमेल नखाने कथन हरुलाई लेखक अमीशले असाध्यै सुन्दर ढंगबाट यसलाई लेखेका छन / यस पुस्तकमा भएका पात्रहरुलाइ हिन्दु जगतका सम्पूर्णजनले चिनेका छन् अर्थात सुनेका छन् / लेखकले कथालाई कसिलो गरि समातेर बास्तबिकता नजिक पुर्याउन पाठकलाई बाँधीरहन अन्त्यन्त सफल छन् /
यस पुस्तकमा भौगोलिक स्थान, प्राकृतिक सुन्दरता, र सम्पूर्ण पात्रहरुलाई यथोचित भूमिकामा बाधेका छन् र पाठकहरुलाई पुस्तकबाट विकर्षण हुन नपर्ने बनाएका छन् / यस पुस्तक अघिल्लो पुस्तकको कथामा निरन्तरतामा बगेको छ /
शिबले सुर्यबंशी र चंद्रबंशी बिचको युध्दमा एक जना पनि नागाको उपस्थिति नहुनु एक रहस्यमय अबस्था मानेका छन र सतिलाई मार्न सक्ने अबस्था हुदा पनी उनलाई सुरक्षित अपहरण गर्न खोजेको अबस्था उनले बुझेका हुन्छन / जसरि सुर्यबंशीहरुले चन्द्रबन्शिहरुलाइ अपराधि रआतंककारीकोरुपमा उनलाई भनिएको थियो / तर ब्यबहारिक रुपमा शिवले चंद्रबंशी असल भएको पाए / शिबले चंद्रबशीहरु र नागाहरु मिलेर देवगीरिमा आक्रमण गरि बिनाश गरेका थिए / शिवलाई लाग्थ्यो त्यस बिनासमा बृहस्पतिको मृत्यु भएको हुन् सक्ने अनुमान लगाएका थिए / जहा अनुसन्धानमुलक प्रयोगशाला थिए / जहा सोमरसको निर्माण हुन्थ्यो / यसका प्रमुख बृहस्पति थिए । शिवले बृहस्पतिलाइ आफ्नै भाइ सरह मान्थे । सो स्थानमा नागाले हातमा लगाउने बाजुबंध भेटाएका हुन्छन / त्यहि कारण थियो चंद्रबंशी माथि आक्रमण गरिनु । तर सो युध्दमा नागाको उपस्थिति नदेखेर शिवले आफुले चंद्रबंशीका उपर गरेको नरसंहार व्यर्थ र अन्यायपूर्ण भएको आत्मासात गर्दछन ।
दक्षले शिवसंग भएको निलो घांटी र जनताका आस्थाका केन्द्र निलकन्ठको उपयोग गरि आफ्नो विजय र साम्राज्य कायम गर्ने उदेश्यमा सफल भएका छन् । शिव सरल र सत्य भएकाले दक्षका सबै बिश्वासिहरु समेतले प्रभु शिवको आदेशलाइ मान्न थालेका थिए । नागाको खोजि गर्ने क्रममा अयोध्याबाट काशीका राजाकंहा शिवको टोली पुग्दछ । काशी राज्यमा नै सतिले कार्तिकलाइ जन्म दीकी हुन्छिन । त्यहाबाट पनी नागाको बारेमा सुराक ब्रंगा उपदिपबाट पत्ता लगाउने कुरा अगाडी आउछ । त्यहा उपद्रव मचाउने रोगबाट ग्रसित हुदा नागा राज्यबाट संजीवनीको रुपमा औषधि ल्याइने रहेछ । त्यो सुराकबाट पनि नागाहरुको बस्ति सुराक लाग्दैन । इक्ष्छावडमा नरभक्षी बाघको आक्रमणले धेरै मानिसको नरसंहार भएको हुन्छ । शिव ब्रंगामा दलबल गएको बेलामा, सतिले यो बाघबाट नरसंघार भएको खबरले चिन्तित तुल्याउछ ।सति पनी एक कुशल योध्दा हुन् । कार्तिक लाइ हेरचाह गर्न कृतिका लाइ लगाउछिन र सति इक्श्छा वड तर्फ केहि सैनिक ली पुग्छिन । बाघको झुण्डले शिकार गर्ने हुदा उनिहरुस्न्गा भीडन अन्त्यन्त कुशल हुन् आबश्याक थियो ।
सतिले सो बाघको झुण्ड पाच सातको होला होला भन्ने अनुमान थियो । तर तिसौको रहेछ । सानो झुण्डलाई मार्न सके पनि आक्रमणमा फुस्केर गएकाले झुलो झुण्ड ल्याएर आक्रमण गरे जसमा सतिको हार निश्चित थियो । तर संयोगबश मुकुण्डधारी मान्छेले उनलाई सहयोग गरेर उनि बच्न सफल भइन । उनीहरुको मुखौटा भुइँमा खस्यो र सतिले उनीहरुको अनुहार देख्न पाइन् । सतिले हमसकल काली देख्छिन । काली सतिकी जुम्ल्याहा बैनी हुन । तर उनीसंग अगल हुनको कारण उनि काली भएकोले दक्श्यले उनलाई त्यागेर बहिष्कृत गरेका थिए । साथमा भयानक स्वरुप भएका गणेश थिए । कालीले सतिलाई भन्दछिन । उ तिम्रो छोरो हो ! तर सतिलाई थाहा थिएन । उनलाई भनिएको थियो । तिम्रो सन्तान जन्मिदै मरेको हो भनेर । कालीले गणेशको स्याहार सुसार गरेर हुर्काएकि थिइन् । सतिले आफ्नै बैनीलाई र छोरोलाई अँगालोमा कस्छिन । उनीहरुलाई आफ्नै बाबु दक्ष ले छुट्याएका रहेछन । कालीले सति तिम्रो पुर्ब पतिलाई पनि बाबाले मराएको हुन् पर्छ । गणेश सतिकी पुर्ब पतिबाट जन्मिएको पुत्र हो । सतिले उनीहरुलाई पनि काशी नरेशको दरबारमा आफूसंगै लगेर गइन ।
