शिव रचना त्रय : मेलुहा के मृत्युन्जय , नागाओं के रहस्य र वायुपुत्र कि शपथ यी तिन पुस्तक म नेपालबाट फर्कदै गर्दा रुद्रदाइले मलाइ दिनु भएको थियो / यी पुस्तकका लेखक अमिश त्रिपाठी हुन । भारतीय मुलका त्रिपाठी बम्बैमा जन्मेर, रौर्केला उडिसामा हुर्केका हुन् उनको जन्म अक्टुबर १८, १९७४ भएको हो । उनि लेखकको रुपमा आउनु अगाडी बैक र इन्सुरेन्स कम्पनिमा १४ बर्ष लामो बित्तिय सेवामा सक्रिय थिए । अमिश एकाएक यी पुस्तक लेखेर भारत बर्ष र साहित्यिक क्षेत्रमा चर्चित हुन् पुगेका रहेछन । उनका पुस्तक तमिल, हिन्दि, तेलगु, बंगाली आसामी मलालयम, मराठी, कन्नाड, गुजराती, स्पानिस, इन्डोसियन, पोलिश, चेज, फ्रेन्च र ओडीसा भाषामा समेत उल्था गरेर चालिस लाख भन्दा बढी पुस्तक बिक्रि गरेर (१२० करोड रुपये गरेर ) भारतको सय जना मध्ये का सेलिब्रेटी हुन् पुगेका रहेछन । उनका यी mythic fiction पौराणिक कथाका आधारित औपनासिक साहित्यिक पुस्तकले साहित्यिक जगतलाइ हलचल मचाइ दिएको भन्ने कुरामा म विश्वस्त भए, उनको शिव रचना त्रय- ३ मध्येको मेलुहा के मृत्युन्जय पढे ।
यस पुस्तकको कभर पृष्ठमा एक जटाधारीको पछाडी पिठ्यु देखिएको भागमा त्रिशुल को चित्र छ, त्यसैको तल सेतो अक्षरमा अमिश लेखिएको छ । अमिश यस पुस्तकका लेखक हुन । सबभन्दा माथि शिव रचना 1 र त्यसैको तल मेलुहा के मृत्युन्जय त्यसैको तल ब्राकेटमा The Immortal of Meluha लेकिएको छ भने शेखर कपुर र बिजनेस स्टेण्डर्ड लेखकको बारेमा भनेका छन् । यसको मुल्य भा. रु २२५ छ । यस पुस्तकका अनुवादक विश्वजित ‘सपन ‘ ले गरेका हुन् । करिब ४४० पेजको पुस्तक २६ अध्यायमा विभक्त गर्रिएको यो उपन्यासमा मानसरोबर निकट बस्तीका सरदार शिवलाई मेलुहाबासीले आप्रवासीको रुपमा मेलुहामा ल्याएका हुन्छन । उनको सारीरिक सुगठन एक सुरबिरको रुपमा प्रस्तुत गरिएको छ । शिवको बिशेष गरेर उनको निलो रंगको घाँटी भएकोले उनलाई परम शक्तिशाली महादेवको रुपमा उनलाई मेलुहामा भित्र्याइएको थियो । मेलुहा एक बिकसित र सुसंस्कृत साम्राज्यको रुपमा देखाइएको छ । मेलुहा राज्यमा सुर्यबंशी राजा दक्ष छन । मेलुहाले हरेक पटक नागाहरु र चंद्रबंशीको आक्रमण बेहोर्न परेको र युध्दमा हारको सन्त्रास भैरहेको अबस्थामा मेलुहामा निलकन्ठ भएका शिवलाई देवादी देव महादेवको रुपमा दक्षले हेरेका हुन्छन । तर शिवलाई यसको बारेमा थाहा हुदैन । दक्षले मेलुहाबासिलाई शिवको रुपमा साक्षात महादेव मेलुहाको रक्षार्थ आएका हुन् भनिएको हुन्छ । दक्ष मुलत सुर्यबंशी हुन् र आफ्नो मुलुक नागा हरु र चन्द्रबंशीबाट सदा खतरा भएको महसुस गर्दछन ।
