महको म पुस्तक समिक्षा
October 30, 2017 विचार/विश्‍लेषण
नेपालका सुविख्यात हास्य कलाकार मह जोडीका मदनकृष्ण श्रेष्ठको “महको म” शिर्षकको आफ्नो जिबनी पुस्तक मदन कृष्ण श्रेष्ठको टिभी इन्टरभ्यु देखेर सुनेपछि यो पुस्तक चाडै नै पढन पाए हुन्थ्यो भन्ने चाहना भयो । मेरा सम्धी डा. प्रा. बिष्णु प्रसाद खनाल अमेरिका आउदै हुनुहुन्थ्यो, मैले सम्धीलाई यो पुस्तक खोजेर जसरि पनि ल्याउन आग्रह गरेको थिए । वहा अमेरिका आउदा संजोगले मैले पनि डालसमा स्वागत गर्ने मौका पाए । वहाले मलाइ यो पुस्तक आएकै साझ मेरो हातमा उपहार कै रुपमा दिनु भयो । हातमा परे पछि पुस्तकलाई आवरण र केहि पन्ना पल्टाउने काम मात्रै गरे । अर्को दिन म र मेरी पत्नी लक्ष्मी न्यु योर्क फर्कियौ ।
न्यु योर्क आएपछि अलि अलि गरि अल्छी गर्दै महजोडी मध्येका मदनकृष्णको जीवनका पानाहरु पल्टाउन शुरु गरे । यस पुस्तकको आवरण र अन्तिम पृष्ठको कालो मसी बाटै मदन कृष्णको श्याम स्वेत तस्विर छापिएको छ । करिब २९५ पेजको यो पुस्तक अलि मोटो नै छ । मदन कृष्ण श्रेष्ठले यस पुस्तकलाई ७७ वटा शिर्षक आफ्नो जिबनमा बिताएका पलहरुलाई समेट्नु भएको छ । प्रकाशक-फाइन प्रिन्ट बुक्स रहको यस पुस्तकको मुल्य ५७६ /- रुपिया राखिएको छ । मलाइ सानै चोट लाग्दा पनि तिमि छटपटाइहाल्ने मान्छे, अर्बौ माञ्छेहरुमा तिमि एक मन मिल्ने मान्छे । भनेर आफ्नी अर्धांगिनी यशोदाको लागि लेखेर शुरु गरिएको यो पुस्तकमा सियो र धागो शिर्षकमा आफ्नो भनाइ र शुभकामना मह जोडीका अन्शियार हरिबंश आचार्यको राखिएको छ । त्यसपछि बिषयबस्तु, यसपछि शुरु गरिएको उनको जिबन आफ्नी जन्म दिने आमा थाहा नपाएका मदन कृष्णले उनले यसरि व्यक्त गर्न पुग्दछन “कुन अदृश्यचिजको नाम हो आमा ? आफनै उमेरका केटाकेटीका साथ् खेल्दा लड्दा ठोकिदा अरुले ऎया आमा भनेको सुनेर उनले पनि भन्ने गरेको कुरा उल्लेख छ । उनलाई लाग्छ ऎया आमा भन्ने शब्द आमा घाउमा लगाउने मलहम हो या अलौकिक सहारा हो वा आफुलाई यो संसार देखाउने भगवान हुन् उनलाई थाहा नभएको कुरा उल्लेख गरेका पंक्ति पढे पछि जो कोइको पनि मन छुन्छ । मलाइ पनि छोयो । उंनले आमा टोकुवा अपगाल सुन्नु परेको कुरा अहिले पनि भुल्न सक्दैनन । उनका बाबुको चार वटा बिबाह सम्म गरेर पनि घरवार हुन् नसकेको कुरा पनि छुटेको छैन । उनले आफ्नै बाउको बिहा पटक पटक देख्न परेको थियो ।

