रुद्र ज्ञवाली-
रुद्र ज्ञवाली-

कथाकार

“पात्रहरु”

सिध्दार्थ नगर, भैरहवा निवासी जानेमाने कथाकार रुद्र ज्ञवालीको कथा संग्रहको रुपमा ”पात्रहरु” साहित्यकार वृतमा भैरहवामा बिमोचन भएरै छाड्यो | यो कथाको मुख पृष्ठमा कालो मसि र निलो मसिले छापिएकोमा पात्रहरु र रुद्र ज्ञवाली लेखेको अक्षर सेतो छ | निलो पृष्ठभूमिमा कालो मसिमा कलाकार गणेश कुमार जिसीले कथाको भावलाइ उजागर गर्ने प्रयास गरेको पाएको छु | कला भनेकै मुर्त र अमुर्त हुने गर्छन यहा गणेशका कलाले कथाहरुलाई उजागर गर्न खोजेको पाउछु |यो कृति सिर्जनशिल प्रकाशन सहकारी संस्थाली. बुटवलले प्रकासन गरेको हो | यस पुस्तकको सर्बाधिकार लेखकमा सुरक्षित गरिएको छ | मुल्य रु २५०/- राखीएको छ |
यो कथा संग्रहमा कसैको सम्झनामा भनेर पनि लेखिएको छैन | पुस्तकको पृष्ठभागमा लेखकको तस्विर छापिएको छ, नाम नलेखेर कथाकार लेखिएको छ | कथाकारका आजसम्म कति पुस्तक छापिएका थिए | कुन कुन हुन् भनेर नव पाठकले थाहा पाउने छैनन् | यो पुस्तकमा लेखकसंग जोडिने सम्पर्क ठेगाना, इमेल र फोन सम्पर्क पनि उल्लेख गरिएको छैन | नव पाठकले कथाकारको बारेमा पुस्तकबाट थाहा पाउने छैनन् | यो आफ्नै शैली पनि हुन् सक्छ | अथवा स्थापित कथाकारको रुपमा
चिनीइसकेको कथाकारलाई पुस्तकमा परिचय राख्नु पर्ने आवस्याकता नभएर पनि हुन् सक्छ भन्ने मलाइ लाग्छ | कथा संग्रहमा न त सम्पादकीय छ न त शुभकामना न कसैको मन्तब्य र भूमिका नै छ |यहा लेखककै आफ्नै मन्तब्यमा सिमित पारिएको छ |
यो कथा संग्रह ११६ पेजमा जम्माजम्मी १७ वटा कथा समाबेस गरिएको छ | भट्टीवाल्नी र म, मनहीन मान्छेहरु, चौथो दृश्य, अर्थात् डायस्पोरा, अर्धसत्य, कामरेडको बिहेभोज, नेपथ्यका दृश्यहरु, विज्ञापनमा बाँच्नेहरु, माफिया, तीर्थमान, साइकल हाकिम, आस्थाका आयाम, सान्दाइ, बहिर्गमन, हरिहर सर, सूत्रधार र टीकेहरु र अन्तिम आयाम । यी हुन् सत्रवटा कथाका शीर्षकहरु हुन् ।
मन्तव्यमा लेखकले लेख्ने क्रममा कथाका मुल्य मान्यता तत्व, रुप रंग परम्परालाई बिर्सेर आफु भित्र भएका कुण्ठा, विसंगत दुखाइलाई नियाल्ने, छुने , सुम्सुमाउने क्रममा घरपरिवार र परिवारका अभाव, आबस्याकता, जिम्मेवारी लगायत र आफैलाई बिर्सदै आफै भित्र उत्पादित पात्रहरुको जन्माउन गर्भाधान गराए पछी पटक पटक बहुलाए भन्ने कुराहरुलाई उल्लेख गर्दै यहि फगत बहुलथ्ठीपन को उत्पादन हो भनेका छन् | कथा भित्रका कमि कमजोरी जे जति छन् ती सबै मेरा हुन भन्दै , म भित्र भएका कुण्ठा र अतिरिक्त दुखाइका भावनाहरुको फेरिस्त स्वरूप मात्रै हो भन्ने लेखकको भनाइ छ |
मानिस बिगतका परिघटनामा रमाउछ, त्यसैको स्मृतिमा रमाउछ, अर्थात पिरोलिंछ | यो मान्छेको स्वभाव हो | भविष्यमा रमाउन सक्दैन र भविष्यको दुख सन्ताप शुखको अनुभूति उसले गर्न सक्दैन | कला साहित्यमा साहित्यकारहरुलाई पनि विगतले पछ्याएको हुन्छ त्यहि बितेका क्षणहरु अनुभूतिहरु, देखेका दृश्यहरु नै उसका पटकथा बन्ने गर्छन | ती परिघटनालाइ सजिव र मुर्त रुप दिन सक्ने लेखक नै सफल साहित्यकार हुन् सक्दछन | भट्टीवाल्नी र म कथामा लेखकले ग्राहक र भट्टीवाल्नी बिचको सम्बन्धलाई ग्राहकले कसरि बुझ्दो रहेछ भन्नेलाइ प्रष्ट्याएका छन् | प्रत्येक ग्राहक उनको सबभन्दा नजिकको बनेको कुरालाइ अनि उसकालागी हात हालाहाल समेत गरेको जिबन्त रुपले बयान गरेका छन् र आफु पनि उसकालागि खास भएको कुरा छुटाएका छैनन् | भट्टीवाल्निको आफ्नै ब्यथा कथा हुन्छन, बाध्यता हुन्छन, कसैले बुझन सक्दैनन | तर उसको रुप र बोलीलाई आफ्नै ठानेका हुन्छन त्यो पनि क्षणिक ! यो शिर्षक पुरानो भयो अब त्यस्ताखाले भट्टी देख्न कमै पाइदैन पनि | देशका ठेकेदार र भ्रश्ताचारको रकम उठाउने ठाउ आधुनिक रेष्टुरेन्टले लिएको छ, दोहारी साँझका होटेल बारले लिएको छ | यो कथामा पनि सामजिक व्यबस्थाको एउटा सजिब चित्र छ |