मेलुहा साम्राज्यको सोम रस निर्माण गर्ने तथा अनेकन बैज्ञानिक अनुसन्धान मुलक केन्द्र देवगिरि पहाडको तल रहेको हुन्छ । जसको प्रमुख गुरु बृहस्पति हुन्छन । मेलुहा साम्राज्यको राजसभाका र उच्च सैनिक सुरक्षा केन्द्र प्रमुख र पदाधिकारीहरुसंग समेत शिवको परिचय गराइन्छ र उनको आगमन मेलुहाको रक्षा आतंककारी र दुष्ट बाट बचाउन भएको हो पनी भनिएको हुन्छ । तर अचानक देवगिरि पहाडमा भयानक बिष्फोटन गराई आक्रमण भएर त्यहा भएको सम्पूर्ण केन्द्रहरु ध्वस्त हुन् पुग्दछ । गुरु बृहस्पति समेत त्यस आक्रमणमा मारिएका हुन्छन । त्यस क्षेत्रमा निरीक्षण गर्दा नागाको हातमा लगाउने ओम स्वरुप सर्प चिन्हको वस्तु भेटिंछ । शिवलाई लाग्दछ कि यो आक्रमण नागा र दुष्ट आतंकारीहरुले पनि गरेको हुन् सक्छ । त्यसैले चंद्रबंशिलाई शिवको अनुरोधमा चंद्रबंशी ती आतंकारिलाइ सुपुर्दी गर्न कुटनैतिक प्रयास गरिन्छ । चन्द्र बंशी राजाले यो आक्रमण हाम्रो तर्फबाट गरिएको हैन, त्यस्ता अपराधि मेरो राज्यमा छैनन् । भनेर उत्तर दिएका हुन्छन । शिवलाई राजाले भने जस्तै हुन् पनि सक्छ भन्ने लाग्दछ तर नहुन पनी सक्ने सम्भावना छ । शिवको मित्रता गुरु बृहस्पतिसंग गहिरो थियो । अन्तमा चन्द्रबंशीका राज्य बिरुध्द युध्द गर्ने निर्णय गरिन्छ र शिवलाई युध्दको प्रधान बनाएर घमासान युध्द हुन्छ । हजारौ मानिस मारिन्छन त्यस युध्दमा, चंद्रबंशीको पराजय हुन्छ ।
शिवले त्यस युध्दमा एक जना पनी नागालाई भेटेनन । उनि सामंजस्यमा पर्दछन । किनकि नागाहारुलाई आतातायी आतंककारी भनिएको थियो । शिवलाई लाग्दछ कि अनाहकमा चंद्रबंशीबासिको हत्या बिनास भएकोले उनलाई पछुतो लागिरह्न्छ । चंद्रबंशी राजा दिलिपका सपरिवार समातिएर दक्ष समक्ष ल्याइन्छ । राज कुमारीले शिब हाम्रो रक्षार्थ हुन् पर्ने के भयो यस्तो भनेर सुनाएकी हुन्छिन उनलाई । राजा दिलिप संगै चंद्रबंशिको राजधानी अयोध्या प्रस्थान गर्दछन । चन्द्र बंशीको राज्यकामा भने अव्यवस्थित बाटाहरु पनि बिग्रे भत्केका, बजार पनि अव्यस्थित, मान्छेहरु छाडा स्वतन्त्र खाले देखिन्छन । तर राजमहल भव्य थियो तर जनताको जिबन स्तर उच निचामा धेरै अन्तर भएको देखिन्छ । मेलुहा साम्राज्य भने अति ब्यबस्थित जनताको जिबन स्तरमा सामजस्यता मिलाइएको सुन्दर सफा राज्य सभ्य भएको बताइएको ।
