चीरहरण (उपन्यास)

निलम कार्की निहारिकाको चिरहरण पुस्तक हातमा परेपछि यसलाई पढने र यसलाई बुझ्ने क्रममा आफुले भेटाएका कुराहरुलाई अक्षरमा लिपि गर्ने जमर्को गरेको छु | यसलाई पुस्तक समिक्षा भनेर मैले भन्ने गरेको छैन | पुस्तक पढे पछी आफुलाई लागेका खस खस मेटाउने तृष्णा मात्रै हो | पाठकले साच्चै नै समिक्षा हो भन्दिए त म खुसि नै हुने थिए |
चिरहरण (उपन्यास ) को आवरण सेतो भुइमा माथिपट्टी निलम कार्की निहारिका लेखेको तल रातो लाइन राखिएको छ | त्यसको तल चीरहरण ठुलो अक्षरले कालो निलो मसीको समिश्रण रंगमा लेखिएको छ | पुस्तकको एक तिहाई भागमा बाया हरियो र दाया कालो पृष्ठभुमि देखिन्छ | चीरहरण शिर्षकको तलबाट एक महिलाको पृष्ठ भाग देखिएको छ | माथिको थोरै भाग नाङ्गो जस्तो लाग्छ र अरुभाग महिलाको कालो कपाल र महिलाले लगाएको कालो निलो, रातो पाटापरेको कपडा तल तिर सर्केको वा सर्काइएको जस्तो देखिन्छ | यो पुस्तकको अमुर्त चित्र हो | यसलाई आफ्नै किसिमबाट अर्थ लगाउन सकिन्छ | चीरको अर्थ कपडा हो भने चीरहरणको अर्थ कपडा हरन गर्ने कार्य वा लगाएको कपडा जबर्जस्ती खोस्ने कार्य भन्ने पनि अर्थ हो भन्ने मलाइ लाग्न सक्छ | एक महिलाले लगाएको कपडा वा पहिरनलाई जबर्जस्ति खोस्ने र नाङ्गो बनाउने क्रियालाइ चिरहरण भनिएको हो | त्यसैले पनि यो पुस्तकको शिर्षक र यो अमुर्त चित्रले पनि समाजका महिलाहरुमाथि दमन शोषण र अत्याचार सम्बन्धित सामाग्रीले यो पुस्तकमा भरिएको हुन् पर्छ भनेर सजिलै अनुमान गर्न सकिन्छ |
कभर पन्ना पल्टाएपछी एक पानामा चीरहरण (उपन्यास) लेखिएको छ| त्यसपछिको पन्नामा चिरहरण (उपन्यास) नीलम कार्की निहारिका र पेजको तल Sangri-La BOOKS लेखिएको छ | अनि पछाडिको पेजमा माथि पट्टि यस पुस्तकको कुनै अंश वा पुरै पुस्तक कुनै पनि माध्यमबाट पुनरुत्पादन वा फोटोकपी गर्न पाइने छैन भन्ने लेखिएको छ त्यसको तल चीरहरण (उपन्यास) @ नीलम कार्की निहारिका, प्रकाशक: सांग्रिला पुस्तक प्रा. लि. बागबजार, काठमान्दौ पो.ब.नं.