मनहिन मान्छेहरु लेखकको दोश्रो पात्रहुन अर्थात दोश्रो कथा हो | समाजका प्रचलित पात्रहरु गुण्डाहरुको नाइके डन, पुलिस, भ्रष्ट कर्मचारी, भ्रष्ट नेता, र ठेकेदार हुन् | यी पात्रहरुलाई मन हिन मान्छेहरुको रुपमा अन्त्यन्त सजिब किसिमबाट अर्को साथीबाट भनाइएको छ | रोचक घोचक पाइन्छ |
कथाकारका तेश्रो कथामा चौथो दृश्य शिर्षकमा आफ्नै छिमेकीलाई पात्र बनाएर लेखेका छन् जसमा छिमेकी रसिक छन् | फ्याट्ट फुट्ट रोमान्टिक गजल लेख्छन् | उसलाई सबैले कनैया भन्ने गर्दा रहेछन | लेखकलाई साझ भेटघाटको बोलाएर आफ्नो एउटा रोमान्टिक कथा सुनाउछन जसमा आफु भन्दा आधाकम उमेरकी केटि संगको रोमान्टिक घटनालाइ व्याख्या गरेका छन् | ती पात्रले आफुलाई साहित्यकार र कथाकारको रुपमा उभ्याउन लेखकलाई यो कथा सुनाएका हुन्छन | उनका मित्रले यस्तो पनि कथा हुन्छ भन्दै कमेन्ट गरेर यो कथा सिध्दिएको छ |

अर्को कथा अर्थात डायस्पोरा कथामा आफ्नै छिमेकी २ चार बर्ष अमेरिका बसेर एउटा पुस्तकको बिमोचन गर्न नेपाल आएका रहेछन यसमा कथाकार साहित्य पत्रिकाका सम्पादक हुन्छन र त्यो बिमोचन कार्यक्रममा जान्छन | कथामा डायस्पोराको सहि अर्थको बारेमा लेखिएको छ | दुइ चार वर्ष अमेरिका बस्दैमा नेपाली साहित्य लेख्दैमा त्यो डायस्पोरा हुन् सक्दैन भन्ने मनसाय लेखकको पाइन्छ | यस्ता पुस्तकमा नेपालमा लेखिने सामान्य सामाग्रीलाइ पनि समालोचकले डायस्पोरा भनिदिदा लेखकलाई चित्त बुझेको छैन |
अर्धसत्य कुरा जति सहजले लिन सकिन्छ | त्यसभित्रको सत्यको रहस्योघाटनले अझ विभत्स हुन्छ भन्ने लाग्छ लेखकलाई | यसरी लेखकले प्रत्येक पात्रहरुलाई भेटने क्रममा सुत्रधार प्रयोगगरेको पाइन्छ |

नेपथ्यका दृश्यमा कथाकारले एक सफल कर्मचारी जुन सानो पदबाट ठुलो पदमा आसिन भएपछी बदलिएको खान पान र सम्पर्क दिनचर्या र उनकी पत्नीले घरभित्र भोगेको परिघटनालाइ ससक्त ढंगले लेख्नु भएको छ | ती मित्रकि पत्नी लेखक हुन्छिन, महिला हक र अधिकारका बारेमा लेख्छिन, अझ घरेलु हिंसाको बारेमा ससक्त कलम चलाउछिन | उनको घर भित्रको एउटा परिघटनाले कथाकारलाइ नमिठो बनाएको कुरा उल्लेख गराएका छन् | विज्ञापनमा बाँच्नेहरु, माफिया, तीर्थमान, साइकल हाकिम, आस्थाका आयाम, सान्दाइ, बहिर्गमन, हरिहर सर, सूत्रधार र टीकेहरु र अन्तिम आयाम आदि कथा पढ्दै गर्दा यस कथासंग्रहले यौन मनोविज्ञान, सामाजिक मनोविज्ञान, शैक्षिक गुणस्तर, सुशासन, नैतिक शिक्षा जस्ता कुरामा तथा ब्यवहारमा हुने गरेका तमाम विकृतिमा एउटा दरिलो प्रहार गरेको छ र यो स्तरीय कथासंग्रह हो । यस कथामा कतिपय सकारात्मक कुराहरुलाई ठाउ नदिएको जस्तो भान हुन्छ | तर कथाकार रुद्र ज्ञवाली स्थापित साहित्यकार तथा कथाकारको रुपमा स्थापित नाम हो | वहाको लेखनशैली मलाइ असाध्यै मन पर्छ | सरल र धेरै राम्रो छ | साहित्यिक पुस्तकको समिक्षा गर्ने मेरो साहित्यिक हैसियत त छैन | अन्धाले हात्ती छामे जस्तै होला ! तर आफुले पढेपछी आफ्नो मन्दबुद्दीले जे जस्तो लाग्छ, त्यसलाई अक्षरमा उतार्ने कोशिश मात्रै हो |

पुण्डरी अर्याल
न्यु योर्क
०४/०७/२०१६

Leave a Reply