यो “अध्यात्मको बाटोमा” पुस्तकबारेमा  श्री निरज खनालजी पठाउनु प्रतिक्रिया भनौ वा समालोचना भनौ   मेरा मित्र शरद रेग्मीजी मार्फत इमेलबाट प्राप्त भएको थियो । त्यो जस्ताको तस्तै यहाँ राखेको छु ।

-पुण्डरी प्रसाद अर्याल

 

 

हाम्रो पूर्वीया दर्शन अन्तर्गत अध्यात्म सम्बन्धित ऋषिमुनिहरुद्वारा उद्भासित अत्यन्त निगुढ़तम
ज्ञानको थोरै मात्रै पनि बिबेचना गर्न खोज्नु सानो कुरा होइन। यस्ता सबै प्रयासहरु विद्वान र
ज्ञानीहरुका बिचमा प्रशंसनीय नै हुञ्छन । किनभने अध्यात्मको अन्तिम उद्धेश्य भनेको जीवको
उद्धार र परमात्माको साक्षात्कार गर्नु नै हो। अतः जस्तो प्रयासहरु पनि कुनै न कुनै रुपमा यदि
मानवलाई परमात्मा तत्वको बोध गराउन सक्छ भने त्यो अमूल्य नै हुन्छ। चाहे त्यो कुनै कृति
होस , कुनै  व्याख्यान  होस् वा  कुनै लेख होस अथवा त्यस्तै कुनै प्रेरणाको स्रोत होस् वा त्यस्तो बन्न
सकियोस । त्यो उज्ज्वल र परिस्कृत कर्म बराबर हुन जान्छ।

प्रस्तुत पुस्तक नेपाली साहित्य र अध्यात्मिक प्रेरणाको लागि यस्तै एक उज्ज्वल कृतिको रुपमा
रहनेछ। यद्यपि अध्यात्मिकता यति बिराट विधा हो कि, जसरी परमात्माको सृष्टी बिराट छ
त्यो पनि उतिनै बिराट छ, जसको एक थोपा ज्ञान पनि अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी
उज्ज्वलता तर्फ डोर्याउन सानो बत्तिको काम गर्न सक्छ। परमात्माको यति महान
अध्यत्मिकताबारे जति लेखेपनि अधुरै रहन्छ। कुनै पुस्तकमापनि उसको पूर्णरुपको ब्याख्या गर्नु
सम्भव छैन। त्यसैले समयानुसार हरेक व्यक्तिलाई उसको देखाई र भोगाई अनुरुप उचित प्रेरणा
दिलाउन पर्ने हुन्छ। यस्तै केहि जिज्ञासु शोधकहरुका लागि यस पुस्तक प्रेरणाको श्रोत बन्न सक्छ
भन्ने मलाई विस्वास छ।
अध्यात्मको पहिलो खुड्किलो भनेको शुभेच्छा तथा जीव जगतको कल्याणको भावनाको
प्रचुरता मनमा आउनु हो। भगवानको नाममा अनेक स्वार्थी र तामसीक अभ्यास गर्ने
पाखण्डहरुको पनि कमि छैन। जसले मृत्युलाई नाजिकबाट देखेको छ उसलाई संसारको सुख
दुखको क्षणिकता र निस्सारताको बोध भईसकेको हुन्छ। यो पुस्तक मैले पढ्दा मलाई लेखकको
स्पस्ट विचार र सत्यगामी मार्गनिर्देशन सुन्दर रुपमा प्रस्तुत गरेको भान भयो। हरतरहले,
अल्मलिएका र आफ्नो पूर्वीय दर्शनसंग साक्ष्यात्कार गर्न मौका नमिलेकाहरुका लागि सहि बाटो
पहिल्याउन यो पुस्तक अतिनै उपयोगी हुनेछ भने केहि बुझेका र शोधकहरुका लागि पनि सुन्दर
बुद्धिको बिनोद तथा रन्जनको सामग्री सिद्ध हुन सक्छ। वास्तवमा असल पुस्तकनै असल मित्र
हुन सक्छ जसमा सद्बुद्धि विकास गर्ने ज्ञानयुक्त सम्भासण निहित हुञ्छ। हाम्रो शास्त्रनुसर
“तमसोमा ज्योतिर्गमय” को उक्तिलाई चरितार्थ गर्न पनि यो पुस्तक सहायक हुन सक्छ मेरो
विश्वास छ।
मेरो बिचारमा अनुच्छेद १८ लाइ प्राक्कथन वा पहिलो अनुच्छेदमा राख्न सकियो भने त्यसले
संसारिक दुख: देखि बिरक्त जिज्ञासुहरु सुरुमै मन जितेर प्रेरणाको स्रोत बन्न सक्ने थियो कि जस्तोलाग्छ। त्यस्तै केहि तथ्यहरुको कसैलाई शोध खोज गर्न इच्छा भएमा आफै बिस्तारमा खोज्न
सहायक हुने गरि लेखकले प्रयोग गरेका स्रोत सामग्रिहरु पनि उल्लेख गरिदिनु भएमा उचित हुने
थियो जस्तो लाग्छ। अन्त्यमा यस पुस्तक जसको हातमा पर्छ उहाहरुले एक पटक श्रद्धापूर्वक
पढनु भएमा उहाहरुको मनन् एवम निदिध्यासनमा थप ऊर्जा प्रदान गर्न अबश्य सघाउ
पुर्याउने छ ।

———- Forwarded message ———
From: niraj khanal <nirajkhanal51@gmail.com>
Date: Wed, Aug 10, 2022 at 7:31 PM
Subject: book_comment
To: <regmisharad6429@gmail.com>

Sincerely,

Niraj Khanal