२. उपासना
उपासना शब्द संस्कृत शब्दबाट आएको हो | उप भनेको नजिक र आसन भनेको बस्नु हो | अर्थात ईश्वर , सत्य वा उच्च चेतनाको समीपमा बस्ने प्रयत्न गर्ने काम नै उपासना हो |
उपासनाको सरल रुपमा भन्ने हो भने भगवान प्रतीकों भक्ति राख्नुलाई नै उपासना हो | उपसनालाई पूजा आजा मात्रै हो भन्न सकिन्न ! मनलाई शुध्द बनाउनु , परम सत्यसंग जोड़ीनु, आत्मिक उन्नति तरफ उन्मुख हुनु , अर्थात मन बचन र कर्मबाट ईश्वरसंग जोडीने प्रक्रिया पनि हो |
उपासना गर्ने तरीका :
उपासना प्रत्येक मान्छे अनुसार फरक हुन सक्छ ? १. भक्ति उपासनामा मंत्र जप ( ॐ नम : शिवाय , गायत्री जप ) , भजन कीर्तन, आरती पूजा आदि इत्यादि गरेर पनि उपासना गर्न सकिन्छ | २. ध्यान उपासना ( meditation ) शांत भएर श्वासमा ध्यान दिएर कुनै मंत्र वा रूपकों ध्यान गरेर गर्न सकिन्छ | ३. ज्ञान उपासना : धर्म ग्रंथ पढ़ने जस्तै भागवत गीता, उपनिषद, अन्य धार्मिक ग्रंथको अध्ययन गरेर गर्न सकिन्छ | ४। कर्म उपासना : दया, सहयोग र सेवा र निष्काम कर्म सेवा जस्ता असल काम गरेर उपासना गर्न सकिन्छ |
उपासनाको लक्ष :
१. लोभ , क्रोध अहंकार हटाएर मनकों शुद्धि निर्माण गर्नु , २. म को हूँ भन्ने आत्मज्ञान प्राप्त गर्नु, ३. आत्मा परमात्मा एक भएको अनुभूति गरी ईश्वरसंग साक्षारकार हुनु, ४। आत्माशांती, साँचो अर्थमा सच्चा खुशी प्राप्त गरी शांति र आनंद प्राप्त गर्नु , ५. जन्म- मृत्युको चकरबाट मोक्ष प्राप्त गर्नु
निष्कर्ष :
भक्ति , ध्यान , ज्ञान, कर्म को माध्यमबाट शुध्द मन, आत्मज्ञान, शांति र मोक्ष प्राप्तीको लागी भगवानको नजिक पुग्ने आध्यामिक यात्रा नै उपासना हो |
३/२०/२०२६
