३. माया, मोह, प्रेम र श्रध्दा
माया मोह प्रेम र श्रध्दा यी चार शब्दहरु सुन्दा समान र एकै अर्थ दिनेखालका लागण सक्छन | तर अध्यामिक दृष्टिले निकै फरक स्तरका चेतना आबस्था हुन |
१. माया : मायाको अर्थ भ्रम, illusion, अस्थाई आकर्षणलाई माया भनिन्छ | मायाको प्रकृति भ्रम हो | यसको परिणाम अज्ञानता हुन जान्छ | मायामा स्वार्थ मिसीएको हुन्छ | हामीले कसैलाई माया गरीराखेका छौ भने उसबाट केही पाउने आशा र भरोषा लुकेको हुन्छ | मायामा धन संपत्ति पद प्रतिष्ठा रूप यौवन तरफ आकर्षित गराउदछ | जून अस्थायी, भ्रम पैदा गर्ने र आत्मज्ञानबाट टाढा लैजाने बिशेषता बोकेको हुन्छ | आध्यात्मिक व्याख्या: माया भनेको त्यो शक्ति हो जसले हामीलाई वास्तविक सत्य (आत्मा/ब्रह्म) बाट टाढा राख्छ। हामीले जे देख्छौं, महसुस गर्छौं — त्यो सबै स्थायी छैन, तर हामी त्यसलाई नै सत्य ठान्छौं, यही माया हो।
२. मोह ;
मोहकों शाब्दिक अर्थ आसक्ति हो | जून जीव तथा बस्तुसंग अत्यधिक लगाव हुन्छ | त्यसैलाई मोह भनिन्छ | हामी कसैप्रती यति आसक्ति भी राखेका हूँन्छौ की उस बिना बाच्नै नसक्ने महसूस हुने लाई मोह भनिन्छ | माया मोह भन्ने कुराले मानिसमा बंधन सृजना गर्छ, बिबेकलाई बिरको लगाई दिन्छ, र अन्त्यमा दुखकों कारण बंदछ | मोहले मानिसमा आसक्ति र परिणाममा दुख प्राप्त हुने गर्छ | आध्यात्मिक व्याख्या: मोह भनेको कुनै वस्तु, व्यक्ति वा विचारप्रति यस्तो चिप्लिनु हो, जसले हाम्रो स्वतन्त्रता हराउँछ। यसले दाश बनाएको पत्तै पाउदैनौ | यो मायाको व्यक्तिगत रूप हो।
३. प्रेम Prema :
प्रेमको अर्थ: निस्वार्थ माया, ( divine Love ) , निश्वार्थ प्रेम हो | साच्चै भन्ने हो भने माया मोह को ठीक उल्टो, प्रेमको बिशेषता भनेको नै निस्वार्थ , स्वतंत्र र मनमा आनंद र शांति दिने खालको हुन्छ | जस्तै आमाले आफ्ना संतानप्रति गरेको माया प्रेम भाव अर्थात भक्त ले गरेको निष्काम इश्वरप्रति गरेको भक्ति | त्यसैले प्रेम पवित्र छ , त्यसमा कुनै छल कपट हुदैन | प्रेम भनेको समर्पण हो | जो निस्वार्थ छ | जसमा प्रेम गरिन्छ त्यसले आफूलाई आनंद र शांति प्रदान गरिरहेको हुन्छ | त्यो नै प्रेम हो प्रेम त्याग पनि हो | जसमा आत्म शांति होस | सत प्रतिशत मानिसहरुले मायालाई नै प्रेम भनिराखेका छौ | माया चाही प्रेम होइन, वास्तबमा मायामा धोका हुने पक्का हुन्छ, यसमा भ्रम छ | मायाको परिणाम दुख मात्रै हुन्छ | प्रेममा मात्रै निश्वार्थता र आनंद मात्रै प्राप्त हुन्छ |
आध्यात्मिक व्याख्या: प्रेम भनेको निस्वार्थ, शुद्ध र स्वतन्त्र भावना हो। यसमा स्वार्थ हुँदैन, अपेक्षा हुँदैन। साँचो प्रेमले स्वतन्त्रता दिन्छ, कुनै बंधनमा बाधिदैन ।
४। श्रध्दा :
श्रध्दाको शाब्दिक अर्थ आस्था, निष्ठा र समर्पणलाई बुझ्नु पर्दछ | आदर्श पुरुष/ ईश्वरप्रति मन देखि आस्था र विश्वास गरेर मानसिक समर्पण सदभाव गरिन्छ त्यो नै श्रध्दा हो | हामीले प्राय आफ्ना मातापिता र गुरुजन आदर्श पुरुषप्रति अटल बिश्वास गरेर गरिने भक्ति भावलाई नै श्रद्धा गरिन्छ | श्रद्धाको प्रकृति नै बिश्वास हो र यसको परिणाम ज्ञान प्राप्त गर्नु हो | मानिसमा जब गुरुजनप्रति आन्तरिक विश्वास जाग्छ | साधनाको आधार बंदछ | जसले गर्दा जसको मार्ग आत्मज्ञान तरफ लैजाने मार्ग दर्शन हुन्छ तब त्यस्ता पात्रहरु श्रद्धा योग्य हुन्छन |आध्यात्मिक व्याख्या: श्रद्धा भनेको गहिरो विश्वास हो | आफूभन्दा ठूलो शक्ति (ईश्वर, गुरु, सत्य) प्रति। यो ज्ञानको ढोका खोल्ने पहिलो कदम हो।
निष्कर्ष : माया मोहले मानिसलाई बंधनको मार्गमा लैजान्छ भने प्रेम श्रद्धाले मानिसमा मोक्ष र ज्ञान प्राप्त गरी सत्यको मार्गमा लैजान्छ |
०३/२१/२०२६