१२७४६, फोन: ४२४४८०६ email:sangrila.book@gmail.com आवरण टाइम्स क्रिएसन, संस्करण : पहिलो, २०७२ चैत ISBN: 978-9937-9053-7-4 CHEERHARAN A Novel by Neelam Karki Niharika लेखिएको छ | पुस्तकको कभर पेजको पछाडिको निलम कार्की निहारिका जुन यस पुस्तककी लेखिका हुन, उनको पास पोर्ट साइजको फोटो छापेको छ, यसको तल महाभारत युध्दकालिन मिथकलाई नारीहरुले भोगेका सामाजिक विवसता उजागर गरेकी छन् र नारि चेतना र अस्तित्वलाई केन्द्रमा राखेर व्दापर युगको महाभारत कालिन एतिहासिक परिघटनालाइ लिएर लेखिएको यस उपन्यासमा अहिले पनि उस्तै वा बदलिएको रुपमा नारीहरुले भोगेका कुरा प्रतिबिम्बित भएको कुरा लेखिएको अभिप्राय एक परिछेदमा लेखिएको छ |त्यसको सबभन्दा तल सांग्रिला बुक्स र दाया तिर ISBN: 978-9937-9053-7-4 को कम्पुटर लोगो र मुल्य रु ५७५ /- लेखिएको छ | यो उपन्यास संग्रहमा कसैको सम्झनामा भनेर पनि लेखिएको छैन | पुस्तकको पृष्ठभागमा लेखकको तस्विर छापिएको छ, नाम नलेखेर फोटोको छेउमा belikatha@gmail.com लेखिएको छ | उपन्यासकारका आजसम्म कति पुस्तक छापिएका थिए | कुन कुन हुन् भनेर नव पाठकले थाहा पाउने छैनन् | यो पुस्तकमा लेखकसंग जोडिने सम्पर्क ठेगाना, फोन सम्पर्क पनि उल्लेख गरिएको छैन |इमेल भने फोटोसंगै छपिएकोले वहालाई इमेलाबाटै सम्पर्क गर्न सकिने छ | नव पाठकले कथाकारको बारेमा पुस्तकबाट थाहा पाउने छैनन् | यो आफ्नै शैली पनि हुन् सक्छ | अथवा स्थापित कथाकार/उपन्यासकारको रुपमा चिनीइसकेको लेखकलाई प्रत्येक पुस्तकमा परिचय राख्नु पर्ने आवस्याकता नभएर पनि हुन् सक्छ भन्ने मलाइ लाग्छ | यस उपन्यासमा न त सम्पादकीय छ न त शुभकामना न कसैको मन्तब्य र भूमिका नै छ | यहा लेखककै आफ्नो कुरामा सिमित पारिएको छ |
सपर्पण करिब ३ पेजको छ, भने शुरुवात शिर्षकबाट उपन्यासको पेज नं १ बाट शुरु भएको छ र यो ४ पेज पेजको छ | को कथाबस्तु पेज संख्या ५२२ छ भने आफ्नो कुरा ४ थपेर ५२६ पेज पुगेको छ | यस पुस्तकमा चार अध्याय छन् |अध्याय दुइमा तिन खण्ड छन् | अध्याय तिन दुइ खण्ड छन् | अध्याय चारमा चार खण्ड छन् भने त्यसपछि उपसन्घार र आफ्ना भनाइ राखेर आँट गरिएको छ |