आफ्ना बाल्यकाल कुरा आफ़न्तिका कुरा परिघटनालाइ असाध्यै राम्रो भाषामा सरल र आकर्षक ढङ्गबाट प्रस्तुत गरेका छन् । असाध्यै ससाना परिघटनालाइ सुक्ष्म तरिकाले व्याख्या गरेकोले पढन अल्छी लाग्छ । तर मननीय
अर्थपूर्ण छन् । उनले त्यो समयमा पनि अन्तरजातीय बिबाह गरेका थिए । त्यसमा पनि आफु नेवार भएर बाहुनकि छोरी भगाएर मन्दिरमा लागि बैदिक रितअनुसार डेरामा भित्राएका कुरा र त्यो बिबाहले गराएको डरले कयौ दिन घरमा नगएका कुराहरु ब्याख्या छन् । यस पुस्तकमा हरिबंशसंगको भेटलाइ उनीहरु जिबनको मोडलाई नै बदलेको र एउटा इतिहास रचेको कुरा परिघटनाहरुलाई केहि रोचक र केहि घोचकरुपमा उल्लेख छन् । उअले गरेका ब्यापारहरु असफल भएका र सामाजिक कर्महरुले उनलाई सन्तोष दिलाएको थियो उनलाई । महजोडीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा कलाकारको तर्फबाट नेतृत्व गरेका अनुभव र पुलिसाले कोचेर थुनेका कुराहरु र प्रजातन्त्र र लोकतन्त्र देशमा आए पछि पनि जनताको लागि राम्रा काम नभएका कुराले भने उनलाई पोलिरहेको कुरालाई पनि समेटिएको छ । यद्दपि उनकी छोरी र यमन छोरा अमेरिका पढाउन पठाएका रहेछन ।
उनले दुनियालाइ हसाउने नेपालका एक प्रसिध्द कलाकार मात्र नभएर एक सामाजिक अभियन्ता समेत रहेका मदन कृष्णका जिबनका उत्तरार्धमा उनकी पत्नीलाइ लागेको क्यान्सर र आफुले बेहोर्नु परेको पार्किन्सन रोगले भने जीवनलाई असाध्यै कष्ट कर बनाएको एउटा दर्दनाक अबस्था भोग्नु परिरहेको छ । उनकी पत्नीलाइ पौनेसय भन्दा धेरैपटक केमो थेरापीको रापताप खेप्नु परेको र कहिले कलेजो काटेर फाल्नु परेको कहिले फोक्सोको अप्रसन गर्न परेको क्यान्सर तल देखि माथि सम्म सक्त गर्दै त्यस अबस्था आफुले भोगेका अफ्ठ्यारा र बिभिन्न कठिनाइहरुलाई सजिबचित्र जस्तै बर्णन गरिएको छ । आफुले असाध्यै माया गर्ने पत्नीले केमोले आघात बनाएको अबस्था टुलु टुलु हेर्न पर्दाको क्षणले उनका आँशु अविरल झरेका हुन्थे । क्यान्सरसंग जुदिरहदा बैकक, दिल्ली, काठमान्दौका अस्पतालको बर्णन छन् । त्यहा आफुले पाएका दुख कठिनाइ र सहयोग दिने सहयोगीको मुक्त कण्ठले गुण मानेका कुरा उल्लेख छन् । उनले पार्किन्सनले मश्तिश्कमा परेको असर र रिमोटले चलेको उनको सारीरिक अबस्था हुदा हुदै यो बिचमा यो पुस्तक प्रकाशन भएको छ । हामि बीच आउन सकेको छ । क्यान्सरले आफुहरुले जिन्दगि भएको कमाइ खर्चेर पनि निको नभएको अबस्था र नेपालको सबभन्दा प्रख्यात कलाकार भएर पाएको सहयोगले पनि नभ्याएर रित्तिन परेको अबस्थाको बर्णन छ ।
यो पुस्तक पढीरहदा मलाइ पनि रुवाउन सक्यो । म कलेजो सिरोसिस भै चार बर्षसम्म पिडा भोग्न पर्यो । कलेजो प्रत्यारोपण पछि मात्रै मेरो पिडा कम भएको छ । मैले मात्रै होइन, मेरो परिबारले सबभन्दा बढी पिडा र दुख भोग्नु पर्यो । मदन कृष्ण श्रेष्ठको पिडा कम छैन । उनको पत्नीलाई लागेको क्यान्सरले उनको मन मस्तिष्कलाइ कति आघात परे होला ? अनुमान गर्न मात्रै सकिन्छ । मदन कृष्णको परिबारले बेहोर्न परेको क्यान्सर र पार्किन्सस रोगले उनलाई ग्रस्त बनाइराख्दा समेत नेपालीलाई हसाउने कार्यमा जुटि रहेका छन् । पार्किन्सनले गलेको मदनको आत्मबलको प्रशंशा गरेर पुग्दैन । महको म ले एउटा साधारण परिबार बाट हुर्केका खाटी नेवार परिवारमा जन्मेर सुब्बा खरिदारको जागिर हुदै नेपालि हास्यकलाक्षेत्रमा बिसिष्टता पाए । हरिबंशजस्तो पात्रको समेत निर्माण गरेको भनि स्वयम हरिबंशले उल्लेख गरेका छन् । वहाको जिबन संघर्षमे हुदा हुदै पनि सफल छ । एउटा स्वस्छ छवि भएका, दृढ आत्मबल बोकेका कर्मठ कलाकारको जिबनको सफलता र सुस्वास्थको कामना गर्छु ।
यो पुस्तक सरल भाषामा छ रोचक छ । धेरै पात्रको नामहरु उल्लेख भएका छन् । नेपालि भाषा असाध्यै राम्रो संग बगेको छ । यो पुस्तकले वहाको व्यक्तित्व भर्षटायल रहेछ, वहा सफल गीतकार, गायक, कलाकार, सामाजिक अभियन्ता र लेखक समेत भएको पुष्टि गरेको छ । वहाको सफलता र सुस्वास्थ्य र मंगमय कामना गर्दछु ।

उनलाई माया गरेर सहयोग गर्ने नेपालि दाजु भाइ र इष्ट मित्र हरुलाई गितमै यसो लेखेका छन यो गीतको अन्तिम हरफ हो ।
धेरै माया नदेउ हजुर मलाइ भार भो
लिन सजिलो भो माया तिर्न गारो भो
• मदन कृष्ण श्रेष्ठ

पुण्डरी अर्याल
१०/२९/२०१७

Leave a Reply