शिब मेलुहामा राजधानीमा प्रबेस गर्न लाग्दा उनको नजर सतिमा पर्दछ त्यो ब्रह्म मन्दिरमा । उनलाई सति त्येस देशकी राजकुमारी हुन् भन्ने थाहा थिएन तर जब उनि दक्षको घर पुग्दछ । सति उनकी छोरी भएको थाहा पाएका हुन्छन । सति नाट्य शालामा नृत्य सिकेको बेलामा, शिवले उनीसंग नृत्य गर्दछन । शिब नाट्यकलामा निपूर्ण थिए । यसरी शिवको सतिसंग प्रेम बसेको थियो र अन्त्यमा बिबाह बन्धन बाधिएका थिए । सतिलाइ लागेको थियो, त्यस भयानक युध्दमा शिब मारिने सम्भावना पनी उत्तिकै थियो, सति पनि एक कुशल योध्दा थिइन तर युध्दमा सती यस युध्दमा सामेल हुन् सकिनन किनभने उनी गर्भिणी थिइन । युद्ध जीते पनी शिब नराम्रोसंग घायल भए ।
दक्ष राजा रामचन्द्रको जन्मस्थल र दिलिप राजाको राजदरबार अयोध्यामा परास्त राजा दिलिपलाइ लिएर पुगेका हुन्छन । संगसगै शिब सतिकोको सवारी भएको हुन्छ । शिवले अयोध्याको भगवान रामचन्द्रको अन्त्यन्त भब्य मन्दिर दर्शन गर्न एकलै निस्केका थिए, ताकि चंद्रबंशी जनता दुष्ट र साच्चिकै अपराधि विचारका हुन् कि हैनन भनेर परिक्षा लिदै अयोध्याको अबलोकन कतै मैले यहाका जनतामाथि अन्याय त गरिन भन्ने उनलाई लागेको थियो । जब उनि मन्दिरको माथिल्लो सिढीमा पुगेका थिए । यसो पछाडी फर्केर हेर्दा सती मन्दिरको तल्लो शिढीमा थिइन कोइ उनलाई आक्रमण गर्न उनको पछाडी आइरहेको शिवले देख्छन र आफुसंग भएको चक्कुले टाढैबाट प्रहार गर्दछन । तर त्यो चक्कु त्यस व्यक्तिलाइ नलागेर नजिकको रुखमा गएर लाग्छ । शिवले त्यस व्यक्तिलाई दुष्ट नागाको रुपमा जान्दथे । त्यस नागाले सो चक्कु हातमा लिएर सती तिर लम्कन्छ । सतीको नजिक त्यो नागा थियो केहि दुरी पर शिब थिए, जब चक्कुले त्यस नागालाई लागेन, तब हतारमा म्यान बाट तरबार लिएर सतीलाइ बचाउन उनि तर्फ दौड़छ्न, तर त्यसले आफ्नो अगाडी ढाल तेर्साउछ । त्यसपछि क्रमश: मा जान्छ । यस उपन्यासका केहि सक्षिप्त कुरा यिनै हुन् । तर यस उपन्यासको लेखकीय कला असाध्यै राम्रो लाग्यो । यसका पात्रहरु सबै परिचित लाग्दछन किनकि हामीले बारम्बार स्वस्थानी कथामा पढेका छम । साच्चै यहि उपन्यासमा उल्लेख गरे जस्तै एक बहादुए निर्भिक न्यायिक लोभ लालच नभएको निल कण्ठ भएको पात्रलाइ नै हामीले शिवको रुपमा मानिराखेका हौ कि ? भन्ने पनी लाग्दछ ।
यस उपन्यासले शिवलाई मेलुहा के मृत्युन्जयकै रुपमा प्रस्तुत गर्न अन्त्यन्त सफल छ । म पुस्तक पढन अल्छी गर्ने मान्छेले पनि एक हप्ता नलाई सिध्दाए । अब यस सिरिजका दुइ उपन्यास छन अब त्यता पट्टि लाग्न अग्रसर भएको छ ।

पुण्डरी अर्याल

टेक्सास
०७/२२/२०१९

Leave a Reply