लेखिकाकाले लामो भूमिका लेखेर महाभारत कालिन नारिपात्र जस्तै आधुनिक सत्यवती | हरणमा पर्ने अम्बा, अम्बिका, अम्बालिका | अभागी कर्ण विवस आमा कुन्तिहरु | आजका बस्त्र हरिता द्रोपदिहरु | जन्माउने बित्तिकै फालिएका जीवित र मृत कर्ण हरु प्रति यो पुस्तक समर्पण गरिएको छ |

पुस्तकको शुरुवातमा लेखिकाले महाभारतकथाका पात्रहरुलाई एउतै मन्चमा अझ भनौ कठघरामा उभ्याएर ल्याएर बिगतमा आफुले गरेका गल्ति र भोगेका भोगाईहरुका राम्रा नराम्रा कुरालाई आत्म समिक्षा गर्ने गरि मुख्य पात्रहरुलाई समाबेस गरिकी छिन |

अध्याय: एक त्यो अलौकिक सभामा बिगतका महाभारतका पात्रहरु साक्षात् उपस्थित गराएर आफ्ना अन्तरंग भोगाईका वृतान्त गर्दै आत्म समिक्षा र आत्म आलोचना गरिने छ भन्दै सचालिकाले महाकबी व्यासलाई कृतज्ञता प्रकट गरेर सभा संचालन हुन्छ | यस सभाका प्रथम बक्ता सत्यदेवी छिन, उनि दाशराज माझिकि छोरी काली मत्यगन्धा हुदै ऋषि परासरले उनलाई सुगन्धा बनाएको र बेदब्यास जन्माएको समेत र उनीसंग भएका अन्त्यन्त व्यक्तिगत परिघटना सम्बादहरुलाई जस्ताको तस्तै भन्दै गर्छिन | परासरले राखिदिएको सत्यदेवी भए पछी ऋषि परासरको बरदान स्वरूप संतनु महाराजसंगको भेट र उनको आसक्तिलाइ बढो कुशलतासित बर्णन गर्छिन | चेदिराजले आफु छोरी भएकाले नै निषाद बस्तीका दाशराजलाइ छोरी बनाउन दिएको कुरा छुटेको छैन | उनी एक राजकुमारी हुदा हुदै पनि एक साधारण माझिपुत्री हुन् परेकोले उनि अन्त्यन्त दुखि थिइन् | त्यो छोरी भएकै कारणले विभेद गरिएकोले पनि उनि महारानी हुन बृध्द सन्तानु संग सामिप्य बढाएको र उंकोरूप र सुगन्धप्रति संतानुको आशक्तिबारे पनि अभिव्यक्त गरेकी छिन |संतनुसंग उनि बिना शर्त बिबाह गर्न मन्जुरी थियो तर दाश राजाले आफ्नो नाति महाराज हुन् नसक्ने भएकोले उनलाई बिबाह नगर्दिने निर्णय गर पछी देवब्रतले आफुले कहिल्यै बिबाह नगर्ने घोषणा सहित भिष्म प्रतिज्ञा गरेपछि मात्र सत्यदेवी संतनुकि रानी हुन् सकेकी र राजा संतनुको स्वर्गे भएपछी आफ्ना दुइ नाबालक छोरा लिएर भीष्मको सहायताले राज्य संचालन गर्दै राजमाता भएको इति वृतान्त मेरो कारणले देवब्रतले राजा हुन् बाट बन्चित हुन् परेको कुरामा पछुतो मान्दै आफ्नो भनाइ टुन्याइएको थियो |

अध्याय : दुइ खण्ड (एक)
यस खण्डमा अम्बिकाले मन्तब्य ब्यक्त गर्ने पालो आउछ र उनले आफ्ना पिता काशी महाराजाले आफ्नी दिदि अम्बा र बहिनि अम्बालिका समेत भै आफुहरुले स्वयम्बर गरेर बर छान्ने एउटा भब्य स्वयम्बरको आयोजना भैरहेको स्थानमा भिष्मपितामहले आक्रमण गरि आफु तिन बैनीलाई जितेर आफ्ना भतिजाहरुको बुहारी बनाउन ल्याउछन |अम्बाको शाल्व कुमारसँग प्रेम बसेको हुन्छ | यो कुरा हस्तिना पुर पुर्याएपछी भिष्म लाइ थाहा भएकोले उनले अम्बालाई काशी फिर्ता पठाउछन शाल्व कुमारले उनलाई बिबाह गर्न इन्कार गरेका छन् पुन अम्बा आफुलाई युध्दमा जिते पछी भिष्मले नै बिबाह गर्नु पर्छ भनि अडान राखिन, भिष्मले जिन्दगि भर अबिबाहित रहने प्रतिज्ञा गरेकोले उनलाई नस्विकारेको आफ्ना गुरु परशुरामको आदेशलाई पनि भिष्मले अबज्ञा गरेको र अम्बाले भिश्मको मृत्युको कारण मा बन्ने छु भनि तपस्या गर्न जंगलतिर गएको बर्णन छ | अम्बिका र अम्बालिका दुइ बैनीको महाराज बिचित्रबिर्य संग बिबाह भएको काशी राजकुमारीहरुको स्वयम्बरबाट खोसेर गगेपछी र अगाडिका बैनी हरुको अन्तरंगका बार्तालाभहरुलाई असाद्यै साधिन्यबाट मनोभावहरुलाई उल्लेख भएको छ | यहा भिष्मले आफुले बिबाह नगर्ने भएपछी यसरी राजकुमारीहरुलाई हरण गरेर ल्याउने, यस्ता ढोगी कुरा गरेको र यसरि नारीको अपमान गरि दुइवटी राजकुमारीलाइ एकै साथ बिचित्रबिर्यसंग बिबाह गरेको प्रसंग छ |

