Skip to content
  • Wed. Mar 29th, 2023
Pundary Aryal :: Nepali Literature Portal
  • कविता
  • गजल
  • लेख/रचना
  • आयुर्बेद तथा जडिबुटी
  • अध्यात्मको बाटोमा
  • भागवतगीता
  • कथा
  • मुक्तक
समिक्षा

“अध्यात्मको बाटोमा” पुस्तकको: पाठक प्रतिक्रिया

ByPundary Aryal

Oct 31, 2022
“अध्यात्मको बाटोमा” पुस्तकमा मित्र बद्रीनाथ अधिकारीजीले इमेल मार्फत पठाउनु भएको प्रतिक्रिया जस्ताको तस्तै यहाँ उल्लेख गरेको छु ।
लेखक
From: Badri Nath Adhikary
Date: October 30, 2022 at 12:57:21 PM CDT

Subject: नमस्कार

“अध्यात्म को  बाटोमा ” पढ्ने अवसर दिनु भएकोमा धन्यवाद । पुस्तक पाएर पनि त्यस प्रति कमेन्ट गर्न ढिला भयो /क्षमा  चाहन्छु । हजुरको लेखन शैली प्रस्तुतीकरण राम्रो लाग्यो ।

१   धर्म भनेको अध्यात्म होइन भन्ने कुराको ब्याख्या सारै राम्रो लग्यो ।
२  धेरै मान्छे न आफ्नो बारेमा जानेर मरेका छन न जीवन र जगत को बारेमा बुझ्ने कोशिस गरेका छन् । यो पढ्दा रमण महर्षि को who am I? भन्ने शिक्षा पढ्दा को याद आयो । यदि आफ्नो बारेमा जान्यो भने यो शरीर “म” होइन भन्ने थाहा हुञ्छ र सुख या दुख ले छुन सक्दैन भन्ने शिक्षा हो जस्तो लाग्छ ।
३. धर्म र रिलिजन फरक कुराहुन भन्ने पनि हामि  धेरै लाइ थाहा छैन । यस उपरको ब्याख्या धेरै राम्रो लाग्यो  ।
   मान्छे धर्म निरपेक्ष   हुन नसक्ने कुरा सहि हो । धर्म को गलत ब्याख्या हुदा कुरीति हरु देखा परेको र अन्य धर्म का मान्छेले हिन्दुहरु लाइ हेर्ने दृस्टीकोण पनि फरक भएको कुरा मैले पनि अनुभव गरेको छु ।
४.  “हामीले हिन्दुधर्म प्रचार कालागि सुको पैसा खर्च गरेका छैनौ “।  हो हामीले अरु धर्महरुले नेपालमा या अरु मुलुकमा   धर्म प्रचारका लागि धेरै पैसा खर्च गरेको देखेका छौं , सुनेका छौं । तर हिन्दुहरुले गरेको थाहा छैन । हिन्दु धर्म प्रचारका लागि के गर्नु पर्ला ?
५.  हिन्दु धर्म को नामकरण सवारकर ले गरेको कुरा हामी धेरै लाइ थाहा थिएन । थाहा पाउदा खुशी लाग्यो ।
   हिन्दु धर्मका चार स्तम्भहरु, आश्रम व्यवस्था , आदिको ब्याख्या सारै राम्रो लग्यो ।
६. हो हजुरले लेख्नु भए जस्तै आफ्ना छोराछोरी लाइ अंग्रेजी स्कुल राख्ने , विदेश पठाउने अनि आफ्नो संस्कृति बिर्से , बाबु आमा लाइ हेरेनन् भन्नु कहाँ सम्म ठिक हो ?  उल्लेख गरेको कुराले मन छोएको छ ।
७. नेपाल का योगी नरहरि नाथ को धर्म , संस्कृति , इतिहासमा महान योगदान छ । वहा र खप्तड स्वामी को उल्लेख भएकोमा खुशी लाग्यो । आउदा संस्करणहरुमा अरु पनि नेपाली सन्त महन्त आदिको उल्लेख गरेको सुन्न पाए राम्रो हुने थियो ।
८.  बर्ण व्यवस्थामा शुद्रको ब्याख्या धेरै राम्रो लाग्यो  । यस ले समाजमा विभेद हटाउन मद्धत पुग्छ जस्तो लाग्छ ।
नेपालमा पनि थर को ठाउमा गोत्र या बाबुको (आमाको) नाउ राख्ने सुझाब राम्रो लग्यो । दक्षिण भारतमा छ भन्छन । त्यसले कति विभेद  हटायो होला ?
९. भारध्वज  ऋषिको बायुयान, शिबकरको बिमान परिक्षण हामी धेरै लाइ थाहा नभएको कुरा थाहा पाउदा खुशी लाग्यो ।
१०. आत्माको बारेमा आत्मा के हो भन्ने सधैं खुल्दुल लाग्थ्यो ” मान्छे भित्र जुन जीवतत्त्व छ तेही नै आत्मा हो ” ले खुल्दुल मेटियो ।
११. ” म को हुँ” भन्ने कुरा मलाई पनि सधैं खुल्दुल लाग्थ्यो । यस सम्बन्ध मा दक्षिण भारत का रमण महर्षि या महाराष्ट्रका  निसर्गदत्ता  महाराजका केहि ब्याख्या इन्टरनेट मा पढेको थिएँ । हजुरले गीता को श्लोक बाट तेस्को ब्याख्या गर्नु भएको छ , त्यसैले मलाइ  बुझ्न सजिलो भयो ।
१२.वर्तमानमा जिउनु नै आनन्दमय जीवन जिउनु हो भन्ने ब्याख्या राम्रो लाग्यो ।
१३. विभिन्न योगको ब्याख्या, त्यसमा पनि आठ अंग को ब्याख्या योग अध्ययन गर्ने व्यक्ति का लागि धेरै उपयोगी छन् ।  कर्म को ब्याख्या धेरै घत लाग्यो ।
  १४. राजाले राजधर्म बिपरित शासन गर्दा गद्दी छोड्नु परेको भन्ने  मलाई  पनि पहिले देखि नै लाग्थ्यो हजुर को लेखले प्रमाणित गरिदियो ।
  १५. दिनदिनै ॐकार   उच्चारण गरेर पनि रहस्य थाहा नपाउने हाम्रो लागि ब्याख्या अति उपयोगी छन् ।
 १६. हजुर को लेखबाट स्वामी आत्मानन्द गिरीबारे थाहा पाएँ । वहाको नेपाली भाषा को प्रबचन सुन्दै छु ।
१७. ऋषि , सुगा र ब्याधा को कथा जस्तै अहिलेको नेपालको शिक्षा को अवस्था छ जस्तो लाग्छ ।
केहि प्रिन्ट मिस्टेक ; पेज  ४४ दोस्रो प्यारा मा “कजेको ” (कलेजो ) पेज ९२ “झाल (जाल )
अर्को संस्करणमा गैर हिन्दु हरुलाई हिन्दु को धर्म ग्रन्थ या देबी देवता हरुको बारेमा छोटकरिमा कसरी ब्याख्या गर्ने बारे केहि उल्लेख भए हुन्थ्यो भन्ने लागेको छ । यसबाहेक पनि हजुरसँग बसेर कुरागर्ने मन छ ।
धन्यवाद !!!

