धन कमाउने लालचमा आफ्नै ज्यान जान सक्छ ।

ठिक्क भन्दा बढी खोज्दा  खतरा आउन सक्छ ।

 

म पनि ठुलै भए भनि धाक धक्कु लगाउदै गर्दा

अभिमानी घमण्डले अस्तित्वमा संकट पार्न सक्छ  |

किन गर्छौ अर्काको रिस, प्रगति तिम्रै हातैमा छ

रिस व्देष घमण्डले मान्छेको ज्ञान बिग्रन सक्छ  |

 

भ्रस्ट्राचारमा लिप्त छौ अरे आज भोलि  तिमि

चाहीए भन्दा बढी जे खाए नी जहर बन्न सक्छ  |

 

बखान गर्छौ अरे आजकल खुबै सोर्स र फोर्सका

बलशाली भन्नेहरुलाइ नि समयले नै पछार्न सक्छ |

 

सत्यलाई झुटो झुटोलाई ढाँटेर सत्य बनाउनेहरु

समयले तिमीलाई नाङ्गेझार बनाइ दिन  सक्छ |

 

किन फुर्ति लाउछौ है मित्र मै ठुलो बढो भए भनि

धरातल बिर्सी उछिन्न खोजे बिपत्ति आउन सक्छ  |

 

०८/११/२०१६

 

Leave a Reply