अध्याय:दुइ खण्ड (दुइ)
अम्बिका र अम्बालिका दिदि बहिनि राजा बिचित्रबिर्य्ले बिबाह गरिसकेपछी सौता सौतिमा परिणत भएका थिए | काशी राजघराना जन्मे हुर्केका यी राज्कुमारिहरु एक पतिका पत्नीहरू भएर बिताउन बाध्य पारिएका हुन्छिन | चित्त बुझाउन पर्ने थियो चाहेर वा नचाहेर, दिदि बहिनि एक पति बीचका अन्तरंग र इर्श्याका सम्बाद र परिस्थितिलाई असाध्यै सुन्दर लिपिमा बर्णन गरिएको छ | बहिनीले गरेका इर्श्याहरु र कर्तुतलाई दिदि अम्बालिकाले सहेका कुरा र बिचित्रविर्यबात सन्तान जन्माउनलागि तछाड मछाड र बिचित्रविर्यको निसन्तान भै मृत्युबरण गरेको प्रसंग र ति दिदि बैनीको मिथ्या रिस रागबाट प्रेममा परिणत भएको सन्दर्भ छ |

अध्याय: दुइ खण्ड(तिन)
जेठा चित्रान्गतको अल्पायुमा मृत्यु भएको थियो र भाइ बिचित्रबिर्यलाई राजा घोषित गरिएको थियो |जब उनको निसन्तान मृत्यु भए पछी हस्तिनापुरमा राजकीय संकटका बादल मडारिएको थियो | दुवै रानीको कोखमा गर्भ थिएन | त्यसैले राज्माताले भिष्मलाइ तिमीले दुवै रानीबाट सन्तान दिलाउन भनिन तर भिष्मले आफ्नो प्रतिज्ञामा अडीक भएकाले असमर्थ छु भनेर मानेनन, भर्खर राजाको मृत्यु भएको छ | त्यो पीडाबाट मुक्त हुन् नपाउदै अम्बिका र अम्बालिकाले अरुबाट गर्भ धारण गर्न पर्ने बाध्यात्मक परिस्थिति भएको राज्माताले उनीहरुलाई इच्छा नहुदा हुदै पनि उनीहरुले स्विकार्न पर्ने थियो | हस्तिनापुरका राज्यको लागि, ढिलो गर्दा राजाको सन्तान होइन भन्ने हुनाले उनीहरुको आँशु नपुछिदै राजमाताको परासरसंगको संग्सर्गबाट जन्मिएको बेद्ब्यासलाई ल्याइन्छ र पहिला एक रानीमा गर्भ धारण गर्न लगाइन्छ | बेद्ब्यास ज्ञानी थिए, रानीले मसंग भेट्दा आँखा चिम्म गरेकाले यो जम्मिने पुत्र अन्धा हुन् सक्ने भन्ने कुरा भए पछी फेरी अम्बालिका मा गर्भ धारण गर्न लगाइन्छ | तत पश्चात पनि जन्मिने सन्तान भने जस्तो भएन भने र अन्तत जेठी महारानिमा पुन गर्भ धारण गर्न लगाइन्छ तर उनि त्यस बखत नगएर आफ्नी सबभन्दा राम्री दाशिलाई आफ्ना कपडा लगाएर पठाइकी हुन्छिन | यसरी जेठीबाट धृष्ठराष्ट्र जन्मे, कान्छिबाट पान्दु र दाशिबाट बिदुर जन्माएर हसिनापुअरको उत्तराधिकारि जन्माएका कुरा र नारीहरु कर बलमा जसरि पनि शोषण परेका कुरा उल्लख भएको छ | यो खण्डमा दुइ बैनीको अन्त्यन्तै मर्मस्पर्शी भावात्मक शैलीमा सम्बादलाई लिपिबध्द गरेकिन लेखकले |

