नेपालीको हरेक दुख भारतसंग जोडिएको हुन्छ
नेपालीको हरेक दुख नेता संग जोडिएको हुन्छ

रासन पानि नुन तेल चौको चुलो बन्द भैरहदा
नेपालीको दुख नाकाबन्दीसंग जोडिएको हुन्छ

बाढी, पहिरो, डुबान, जनधन क्षति भैरहदा
कोशी र गण्डकी बाधहरुसंग जोडिएको हुन्छ

हात बजार रासन पानि सामान जोहो गरिरहदा
नेपालीको दुख खुला सिमानासंग जोडिएको हुन्छ

चोर डाँका लुटेराको बिगबिगी दलालहरु भैरहदा
नेपालीको दुख भारती दादागिरीसंग जोडिएको हुन्छ

नेपालीहरुको सबै शहश्र दुखहरु आपत भैरहदा
नेपालीको हरेक दुख राजनीतिसंग जोडिएको हुन्छ

Leave a Reply