(अध्याय २, श्लोक ४७)
“कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ॥”
भागवतगीताको यो श्लोकले तिमीलाई कर्म गर्ने अधिकार मात्रै छ | तर तिमीले गरेको कर्मको फलमा भने तिम्रो कहिले पनि अधिकार छैन | यो श्लोक को भावार्थ यही हो |
- यंहा काम गरेर त्यसको फल पाउने अधिकार नभएपछि किन काम गर्ने ? एउटा ठूलो प्रश्न खड़ा हुन्छ | काम गरेर तलब पाउने कुनै अधिकार हुन्न भने किन काम गर्ने ? काम गरेको फल नपाउने भएपछि अर्थात अधिकार नभए पछि अरुकोलागी किन काम गर्ने ? सांसारिक जगतको लागी यो भनाइ त्यति उपयुक्त हुदै होइन ? काम गरेपछि त्यसको बेतन पाउनै पर्छ | नत्र कसरी मानिसले आफ्नो निर्वाह गर्ने ? यो त्यति ब्यबहारिक कुरो चाही होइन |
- तर एउटा आध्यामिक अर्थ लगाउने हो भने यहाँ कर्म भनेको कर्तब्य हो | जहां तपाइले आफ्नो कर्तब्य कर्म गर्नु हुन्छ त्यहाँ तपाईको कर्मको अधिकार हुदैन भन्ने होइन त्यसमा के हुन्छ भने तपाइले गरेको कर्मको फलमा तपाईको कर्मफल तपाईको हातमा हुदैन | त्यसको कस्तो फल दिने भन्ने अरुको हातमा हुन्छ | तपाइले परीक्षा दिनु भयो तर परीक्षाफल कस्तो आउछ, प्रथम व्दीतीय तृतीय त्यो तपाईको हातमा हुदैन | मात्रै तपाईको मेहनत गरेर परीक्षा तयार गरेर परीक्षा दिनु तपाईको कर्म हो वा कर्तब्य हो | नोकरिमा बढुवा हुन तपाइले ईमानदारी पुर्वक मेहनत त गर्न सक्नु हुन्छ तर परमोसन तपाईको हातमा हुदैन ?
माथिकों श्लोकको तात्पर्य के होला भने तपाइले कर्मफल लाई लक्ष बनाएर काम नगर ! अर्को कुरा अकर्मण्यतामा पनि आसक्त नबन है भनेको हो |
- यो श्लोकले अर्को संदेश पनि दिन्छ | यदि कसैलाई सहयोगको खाँचो छ, तपाइले सहयोग गरीदिनु भयो ? भने यस्तो कर्ममा फल पाइने आशामा गरिएको हुदैन | कोई मान्छे भोको छ, त्यसको भोंक मेटाऊन खाना खुवाउने कर्म गर्नु भयो भने त्यो कर्म को फल पाउने आशाले गरिएको हुदैन | यदि हामीले होस पूर्वक राम्रो कर्म गर्नु हुन्छ भने अथवा सबैको भलाई मात्रै हुने काम गर्नु हुन्छ भने र त्यसको के नतीजा आउछ भनेर चिंता गर्नु भएन भने तपाई शूखी हुन सक्नु हुन्छ | अझ यसलाई यसरी बुझदा पनि हुन्छ की कस्तो कर्म गर्ने तपाईको हातमा हुन्छ, तपाईको कंट्रोलमा हुन्छ भने रिजल्टमा तपाईको कंट्रोल बाहिरकों कुरा हुन्छ भन्ने कुरा अबस्य बुझ्न पर्दछ |
- मलाई के लाग्छ भने हरेक मान्छेले गरेको कर्मको फल निश्चित रुपमा पाउदछ | तपाइले अरूलाई सहयोग गरेको, एकदमै राम्रो वा अरूलाई रुवाएर लुटेको, अन्याय गरेको , हत्या बलात्कार जस्ता जघन्य अपराध एकदमै नराम्रो कर्म गरेको भए पनि ढिलो चाड़ो तपाइले पुरस्कार र दंड को भागीदार हुन पर्दछ | एउटा अपराधी धेरै ठाउमा बचे पनी , कही न काही उसको अपराध कर्म अगाडि आउछ र उसले दंड भोग्न पर्दछ | हामीले जसलाई अफ्ट्यारोंमा परेकोलाई सहयोग गरेका छौ | उसबाट सहयोगको अपेक्षा पनी गरी राखेका हुन्छौ | उसबाट पाएका हुदैनौ र दुखी हुन्छौ | धेरै मान्छेलाई यस्तो लाग्न सक्दछ |तर त्यस्तो होइन ! यदि तपाइले अरूलाई सहयोग गर्ने बानी छ, भने तपाइले पनि अपरिचित मान्छेबाट सहयोग पाउनु हुन्छ | हामीले गरेको असल कर्म पनी कतै संचित भई राखेको हुन्छ ? हामिले गरेको दुष्कर्म पनि यही ब्रामाण्डमा संचित भई राखेको छ | त्यसैले कर्मको फल अबस्य पाउनु हुन्छ | यसमा मेरो कुनै छैन र मैले अनुभव गरेको छु |
- मानिसले फलकों आशा नगरिकन मन देखि आफ्नो दक्ष्यता क्षमताले कुनै कर्म गर्नु भयो | तपाइले गरेको कर्म सफल हुन्छ | यसले गर्दा हामीमा डर काम हुन्छ, आफऊमा आत्म बिश्वास बढ़छ, सफलता स्वत आउछ |
3/31/2026