अध्याय: तिन (खण्ड एक )
अब पालो गान्धारिको थियो | हस्तिनापुरबाट गान्धार नरेससंग गान्धार राजकुमारीलाई माग्न आएको खबरले गान्धारमा हल्ला खल्ला मच्चिएको थियो | त्यहा सबैलाई यहि लागेको थियो हस्तिनापुरको राजा पान्डुको लागि रिस्ता माग्न आएको हो भन्ने नै थियो | हस्तिनापुरबाट भिष्म आएका थिए | उनले भनेको भएन भने गान्धार देशमा नै संकट आउने हुनाले गान्धारी आफ्नी आँखालाई रुमालले बाधेर म हस्तिनापुरक धृतराष्ट्र संग बिबाह गर्न सहमत भएका उल्लेख गर्दै, ध्रित्राश्त्र अन्धा भएकै कारणले जेठो भएर पनि राजा हुन् नपाएकोउनिलाइ बिबाह भएको रातमै दुखि भएको समेत उल्लेख गरिएको छ | कागताली परेर उनलाई पान्डुको श्रीपेज उनको शिर आएको थियो र त्यो श्रीपेजलाई आफ्नो र आफ्नो सन्ततिलाई जसरि पनि दिलाउने मनोकांक्षा रहेकोले पांडूभन्दा अगाडी आफुले छोरा जन्माउन गान्धारिलाई दबाब दिइरहेको र गान्धारी पान्डु यो देशको राजा हो उसकै सन्तानले मात्र युबराज हुने कुरा गर्ने गर्थिन | उनले राज्य सट्टा हत्याउने खेलले देश नै बर्बाद हुन्छ भनेर संधै सकारारात्मक सोचाइ राख्थिन | त्यसैले ध्रिताराश्त्रले उनको भर नगरी दाशिलाई आफ्नो पुत्र जन्माउँ समेत लगाएको कुरा समाबेश गरिएको छ | गान्धारी संग सम्बधित साना मसिना अन्तरंगका सम्बाद र बिचारलाई लेखिकाले राम्रो तरिकाले व्याख्या गरिकी छिन |

अध्याय: तिन (खण्ड दुइ)
मथुरा नरेस सुरसेनाले आफ्ना फुफेरा भाइ कुन्तिभोजलाई सन्तान नभएकोले आफुलाई छोरी बनाउन दिएको खुलाशा गर्दै, उनि पृथाबाट कुन्ती भइन | दुर्वाषा ऋषिको सेवा सत्कारमा खटिएकी कुन्तीले रिशिबाट पाएको बरदान बिबाहको मुखैमा अभिशाप भएको र उनले जन्माएको पुत्र कर्णलाई गंगामा बगाएको पापले उनलाई जिबन भर लखतेको, पान्दुसंग बिबाह भएपछी आफुले पत्नी सुख नपाउदै सौता बेहोर्न परेको, पछी पान्दुको हातबाट ऋषि पति पत्नीको हत्या भएपछी पाण्डु पापमोचन गर्न बन प्रथान गरेको विवरण र पाण्दुलाई पत्नीसँग समागमकै क्षणमा मृत्यु हुने श्राप परेको हुनाले हुनाले पान्दुकै सल्लाहले दुर्बाषा ऋषिको बरदानलाइ प्रयोग गरि पांच पाण्डव जन्म भएको, पान्दुको मृत्यु र मान्द्रीको सति भएको देखि लिएर कर्णलाइ दुर्योधनले अंगराज बनाउदाको खुशी यावत बिषयबस्तुमा उनको बक्तब्यमा भनेकी छिन |

अध्याय: चार (खण्ड एक,दुइ, तिन, चार )
अब भने द्रोपदिको पालो थियो | उनि पाँचल नरेस द्रुपदकि पुत्री द्रोपदीलाइ संसारकै उत्कृष्ट धनुर्धरलाइ बिबाह गरिदिने घोषणा गरेमुताबिक छद्म भेषी अर्जुनले कसरि लक्ष्य भेदन गरि द्रोपदीलाइ लिएर जान्छन र कसरि पाँच पान्दवाकी स्वास्नी हुन् पुग्छिन | जबकी अर्जुनले शर्त पुरा गरे मुताबिक द्रोपदिलाई हासिल गरेका थिए | द्रोपदी संसारकी सुन्दरी मध्ये कि एक थिइन् | जो कोइ राजा राजा कुमारहरु उनलाई प्राप्त गर्न तमतयार भएर बसेका थिए | यहा लाख्य भवनको दहन, हस्तिनापुरबाट खान्डब राज्य प्राप्ति, कृष्णको सहयोगबाट इन्द्रप्रस्थको निर्माण र सकुनीव्दारा षडयन्त्र जुवा प्रकरण, द्रोपदिको बस्त्र हरण, तत पश्चात १२ बर्षे, बनबास, एक बर्षे गुप्तबास, किचक बध, जयद्रतको द्रोपदी माथि आक्रमण, पाण्डवहरुको लाचारी, द्रोपदिमाथि गरिएको शोषण, दमन, चिरहरण , नारिमाथि गरिने शोषण, अन्याय अत्याचार कहिले सम्म हो भनेर शुक्ष्म भन्दा सुक्ष्म परिघटनालाई , बढो संबेदनशील भै लेखिका लिपिमा उतारिकी छिन |यस भागमा पुस्तकको लगभग आधाजति पाना खर्चीएको छ | यो भाग द्रोपदिको भावात्मक र इमोसनल डायलक गरु छन् |

