समयको खेललाइ यस्तै खेल्यो जिन्दगी
जीतलाई भन्दा हारलाई झेल्यो जिन्दगी
खोजेर शुख कहा पाइन्छ र यो बिदेशमा
स्वदेशमा हारेर परदेशमा रेल्यो जिन्दगी
कति कम्मर कसिरहे प्रगति गर्छु भनि
हातमा त लाग्यो सुन्य ठेल्यो जिन्दगी
पसिना त फगत ब्यर्थमै बगाउदै बित्यो
मनका लड्डु रमाएर नै गल्यो जिन्दगी
के कनै कति गरुला भन्ने थियो मनमा
समयचक्रले छोडेन दुख पल्क्यो जिन्दगी
नियतिले के गर्यो माथि भन्दा तल सार्यो
जीतलाई भन्दा हारलाई झेल्यो जिन्दगी