– बद्री अधिकारी

Post navigation

पाठकको नजरमा “अध्यात्मको बाटोमा” पुस्तकबारे प्रतिक्रिया

Related Post

समिक्षा

पाठकको नजरमा “अध्यात्मको बाटोमा” पुस्तकबारे प्रतिक्रिया

Aug 17, 2022 Pundary Aryal
समिक्षा

भैरहवामा “अध्यात्मको बाटोमा” ( पुस्तक परिचर्चा कार्यक्रम )

Aug 10, 2022 Pundary Aryal
समिक्षा

अध्यात्मको बाटोमा। …. विशिष्ट व्यक्तित्वबाट पुस्तक विमोचनमा चर्चा

Apr 29, 2022 Pundary Aryal
भर्खरै
  • दृश्य, दर्शक, द्रष्टा, साक्षी र आत्मा ?
  • कविता-एउटा अप्रत्यासित दुर्घटना !!!
  • कथा : जुना क्रमश-२०
  • जरिबूटी परिचय – गोखुरा
  • धमासा झार एक आयुर्वेदीय गुणयुक्त औषधी ?
  • Toward the path of spirituality
  • कथा : जुना क्रमश-१९
  • के ब्राह्मी/ घोडेटाप्रे (bacopa monnieri) ब्राह्मी/ घोडेटाप्रे चमत्कारी बुटी हो ?
  • कथा : जुना क्रमश-१८
  • प्याज खानुहोस । प्याज खानाले सरिरलाई फाइदै फाइदा गर्छ ?
विषयवस्तु
  • भागवतगीता
  • अध्यात्मको बाटोमा
  • योग एवं ध्यान
  • स्वास्थ्य
  • आयुर्बेद तथा जरिबुटी
  • कथा
  • कविता
  • गजल
  • मुक्तक
  • यात्रा संस्करण
  • लेख/रचना
  • पुस्तक समिक्षा
  • बिबिध

पुण्डरी अर्यालको “जीवन यात्रा अनुभव” ​सुन्नुहोस

धेरै रुचाइएका
  • कविता- बा को सम्झनामा ! - 84,441 views
  • सम्बन्ध बिच्छेद अभिसाप हो या बरदान ? - 11,119 views
  • श्रीमद्भगवद्गीता- सम्पुर्ण (भावार्थ सहित) - 8,624 views
  • स्वास्थ र सुखी जीवन यापन गर्ने उपाए ! - 6,161 views
  • अमेरिका आइपुगेका नेपाली युवाले किन गर्दैछन् आत्महत्या ? - 6,139 views
  • यो रात नै अन्तिम रात हुन् सक्छ ? - 5,744 views
  • कहिल्यै नफाट्ने पुस्तक “कलेजो फेरेको मान्छे” - 5,659 views
  • न्यूयोर्कमा कलेजो फेरेका लेखकले सार्वजनिक गरे डाक्टरकै हातबाट पुस्तक - 4,907 views
  • यसरी जन्मियो ‘कलेजो फेरेको मान्छे’ नामक पुस्तक ! - 4,753 views
  • ​”कलेजो फेरेको मान्छे” को लोकार्पण - 4,230 views

पढ्न छुटाउनुभएको

अध्यात्मको बाटोमा

दृश्य, दर्शक, द्रष्टा, साक्षी र आत्मा ?

Feb 9, 2023
कविता

कविता-एउटा अप्रत्यासित दुर्घटना !!!

Feb 8, 2023
Uncategorized

कथा : जुना क्रमश-२०

Feb 8, 2023
Uncategorized आयुर्बेद तथा जडिबुटी

जरिबूटी परिचय – गोखुरा

Feb 7, 2023
Pundary Aryal :: Nepali Literature Portal

Proudly powered by WordPress | Theme: Newsup by Themeansar.

  • Home
  • Disclaimer
  • HomePage