छाहरीको खोज्दै उ निक्लिएको थियो
गर्मीको राप बाट उ निक्लिएको थियो
थुप्रै कुण्ठा मनमा , थिए मनमा राको
गुम्सिइ भित्र भित्रै उ निक्लिएको थियो
खुला आकाश भित्र, सितल छहारीको
खोजीमा सदा झैँ उ निक्लिएको थियो
अन्तर मन भित्रका अन्तर व्दन्दलाइ
समाधानकै लागि उ निक्लिएको थियो
तगाराहरु बाधा थिए बाटाहरु बन्द थिए,
बाटो खोल्नकै लागि उ निक्लिएको थियो
छाहरीको खोजीमा उ निक्लिएको थियो
गर्मीको राप बाट उ निक्लिएको थियो
०७/१०/२०१८