डिसेम्बर २०१७ मा नेपालमा गएका थियौ । मेरो नेपालको बसाइ सकेर अमेरिकाको लागी काठमाण्डौ आइसकेको थिए ।  त्यसैको दुइ दिनपछिको फ्लाइट थियो । निलम बैनीले योगमायाको बिमोचन हुदै छ । तपाइँ जसरि भए पनि आउनुस भनेर दुइ चार पटक फोन गरिरहेकी थिइन ।  उनले भर्खरै प्रकाशित गरेको योगमायाको बिमोचन भृकुटी मण्डपको नेपाल पर्यटन बोर्डको हलमा हुदै थियो सायद फेब्रेवरी तेश्रो साता, २०१८ मा होला । मलाइ अलिक सन्चो थिएन डाइरिया भएको थियो अघिल्लो दिन । त्यस दिन अलिक बिशेक भएको महसुस गरे र बैनी शारदा र पत्नी लक्ष्मीलाई लिएर योगमायाको बिमोचन कार्यक्रममा सम्मिलित हुन् पुगे । निलमसंग भने त्यति समय थिएन, कार्यक्रमकै चटारो थियो । कार्यक्रममा नेपालका बरिष्ट साहित्यकारहरुको उपस्थिति थियो नै ।मेरो  त्यति धेरै साहित्यकार संग चिनजान त थिएन । केहि अनुहारहरु भने परिचित थिए । साहित्यकार अशेष मल्ल र भागीरथीसंग भेटे वहाहरुसंग तस्विर पनि खिचे । कार्यक्रम सम्पन्न भए पछि निलम र उनकी आमासंग छोटो समय लिएर भेट गरे । योगमाया बिक्रीमा राखिएको थियो । एक कपि किने र बिदा भएर निस्के । योगमायाको आरम्भलाइ पढे र सुटकेशमा प्याक गरे । अमेरिका आइसकेपछि सुस्ताई सुस्ताई पढेर आधाजति पढिसकेको थिए । योगमायाले मदन पुरस्कार पायो । यो पुस्तक के कति हैसियत रहेछ भन्ने कुरा त पुरस्कारले तय गरिसक्यो । मैले नेपालबाट धेरै अरु साहित्यिक पुस्तक पनि ल्याएको थिए । पुस्तक देखेर अत्तालिए जस्तो भयो । कहिले कुन पुस्तकको, कहिले कुन पुस्तक गरेर केहि पाना पढने छोडने भैरह्यो । निलम बैनीले योगमाया छाप्नु भन्दा पहिले यस पुस्तकको नाम ठुली हजुर राख्न खोज्नु भएको थियो । हामीलाई भिनाजु तपाइँले ठुली हजुर र योगमाया मा कुन नामको लागी मलाइ सिफारिस गर्नुहुन्छ भनेर सोधेकी थिइन । हामि बुढा बुढीले बैनी पुस्तकको नाम योगमाया नै राख्नु पर्छ है । यो नाममा शक्ति छ भनेका थियौ । त्यतिखेर सायद भित्रि पाना छाप्पीसकेको थियो होला, पुस्तकभित्र गए पछि ठुली हजुर छापेको पाना पछि उपन्यासको सुरुवात हुन्छ । योगमाया नाम भाग्यमानि साबित भयो । यस मानेमा म र मेरी पत्नी एकदमै खुशी भयौ । यो नाममा शक्ति थ्यो र निलमको अथक परिश्रम मिसिएको थियो, यो पुस्तक लेखिनमा । पुस्तक पढीसकेपछी मैले केहि न केहि पुस्तक को बारेमा लेख्ने गरेको छु । समिक्षा गर्न सक्ने काबिल आफुलाई त ठान्दिन । तर नलेखीकन मनले मान्दैन । निलमको कलममा एक खाले भिन्नै आकर्षण छ । उनको लेखन शैलीको कुशलताले यो मुकामसम्म पुग्न सकिकी हुन । मलाइ लागेको थियो चिरहरणले नै मदन पुरस्कार पाउछ । तर मनोनयन भएर पनी पाउन सकेन । चिरहरणको लेखनका पात्रहरुको सम्बाद र महाभारतको चिर परिचित आख्यानमा नारि पात्रहरुलाई पाठक बिचमा दरो बिस्वासका साथ उभ्याएर एउटा ससक्त नारीवादी साहित्यको परिचयात्मक बिम्बको प्रस्तुत गरिन भन्ने मैले ठानेको हूँ ।  