उपसंहार
सबै महाभारतका पात्रहरुलाइ कठघरा उभ्याएर आफुले गरेका अक्षम्य गल्ति, नारि माथिगरेको शोषण, लान्छना र राज्यमा गरिएका अन्यायहरु प्रति क्षमा माग्न लेखिका बाध्य पारेकी छन् | म जस्तो धृतराष्ट्र हातमा कुनै राष्ट्रको राज्यसत्ता हातमा नपरोस, अन्यथा दुर्भाग्य हुने छ भन्दै ध्रिष्टराष्ट्र दुवै हात जोडेर उभिएका हुन्छन र दर्शकदिर्घाबाट व्यासका साथमा श्रीकृष्ण मुस्कुराई रहनु भएको भनेर उपसंघार तुन्ग्याइएको छ |

लेखिका निहारिकाले आफ्नो कुरामा भनिकी छिन : स्कुले जिबनमा साथीसंग खित्का छोडेर हासी रहदा प्रधान पन्चले के यस्तो उत्ताउलो हासेको भनेर हप्काउनु भएको थियो र उनले यस्तै द्रोपतीको हासोले गर्दा महाभारत युध्द भएको कुरा उल्लेख गर्दै सम्झाएको स्मरण गरिकी छिन | भने आफ्नी आमा स्कुलकी शिक्षक भएको र उहाबाट सानोमा पटक पटक महाभारत कथा सुनेको कुरा पनि उनले उधृत गरेकी छिन | द्रोपतिको हासो र महाभारतको अंतरसन्दर्भको कुराले पनि उनलाई महाभारत बुझ्ने उनको उत्कण्ठा जागेर आएको हो भन्ने निष्कर्ष निश्कन सक्छ | द्रोपती अन्त्यैंत राम्री थिइन् रे | उनको सुन्दरता देखेर किचकले आँखा लगाएका थिए | उनले गाउमा बिदेशमा श्रीमान गएको र गाउमा चिया पसल गरेर बसिकी आइमाईलाइ पनि गाउलेहरुले द्रोपदी भन्ने कुरालाई समेत यहा उल्लेख गरेकी छन् भने संसारमा हुने जुन सुकै व्दंद वा झगडा नारि कै कारणले हुन्छ त भन्ने प्रश्न पनि गर्न चुकिकी छैनन | महाभारत कथामा उल्लेखित नारि पात्रहरुको बारेमा र दरबारमा भए पनि नारि भएकै कारणले अपमानित र अपहेलित भएका नारिपात्रका एतिहासिक मिथकलाई आधुनिक समाजसंग तुलना गर्दै आज पनि नारि अस्मिता माथि चिरहरण, बलात्कार, शोषण रोकिएको छैन, अझ उनलाई राज्य कै चिरहरण हुने खेल त कतै हुदै छैन भनि आशंका गरेकी छिन |

