भागवतगीता (अध्याय २, श्लोक १२ )
न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपाः।
न चैव न भविष्यामः सर्वे वयमतः परम्॥
भावार्थ : भगवान श्रीकृष्ण भन्नु हुन्छ -कुनै समय यस्तो थिएन कि म (कृष्ण) थिएन, तिमी (अर्जुन) थिएनौ, वा यी राजा मानिसहरू थिएनन् र भविष्यमा पनि हामी सबै अस्तित्वमा रहने छैनौं भन्ने कुरा पनि होइन। अर्थात् — हामी सधैं थियौं, छौं, र रहनेछौं।
ब्याख्या: साच्चै भन्ने हो भने जिमात्मा सबै परमात्माको अंश हो र उसको संबंध परमात्मासंग रहेको हुन्छ |आत्मा आजार अमर र नीती भएकोले उसको कहिल्यै बिनास हुदैन |भौतिक सरीर नास हुदाँ पनी आत्मा रहिरहन्छ | चाहे पूर्व जन्ममा होस, या यस जन्ममा होस | पुनर्जन्म मा होस | सरिरको आकृति रूप र अस्तित्व मेटीएर पनि आत्माको उहि रूप रहन्छ | भन्ने कुरा सम्झाऊन भगवानले अर्जुनलाई भन्नु हुन्छ : सरीरकों उत्पत्ति र विनास भैरहे पनि आत्मा नित्य र अविनासिनी हुनाले वर्तमान शरीरकों उत्पत्ति हुनु भन्दा पहिले बिटेका समयमा यी राजाहरु तिमी र म सबै थियौ , भविष्यमा पनि यो देह सरीर नास भए पनि आत्मा अविनासीत्व भएकोले हामी रही रहने छौ |त्यसैले हामी बहुत भविष्य वर्तमान तीनै कालमा हामी नीती र अविनासी छौ |प्राणीहरुको आत्मा सदा अमर अजर र शाश्वत रही रहने हुँदा कसैले पनि मृत्यु र विनासको भयको आशंका लिई शोक गर्नु व्यर्थ छ |
निष्कर्ष :
- “आत्मा सधैं रहन्छ” आत्माले लूगा फेरे जस्तै सरीर फेर्छ |
- मृत्यु भय घटेर जान्छ र दुखमा स्थिर रहन मद्दत हुन्छ |
- हामी शरीर होइनौं, आत्मा हौं , आत्मा न जन्मिन्छ, न मर्छ, जीवन एक निरन्तर यात्रा हो |
४/३/२०२६