योगमायालाइ सरसरी पढदा सायद म पश्चिमेली भएकोले होला, भाषाका हिसाबले अलि अफ्ठ्यारो लाग्यो । म अलि पुर्बेली शैलीमा नाभिजेकोले होला । त्यसैले पनी योगमायालाई बिस्तारै सक्काए । लगभग सताब्दी अगाडिकी पात्र योगमाया जो आध्यामिकशैलीले समाजमा भएका बिकृति र अन्ध बिश्वासलाइ उन्मुलन गर्ने सतप्रयास गरिन । तत्कालिन राणा शासकको शासन शैलीमा सुधारकोलागि बारम्बार बिन्ति पत्र चढाएर अठोस बिश्वासका अडान लिएर बसिन । अन्त्यमा उनका अनुयायीहरुले आत्मदाह गरेर आफ्ना समाज सुधारका माग पुरा गराउन चाहिन तर तत्कालिन राणा शासकले त्यो चाल  पाएर उनका भक्त र अनुयायीहरुलाई जेल नेल ठोकेर शाम्य पारे तर योगमायाले यो पापी शासकको अन्यायपूर्ण सत्ता कायम रहे सम्म समाजमा परिबर्तन आउदैन । त्यसैले यो सत्तालाई उखेल्नकै लागि उनले गोप्य रुपमा जल समाधिको योजना बनाइन । उनका भक्त र अनुयायीहरु परिबर्तनका लागि नै लगभाग ६८ जनाको समुहले राणा शासनको अन्त्य होस, अधर्मको नाश होस् ! धर्मराज्य स्थापना होस् ! अधर्मको अन्त्य होस् धर्मको उदय होस ! धर्म राज्यको कायम रहोस भनि अरुण नदीमा जल समाधि गरेर देह त्याग गरेको सत्य घटनाको सजीव एतिहासिक परिघटनालाई उपन्यासको रुपमा प्रस्तुत भएको छ । जुन पात्र र स्थान यसमा उल्लेख भएका छन् त्यसमा निलमले योगमायाको बारेका लेखिएका लेख जीवनीलाइ अनुसन्धान गरि स्थलगत भ्रमण गरेर तत् सम्बन्धि पात्रका आफन्तलाई भेटेर योगमायाको बारेमा सकेसम्म तथ्य र सत्य उजागर गर्ने आँट गरेकी हुन । प्राय मोफसलमा भएका महान योध्दा, समाज सुधारकहरुका इतिहास मेटिएका हुन्छन । कतिपय त्यस्ता व्यक्तित्वहरुलाइ अहिलेको समाजले चिन्न र बुझ्न पाएका छैनन् । लेखकले ठुलो हिम्मत गरेर योगमायालाइ लेखिन । उनको त्यो दृढ सकल्प अठोटलाइ सम्मान गर्ने पर्छ । उनले गरेको यो साहसिक लेखनलाई नेपाली साहित्यिक जगतले संस्थाले पनी सम्मन गरेको छ । त्यो हिम्मत शाहसको मुल्यांकन नहोला कि भन्ने शंका भने मलाइ थियो । योगमायाको कभर पृष्ठमा योगमाया अक्षर र केहि मान्छेका आकृति केहि बस्तुमा चढेर फुन्गालेको जस्तो देखिने  खैरो रंगमा छ र लेखकको नाम र तिन धर्का निधारमा लगाएको बिभुति जस्तो देखिने सेतो रंगमा छ । पछिल्लो पानामा योगमायाका योगबाणी लेखिएको छ । त्यसको भित्रि पेजमा निलमका फोटो र चिरहरण र अर्की आइमाई को कभर पेजको फोटो छ  । भने कभर पेजको पृष्ठ भाग पहेको रंगमा छ । ५०३ पेजमा लेखिएको योगमाया आरम्भ, ठुली हजुरको ५५ भाग, दुखुना भन्छे र प्रसंगवश भन्ने भाग लगाएर सम्पन्न गरेकी छन् । आरम्भमा यो पुस्तक लेखनको आरम्भ कसरि भयो भनेर शुरुवात हुन्छ भने योगमायाको बाली काल देखि जल समाधिका ठुलिहजुरमा समाबेश छन । दुखुनाले जल समाधि गर्दाको दृढ बिश्वासका साथ गरिएको जल समाधिसम्मका  लेखिकाका रुपमा देखाइएको छ । प्रसंगवशमा निलम स्थलगत अनुसन्धान गर्न जाँदा जल समाधिका गएका व्यक्तिका सन्तान र आफन्तलाइ भेट्दा पटक पटक आफुले गुमाएका बाबु र दाइलाइ सम्झिन्छन । उनि सपना बाट ब्युझे जस्तै हुन्छिन । यी सबै बिबरण आफ्नै दाइलाई सुनाएको ठानथिन तर दाइको उअपस्थिति त्यहा थिएन । गैसकेको मान्छे कहिँ फर्केर आउछ र उनले भन्छिन । सबै विवरण सत्यतथ्य हुन् तर मेरो दाइको उपस्थिति मात्रै सपना हो । लेखकले देशको शासन ब्यबस्था राम्रो हुनको लागि प्राण आहुति दिने सहिदको परिबारले आफन्त गुमाउदाको पिडा बेस्सरी दुख्दो रहेछ जब आफुले ल्याएको परिबर्तनले फेरी जनतालाई सास्ती दिए पछि ।यस्तो भनाइँ आफ्ना गुमेका दाइसंग सपना मै सहि भन्न छोडिनन ।यो योगमाया सांग्रिला पुस्तक प्रा. लि. ले प्रकाशित गरेको हो भने मुद्रण स्थापित अपसेट प्रेसमा भएको हो । प्रकाशन मिति २०७४ फागुन १ गते हो । यसको मुल्य रु. ५७५/- हो । एउटा साहित्यकारले यो पुस्तकलाइ नपढी कसरी बस्न सकिन्छ, होला?०६/२६/२०१९पुण्डरी अर्यालटेक्सास

Leave a Reply