म पनि त्यो महाभारत कालिन पात्रहरुलाई ल्याएर आत्मा समिक्षा अर्थात आत्मआलोचना गराउने ध्येयले गरिएको एक भब्य सभामा प्रतक्ष्य दर्शी भएर सुनिरहेको जस्तो अनुभूति गर्न सके | मैले अनुमान गरेका पात्रहरुलाई उस्तै रुपमा देख्न पाए | यो पुस्तक पढीरहदा सम्पूर्ण महाभारतका पात्रहरु सम्बाद मेरा कानमा गुम्जिरह्यो, मेरा आँखा वरिपरी घुमिरह्यो जे मैले सुनेको थिए | हो यस उपन्यासमा नारि पात्रहरुको भोगाइलाइ अन्यन्त प्राथमिकता दिइएको छ र यो नारीवादी उपन्यास हो भन्ने बजारमा सुनेको थिए | यसो भनिरहदा यो लेखिका माथि अन्याय हुन्छ भन्ने मलाइ लाग्दछ | तर महाभारत कालिन दरबारमा हैसियत भएका राजकुमारी, रानीहरु, समेत समाज पुरुष प्रधान भएकै कारणले शोषित भएको र बिद्रोह गर्न नसकेको परिस्थितिलाइ भने लेखिकाले राम्रैसंग उजागार पारिकी छिन | द्रोपदिले चिरहरण प्रयास पछी राज्यसभामा उपस्थित ति महारथिहरुलाई दुत्कारेको असाध्यै मर्म स्पर्शी छ | महाभारत कथामा सबभन्दा अन्याय द्रोपदिलाई भएको छ र हो भन्ने तथ्य उजागर भएको छ | समाजमा पुरुसबाट ठगिएका नारीहरु नारीबाट र पुरुषबाटै समेत अपमानित बर्तमान समयमा पनि यथावत छ | तर त्यसको स्वरूप भन्ने भिन्न भिन्न हुन् सक्छ | लेखिकाले बर्तमानमा पनि समाजमा कतै बाध्यतामा परेकाहरु कुन्ती भेटाउछिन, कतै द्रोपदिहरु, कतै अम्बिका र अम्बालिका हरु र उस्तै नारि शोषण र उत्पीडन, रोदनलाइ उजागार पार्न भरमजदुर कोशिश गरेकी छिन | महाभारतका नारिपात्रहरूका बारेमा र उनीहरुबीचको परिघटना, पात्रबिचको अन्तरंगका परिसंबादहरुलाई अन्त्यन्त नजिक रहेर असाध्यै तथ्यपरक रुपमा घटना क्रमभंग नगरिकन लेखिएको महसुस हुन्छ, मलाइ | कतिखेर कतिखेर, मलाइ लाग्छ निलम कार्की निहारिकाले यो पुस्तक उनैले लेखेको हो त ? भन्ने प्रश्न मनमा उठ्यो पनि | मैले साहित्यकार वृत बाट पनि सुनेको थिए | यस्तो भावना मनमा आउनु हुन्नथ्यो | यसरी सोच्दा निलम कार्कीमाथि अन्याय पक्कै हुन्छ |तर एक मनले मलाइ खुसि हुन मन लाग्छ कि निहारिकाले बर्षौ लगाएर लेखेको पुस्तकको स्तर धेरै माथिको हुन पुग्यो | यसैकारणले यस्तो भनिएको हुन् पर्छ | यस्तै हैसियत राख्ने हुन पर्थ्यो र भयो भन्ने मैले ठानेको छु | यो पुस्तक बर्तमान समयको महिला साहित्यकारबाट लेखिएको उपन्यास “ चिरहरण” महिला साहित्यकारहरुमा उत्कृष्ट रहेको भन्ने मैले ठान्दछु | हुन त यो उपन्यासले ठुलो पुरस्कार पनी पाइसकेको छ |मदन पुस्कारका लागि समेत सिफासिस भएको यो उपन्यास, मदन पुस्कार पाउने पुस्तक भन्दा कम छैन र माथि छ भन्ने सुनेको पनि हु | त्यो पुस्तक पढन पाएको छैन | यो चिरहरण उपन्यास महाभारत कथा पढेका वा नपढेका साहित्यकार वा सर्वसाधारण जो कोइले पढेको खण्डमा सन्तुष्ट पार्ने छ भन्ने मलाइ लाग्दछ | चिरहरण” साहित्य जगतमा एउटा सफल एतिहासिक पुस्तकको रुपमा रहने छ | निलम कार्की निहारिका बाट अझ महत्वपूर्ण अर्थ राख्ने साहित्यिक सृजनाको कामना गर्दछु |

पुण्डरी अर्याल
न्यु योर्क
०४/०४/२०१७

Leave a Reply