नागहरुलाई देखाएर आफ्नो साम्राज्य कायम गरेका दक्ष्ले शिवले यतिबिघ्न गरि नागाको खोजि गरेको मन परेको थिएन । उनले काशीमा आफ्नो साम्राज्यका राजाहरुलाई बोलाएर बैठक बसालेका थिए । सो बैठकमा सम्पूर्ण राजा र बिशिष्ठ व्यक्तिले दक्ष्यलाइ उठेर प्रणाम अभिवादन गरे तर शिवले उनलाई उठेर अभिवादन गरेका हुदैनन । बसेरै अभिवादन गरे । दक्ष्यले शिवले मलाइ अनादर गर्यो भनेर तथानाम गालिगरेर मैले तलाई असभ्य कविलाबाट इश्वर बनाए तेरो हैसियत के थियो ? भनेर तरवारले आक्रमण गर्न खोजे तर शिवका अनुयायी र सतिले ले सो को प्रतिकार गरे ।
शिवले गणेशलाई बृहस्पतिको हत्या गरेको नागा भनि ठानेका थिए । त्यसैले सतिले अनुनय बिनय गर्दा पनि पुत्रको रुपमा स्विकार्न सकेका थिएनन । सतिकी जुम्ल्याहा बैनी कालीसंगको सहमतिमा नागाहरुको बस्ति पंचवटी पुर्याउने कुरामा शिवलाई बिश्वास दिलाउछिन । बिबिध व्यवधानका बावजुद शिवका अनुयायी र सैनिक दलहरुलाई पथ पर्दशकको रुपमा नागाको स्थान पंचवटी कालीले पुर्याउछिन ।
नागाहरुको बस्ति हेरेर शिव छक्क पर्दछन । त्यहाका जनस्तर न गरिब न धेरै धनि र सभ्य सुसंकृत देखेर उनि प्रभावित हुन्छन । शिवले मेलुहाको जीवन स्तरलाई उत्कृष्ठ मानेका थिए । नागाहरुको पन्चवटीको रहेको एक स्कुलमा शिव पुग्दछन । अलिपरको कोठाबाट चिर परिचित आवाजमा बिध्यर्थिलाई पठाएको सुन्छन । कालीले त्यहि कोठामा शिवलाई लिएर जान्छन । ढोका खोलेर हेरेपछि थाहा पाउछन कि ति शिक्षक बृहस्पति रहेछन जुन शिवले अन्त्यन्त माया गर्ने आफ्नो भाइ सरह मान्थे । तिनै ब्रिहस्पतिलाई गणेशले मारेको भन्ने उनको बिश्वाश थियो । त्यहि आरोपले गर्दा गणेशलाई पुत्रको मान्यता दिन मानेका थिएनन शिवले । गणेशले लगाएको बाजुबंध र देवगिरि बिनासमा भेत्याएको बाजुबंध एकै किसिमको थियो । जब बृहस्पतिलाइ त्यस प्रकार भेटछन , किमकर्तब्य बिमूढ़ भै गणेशतर्फ फर्केर मुस्कराउछन र शिवले बृहस्पति तर्फ जान्छन वृहस्पतिले शिवलाई भन्दछन, आउनुस मित्र मैले तपाइको प्रतीक्षा गरिरहेको थिए । उनले भनेका थिए, शिवलाई “तपाइको लागि म जहा जान पनि तयार छु । यदि तपाइलाइ सहायक हुन्छ भने ।
शिवले दानवको भुमिको अर्थ के हो भनेर धेरै पटक दोहर्याए । जब शिवले बृहस्पतिलाइ भेटे उनले सवै कुरा कुरा बिस्तारमा बुझे । बृहस्पतिले आफ्नो लामो सेतो दाढी काटेर चित्त परेका, आफ्नो सुकैटे सरिर ब्यायाम गरेर सुठौल सरिर बनाएको टाउकोमा लामो टुप्पीलाइ शिखा बाटेका, शिवले बिछोड़ेको प्यारो मित्र, उनले भाइ मान्थे उनै “बृहस्पति “ यसरि यो पुस्तकलाइ अन्त्य गरि क्रमश: गरिएको छ । शिवले नागाहरुले बृहस्पतिलाइ हत्या गरे र सतिलाइ मार्न कै लागि पछि परेका हुनाले नागाहरुको यो इरादालाइ नाकाम गराउन शिवको एक मात्र लक्ष हुन् पुग्दछ जसले गर्दा शिव खतरनाक र रोमान्चकारी युध्दको मुकावाला गर्दै कोहि मित्र बाट दुस्मन हुदै चंद्रबंशी र नागाहरुसंग जोडिएको सत्यता र नागाहरुको रहस्यसम्म लेखकले असाध्यै कुशलता बर्णन गर्न सफल छन ।
यसको मुख पृष्ठमा एउटा बलिष्ट मान्छेको हातमा नाग बेरिएको आकर्षक फोटो फिचर छ । माथि शिवारचना -२, त्यसको मुनि नागाओं का रहस्य लेखिएको छ । पुस्तक भित्र २३ वटा शिर्षकमा लेखिएका पटकथा समेटेर यो उपन्यास बनेको छ । यसको मुल्य भारु २२५ छ ।

पुण्डरी अर्याल
टेक्सास
०८/१२/२०१९

Leave a Reply